Aionian Verses

Genesis 37:35 (उत्पत्ति 37:35)
(parallel missing)
तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे। (Sheol h7585)
Genesis 42:38 (उत्पत्ति 42:38)
(parallel missing)
तर याकोबले भने, “मेरो छोरा तँसित त्यहाँ जानेछैन; यसको दाजु मरेर गयो, अब ऊ एउटा मात्र बाँकी रहेको छ। तिमीहरूसित यात्रामा यदि यसमाथि कुनै जोखिम आइपर्‍यो भने तिमीहरूले मलाई यो सेतै फुलेको अवस्थामा शोकसितै चिहानमा लैजानेछौ।” (Sheol h7585)
Genesis 44:29 (उत्पत्ति 44:29)
(parallel missing)
तिमीहरूले मबाट यसलाई पनि लग्यौ, र यसमाथि जोखिम आइपर्‍यो भने तिमीहरूले मेरो सेतै फूलेको कपाललाई शोकमै चिहानमा ल्याउनेछौ।’ (Sheol h7585)
Genesis 44:31 (उत्पत्ति 44:31)
(parallel missing)
यस केटालाई नदेख्दा उहाँ मर्नुहुनेछ। तपाईंका सेवकहरूले हाम्रा पिताको सेतै फुलेको कपाललाई शोकमै चिहानमा पुर्‍याउनेछौँ। (Sheol h7585)
Numbers 16:30 (गन्ती 16:30)
(parallel missing)
तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्‍नेछौ।” (Sheol h7585)
Numbers 16:33 (गन्ती 16:33)
(parallel missing)
तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्‍ट भए; अनि आफ्ना समुदायबाट लोप भए। (Sheol h7585)
Deuteronomy 32:22 (व्यवस्था 32:22)
(parallel missing)
किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ। जसद्वारा मृतकहरूको ठाउँ तल पातालसम्मै आगो लगाउनेछ। जसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, अनि पर्वतहरूको जगमा आगो लगाउनेछ। (Sheol h7585)
1 Samuel 2:6 (1 शमूएल 2:6)
(parallel missing)
“याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ। (Sheol h7585)
2 Samuel 22:6 (2 शमूएल 22:6)
(parallel missing)
चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो। (Sheol h7585)
1 Kings 2:6 (1राजाहरू 2:6)
(parallel missing)
त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्। (Sheol h7585)
1 Kings 2:9 (1राजाहरू 2:9)
(parallel missing)
तर अब त्यसलाई निर्दोष नठान्‍नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्‍नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।” (Sheol h7585)
Job 7:9 (इयोब 7:9)
(parallel missing)
जसरी बादल लोप भएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउँदैन। (Sheol h7585)
Job 11:8 (इयोब 11:8)
(parallel missing)
ती स्वर्गभन्दा उच्‍च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र? ती पातालभन्दा गहिरा छन्; तपाईंले के पो जान्‍न सक्नुहुन्छ र? (Sheol h7585)
Job 14:13 (इयोब 14:13)
(parallel missing)
“यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो! (Sheol h7585)
Job 17:13 (इयोब 17:13)
(parallel missing)
यदि मैले आशा गरेको घर भनेकै चिहान हो भने यदि मैले अन्धकारमा आफ्नो ओछ्यान लगाएँ भने, (Sheol h7585)
Job 17:16 (इयोब 17:16)
(parallel missing)
के मेरो त्यो आशा तल मृत्युको ढोकासम्म जानेछ र? के हामी एकसाथ धुलोमा जानेछौँ र?” (Sheol h7585)
Job 21:13 (इयोब 21:13)
(parallel missing)
तिनीहरूले आफ्ना वर्षहरू सम्पन्‍नतामा बिताउँछन्, र शान्तिसँग चिहानमा जान्छन्। (Sheol h7585)
Job 24:19 (इयोब 24:19)
(parallel missing)
गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ। (Sheol h7585)
Job 26:6 (इयोब 26:6)
(parallel missing)
मृत-लोक परमेश्‍वरको सामु नाङ्गो छ; र विनाश छर्लङ्गै भएको छ। (Sheol h7585)
Psalms 6:5 (भजनसंग्रह 6:5)
(parallel missing)
मृतकहरू कसैले तपाईंको नामको स्मरण गर्दैनन्, चिहानबाट कसले तपाईंको प्रशंसा गर्छ र? (Sheol h7585)
Psalms 9:17 (भजनसंग्रह 9:17)
(parallel missing)
दुष्‍टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्, सबै राष्ट्रहरू जसले परमेश्‍वरलाई बिर्सन्छन्। (Sheol h7585)
