< १ इतिहास 11 >
1 त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।
茲にイスラエルの人みなヘブロンに集まりてダビデの許に詣り言けるは我らは汝の骨肉なり
2 हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई यसो भन्नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्’ ।”
前にサウルが王たりし時にも汝はイスラエルを率ゐで出入する者なりき又なんぢの神ヱホバ汝にむかひて汝はわが民イスラエルを牧養ふ者となり我民イスラエルの君とならんと言たまへりと
3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्यहीं नै दाऊदले परमप्रभुको सामुन्ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।
斯イスラエルの長老みなヘブロンにきたりて王の許にいたりければダビデ、ヘブロンにてヱホバの前に彼らと契約をたてたり彼らすなはちダビデに膏をそそぎてイスラエルの王となしサムエルによりて傳はりしヱホバの言のごとくせり
4 दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्यस देशका बसिन्दा यबूसीहरू त्यहाँ थिए ।
かくてダビデはイスラエルの人々を率ゐてエルサレムに往りヱルサレムは即ちヱブスなりその國の土人ヱブス人其處に居り
5 यबूसका बसिन्दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्ला अर्थात् दाऊदको सहरलाई लिए ।
是においてヱブスの民ダビデに言けるは汝は此に入べからずと然るにダビデはシオンの城を取り是すなはちダビデの邑なり
6 दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्दा पहिले आक्रमण गर्छ त्यो नै मुखिया र कमान्डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।
この時ダビデいひけるは誰にもあれ第一にエブス人を撃やぶる者を首となし將となさんと斯てゼルヤの子ヨアブ先登して首となれり
7 तब दाऊद त्यही किल्लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्यसलाई दाऊदको सहर नामाकरण गरे ।
ダビデその城に住たればこれをダビデの邑と稱へたり
8 टेवा दिने गाराहरू र पछाडिबाट चारैतिरको पर्खालसम्म किल्लाको वरिपरि तिनले सहर बनाए । योआबले चाहिं बाँकी सहरको पुनर्निर्माण गरे ।
ダビデまたその邑の四方すなはちミロ(城塞)より内の四方に建築をなせり邑の中のその餘の處はヨアブこれを修理へり
9 दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।
斯てダビデはますます大になりゆけり萬軍のヱホバこれとともに在したればなり
10 इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए
ダビデが有る勇士の重なる者は左のごとし是等はイスラエルの一切の人とともにダビデに力をそへて國を得させ終にこれを王となしてヱホバがイスラエルにつきて宣ひし言を果せり
11 दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्मोनी याशोबाम अधिकारीहरूका कमान्डर थिए । तिनले एकपल्ट तिन सय जनालाई भालाले मारेका थिए ।
ダビデの有る勇士の數は是のごとし第一は三十人の長たるハクモニ人の子ヤシヨベアム彼は槍を揮ひて一時に三百人を衝殺せし事あり
12 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए, जो तीन जना वीर मानिसमध्ये एक थिए ।
彼の次はアホア人ドドの子エレアザルにして三勇士の中なり
13 तिनी दाऊदसँग पास-दम्मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्तीहरू युद्धको निम्ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
彼ダビデとともにパスダミムに在けるにペリシテ人其處に集りきて戰へり其處に大麥の滿たる地一箇所あり時に民ペリシテ人の前より逃たりしが
14 तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
彼その地所の中に踐とどまり之を護りてペリシテ人を殺せり而してヱホバ大なる拯救をほどこして之を救ひたまへり
15 तब ती तिस जना मुख्य अगुवामध्ये यी तिन जना अदुल्लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।
三十人の長なる三人の者アドラムの洞穴に下り磐の處に往てダビデに詣りし事あり時にペリシテ人の軍兵はレパイムの谷に陣どれり
16 त्यस बेला दाऊदचाहिं आफ्नो किल्ला अर्थात् एउटा गुफामा थिए, जबकी पलिश्तीहरूले बेथलेहेममा आफ्नो छाउनी हालेका थिए ।
その時ダビデは砦に居りペリシテ人の鎮臺兵はベテレヘムにありけるが
17 दाऊदलाई तिर्खा लाकेको थियो र तिनले भने, “कसैले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी ल्याएर पिउन दिए हुन्थ्यो!”
