< १ इतिहास 10 >

1 यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्‍तीहरूको सामुबाट भागे र गिल्‍बो डाँडामा मरे ।
Los filisteos combatieron contra Israel. Los hombres de Israel huyeron de los filisteos y cayeron muertos en la montaña Gilboa.
2 पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे ।
Los filisteos siguieron de cerca a Saúl y a sus hijos. Mataron a Jonatán, a Abinadab y a Malquisúa, hijos de Saúl.
3 शाऊलको विरुद्धमा युद्ध कठिन भयो, र धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र उनीहरूले तिनलाई घाइते बनाए ।
Arreció la batalla contra Saúl. Los flecheros lo alcanzaron y fue herido por ellos.
4 त्यसपछि शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन्‌ ।” तर तिनको हतियार बोक्‍नेले त्‍यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए ।
Entonces Saúl dijo a su escudero: Saca tu espada y traspásame con ella, no sea que estos incircuncisos vengan y me escarnezcan. Pero su escudero no quiso, porque tenía gran temor. Entonces Saúl tomó la espada y se echó sobre ella.
5 जब तिनको हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब ऊ पनि त्यसरी नै आफ्‍नो तरवारमा छेडिएर मर्‍यो ।
Al ver que Saúl moría, su escudero también se echó sobre la suya y murió.
6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे ।
Así murió Saúl con sus tres hijos. Todos los de su casa murieron juntamente con él.
7 जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे ।
Cuando todos los hombres de Israel que estaban en el valle vieron que Saúl y sus hijos murieron, abandonaron sus ciudades y huyeron. Entonces los filisteos vinieron y vivieron en ellas.
8 भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।
El día siguiente aconteció que los filisteos fueron a despojar a los muertos y hallaron a Saúl y a sus hijos tendidos en la montaña Gilboa.
9 उनीहरूले तिनलाई नङ्‌ग्‍याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्‍यसपछि उनीहरूले पलिश्‍तीहरूको देशका चारैतिर आफ्‍ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए ।
Lo despojaron y tomaron su cabeza y sus armas. Enviaron mensajeros por toda la tierra de los filisteos para dar las noticias a sus ídolos y al pueblo.
10 उनीहरूले तिनका हतियारहरू आफ्‍ना देवताहरूको मन्‍दिरमा राखे, र तिनको टाउको चाहिं दागोनको मन्‍दिरमा बाँधे ।
Colgaron sus armas en el templo de sus ʼelohim y clavaron su cabeza en el templo de Dagón.
11 जब याबेश-गिलादमा भएका सबैले पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,
Cuando todos los de Jabes de Galaad oyeron todo lo que los filisteos hicieron a Saúl,
12 तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्‍याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्‍याए । तिनीहरूका हड्‍डीहरू त्‍यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्‍म उपवास बसे ।
se levantaron todos los hombres valientes, tomaron los cadáveres de Saúl y sus hijos y los llevaron a Jabes. Sepultaron sus restos debajo del roble de Jabes y ayunaron siete días.
13 यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।
Así murió Saúl a causa de su infidelidad que cometió contra Yavé, contra la Palabra de Yavé, la cual no guardó. Aun consultó a una evocadora de espíritus de muertos,
14 तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।
y no consultó a Yavé. Por esa causa lo mató y traspasó el reino a David, hijo de Isaí.

< १ इतिहास 10 >