< १ इतिहास 10 >
1 यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्तीहरूको सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
Os filisteus guerrearam contra Israel; e os homens de Israel fugiram diante deles, e caíram feridos no monte de Gilboa.
2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।
E os filisteus perseguiram a Saul e a seus filhos; e os filisteus mataram Jônatas, Abinadabe, e Malquisua, filhos de Saul.
3 शाऊलको विरुद्धमा युद्ध कठिन भयो, र धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र उनीहरूले तिनलाई घाइते बनाए ।
E a batalha se dificultou sobre Saul; os flecheiros o alcançaram, e ele foi ferido pelos flecheiros.
4 त्यसपछि शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन् ।” तर तिनको हतियार बोक्नेले त्यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए ।
Então Saul disse a seu escudeiro: Tira a tua espada, e atravessa-me com ela, para que não aconteça que estes incircuncisos venham, e escarneçam de mim. Porém seu escudeiro não quis, porque tinha muito medo. Então Saul tomou a espada, e se lançou sobre ela.
5 जब तिनको हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब ऊ पनि त्यसरी नै आफ्नो तरवारमा छेडिएर मर्यो ।
E quando seu escudeiro viu que Saul estava morto, ele também se lançou sobre sua espada, e morreu.
6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे ।
Assim Saul e seus três filhos morreram; e toda a sua casa morreu juntamente com ele.
7 जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडे र भागे । अनि पलिश्तीहरू त्यहाँ आए र बसोबास गरे ।
E quando todos os homens de Israel que estavam no vale viram que [o exército] havia fugido, e que Saul e seus filhos estavam mortos, deixaram suas cidades, e fugiram; então os filisteus vieram, e habitaram nelas.
8 भोलिपल्ट यस्तो भयो, जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेका भेट्टाए ।
E no dia seguinte, quando os Filisteus vieram para despojar os mortos, acharam Saul e seus filhos estendidos no monte de Gilboa.
9 उनीहरूले तिनलाई नङ्ग्याए, तिनका टाउको र तिनका हतियारहरू लगे । त्यसपछि उनीहरूले पलिश्तीहरूको देशका चारैतिर आफ्ना मूर्तिहरू र मानिसहरूलाई यो समाचार दिन समाचारवाहकहरू पठाए ।
Então o despiram, tomaram sua cabeça e suas armas, e as enviaram por toda a terra dos filisteus para anunciarem a seus ídolos e ao povo.
10 उनीहरूले तिनका हतियारहरू आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउको चाहिं दागोनको मन्दिरमा बाँधे ।
E puseram suas armas no templo de seu deus, e colocaram sua cabeça no templo de Dagom.
11 जब याबेश-गिलादमा भएका सबैले पलिश्तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,
E quando todos os de Jabes-Gileade ouviram tudo quanto filisteus haviam feito a Saul,
12 तब शाऊल र तिनका छोराहरूका मृत शरीर ल्याउन सबै योद्धाहरू गए, र तिनीहरूलाई याबेशमा ल्याए । तिनीहरूका हड्डीहरू त्यहाँ फँलाटको रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे ।
Todos os homens valentes se levantaram, tomaram o corpo de Saul e os corpos de seus filhos, e os trouxeram a Jabes; e sepultaram seus ossos debaixo de um carvalho em Jabes, e jejuaram durante sete dias.
13 यसरी परमप्रभुप्रतिको विश्वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।
Assim Saul morreu por sua transgressão com que havia transgredido contra o SENHOR, por causa da palavra do SENHOR, a qual ele não obedeceu; e por ter buscado à médium para lhe consultar,
14 तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्य सुम्पनुभयो ।
E não ter buscado ao SENHOR. Por isso ele o matou, e passou o reino a Davi, filho de Jessé.