ダビデ慕ひ望みて言けるは誰かベテレヘムの門にある井の水を持來りて我に飮せよかし
18 यसैले ती तीन जना वीर मानिसले पलिश्तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए । तिनीहरूले त्यो पानी लिए र त्यो दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा खन्याए ।
この三人すなはちペリシテ人の軍兵の中を衝とほりてベテレヘムの門にある井の水を汲取てダビデの許に携へきたれり然どダビデこれを飮ことをせす之をヱホバの前に灌ぎて
19 तब तिनले भने, “मैले यसो कहिले पनि नगर्नुपरोस्! के मैले यि मानिसहरूको रगत पिउनू, जसले आफ्नो जीवनलाई नै खतरामा हालेका छन्?” तिनीहरूले आफ्नो जीवन जोखिममा पारेका हुनाले, दाऊदले त्यो पिउन इन्कार गरे । यी तीन जना वीर मानिसका कामहरू यी नै थिए ।
言けるは我神よ我決てこれを爲じ我いかで命をかけし此三人の血を飮べけんやと彼らその命をかけて之を携へきたりたればなり故にダビデこれを飮ことを爲ざりき此三勇士は是らの事を爲り
20 योआबका भाइ अबीशै ती तीन जनाका प्रमुख थिए । एकपल्ट तिनले तिन सय जनाको विरुद्ध भालाको प्रयोग गरे र तिनीहरूलाई मारे । ती तिन जनासँगै तिनको पनि उल्लेख गरिएको छ ।
ヨアブの兄弟アビシヤイは三人の長たり彼は槍を揮ひて三百人を衝ころし三人の中に名を得たり
21 तिन जनामध्ये तिनलाई दोब्बर सम्मान दिइयो र तिनीहरूका प्रमुख भए, तापनि तिनी तिमध्येका एक जना भने थिएनन् ।
彼は第二の三人の中にて尤も貴くしてその首にせらる然ど第一の三人には及ばざりき
22 यहोयादाका छोरा बनायाह कब्सेलका वीर योद्धा थिए, जसले महान् कामहरू गरे । तिनले मोआबका एरिएलका दुई छोरालाई मारे । तिनी एक दिन एउटा खाडलभित्र गए र हिउँ परिरहेको बेलामा एउटा सिंहलाई मारे ।
ヱホヤダの子カブジエルのベナヤは勇氣あり衆多の功績ありし者なり彼はモアブのアリエルの二人の子を撃殺せりまた雪の日に下りゆきて穴の中にて獅子一匹を撃殺せし事ありき
23 तिनले पाँच हात अल्गो एक जना मिश्रीलाई पनि मारे । त्यस मिश्रीको भाला कपडा बुन्ने जुलाहाको डन्डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्न गए । तिनले त्यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्नै बालाले उसलाई मारे ।
彼はまた長身五キユビト程なるエジプト人を殺せりそのエジプト人は機織の滕のごとき槍を手に執をりしに彼は杖をとりて之が許に下りゆきエジプト人の手よりその槍を捩とりてその槍をもて之を殺せり
24 यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्लेख गरियो ।
ヱホヤダの子ベナヤ是等の事を爲し三勇士の中に名を得たり
25 तिस जना सामान्य सेनाभन्दा बढी सम्मान तिनलाई दिइयो, तर ती तीन जना वीर मानिसजत्तिकै सम्मान भने तिनलाई दिइएनन् । तापनि दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकका निरीक्षक तुल्याए ।
彼は三十人の中にて尊かりしかども第一の三人には及ばざりきダビデかれを親兵の長となせり
26 वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्हानान,
軍兵の中の勇士はヨアブの兄弟アサヘル、ベテレヘムのドドの子エルハナン
27 हारोरी शम्मोत, पेलोनी हेलेस,
ハロデ人シヤンマ、ペロニ人ヘレヅ
28 तकोका इक्केशका छोरा ईरा, अनातोतका अबीएजेर,
テコア人イツケシの子イラ、アナトテ人アビエゼル
29 हूशाती सिब्बकै, अहोही ईलै,
ホシヤ人シベカイ、アホア人イライ
30 नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
ネトパ人マハライ、ネトパ人バナアの子ヘレデ
31 बेन्यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
ベニヤミンの子孫のギベアより出たるリバイの子イツタイ、ピラトン人ベナヤ
32 गाश उपत्यकाका हूरै, अर्बाती अबीएल,
ガアシの谷のホライ、アルバテ人アビエル
33 बहूरीमी अज्मावेत, शाल्बोनी एल्याहबा,
バハルム人アズマウテ、シヤルボニ人エリヤバ
34 गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,
ギゾニ人ハセム、ハラリ人シヤゲの子ヨナタン
35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
ハラリ人サカルの子アヒアム、ウルの子エリパル
36 मकेराती हेपेर, पेलोनी अहियाह,
メケラ人へペル、ペロニ人アヒヤ
37 कर्मेलका हेस्रो, एज्बैका छोरा नारै,
カルメル人ヘヅライ、エズバイの子ナアライ
38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
ナタンの兄弟ヨエル、ハグリの子ミブハル
39 अम्मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्ने व्यक्ति),
アンモニ人ゼレク、ゼルヤの子ヨアブの武器を執る者なるベエロテ人ナハライ
40 यित्री ईरा, यित्री गारेब,
エテリ人イラ、エテリ人ガレブ
41 हित्ती उरियाह, अहलैका छोरा जाबाद,
ヘテ人ウリヤ、アヘライの子ザバデ
42 रूबेनी शीजाका छोरा अदीना (रूबेनीहरूका प्रधान) र तिनीसँग भएका तिस जना,
ルベン人シザの子アデナ是はルベン人の軍長の一人にして從者三十人を率ゐたり
43 माकाका छोरा हानान, मित्नी योशापात,
マアカの子ハナン、ミテニ人ヨシヤバテ
44 अस्तेराती उज्जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,
アシテラ人ウジヤ、アロエル人ホタンの子等シヤマとヱイエル
45 शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ),
デジ人シムリの子エデアエルおよびその兄弟ヨハ、
46 महाबी एलीएल, एल्नामका छोराहरू यरीबै र योशब्याह, मोआबी यित्मा,
マハウ人エリエル、エルナアムの子等エリバイおよびヨシヤワヤ、モアブ人イテマ
47 एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।
エリエル、オベデ、ソメバ人ヤシエル