Psalms 16:10 (भजनसंग्रह 16:10)
(parallel missing)
किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। (Sheol h7585)
Psalms 18:5 (भजनसंग्रह 18:5)
(parallel missing)
चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो। (Sheol h7585)
Psalms 30:3 (भजनसंग्रह 30:3)
(parallel missing)
हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ; तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ। (Sheol h7585)
Psalms 31:17 (भजनसंग्रह 31:17)
(parallel missing)
हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्‍टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्। (Sheol h7585)
Psalms 49:14 (भजनसंग्रह 49:14)
(parallel missing)
भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ; मृत्यु तिनीहरूको गोठालो हुनेछ (तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)। तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ; तिनीहरूका राजकीय महलदेखि टाढा। (Sheol h7585)
Psalms 49:15 (भजनसंग्रह 49:15)
(parallel missing)
तर परमेश्‍वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ; निश्‍चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ। (Sheol h7585)
Psalms 55:15 (भजनसंग्रह 55:15)
(parallel missing)
मेरा शत्रुहरूलाई मृत्युले अचानक लैजाओस्; तिनीहरू चिहानमा जीवितै जाऊन्; किनकि तिनीहरूका बीच दुष्‍टताले बास गर्दछ। (Sheol h7585)
Psalms 86:13 (भजनसंग्रह 86:13)
(parallel missing)
किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ; तपाईंले मेरो जीवनलाई पातालको गहिराइबाट छुटाउनुभएको छ। (Sheol h7585)
Psalms 88:3 (भजनसंग्रह 88:3)
(parallel missing)
किनकि मेरो प्राण पीडाले भरिएको छ र मेरो जीवन चिहानको नजिकै पुगेको छ। (Sheol h7585)
Psalms 89:48 (भजनसंग्रह 89:48)
(parallel missing)
यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन, अथवा चिहानको शक्तिबाट को उम्कन सक्छ र? सेला (Sheol h7585)
Psalms 116:3 (भजनसंग्रह 116:3)
(parallel missing)
मृत्युका पासोहरूले मलाई घेरेका थिए; र चिहानको पीडा ममाथि आइलागेको थियो; दुःख र शोकले मलाई गाँजेको थियो। (Sheol h7585)
Psalms 139:8 (भजनसंग्रह 139:8)
(parallel missing)
यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। (Sheol h7585)
Psalms 141:7 (भजनसंग्रह 141:7)
(parallel missing)
तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।” (Sheol h7585)
Proverbs 1:12 (हितोपदेश 1:12)
(parallel missing)
हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ; र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ, (Sheol h7585)
Proverbs 5:5 (हितोपदेश 5:5)
(parallel missing)
त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्। (Sheol h7585)
Proverbs 7:27 (हितोपदेश 7:27)
(parallel missing)
त्यसको घर चिहानको राजमार्ग हो, जसले मृत्युका कोठाहरूतिर पुर्‍याउँछ। (Sheol h7585)
Proverbs 9:18 (हितोपदेश 9:18)
(parallel missing)
तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्‍ने कुरा जान्दैनन्। (Sheol h7585)
Proverbs 15:11 (हितोपदेश 15:11)
(parallel missing)
मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला! (Sheol h7585)
Proverbs 15:24 (हितोपदेश 15:24)
(parallel missing)
समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ। (Sheol h7585)
Proverbs 23:14 (हितोपदेश 23:14)
(parallel missing)
छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर। (Sheol h7585)
Proverbs 27:20 (हितोपदेश 27:20)
(parallel missing)
मृत्यु र विनाश कहिल्यै सन्तुष्‍ट हुँदैनन्, न त मानिसका आँखा नै सन्तुष्‍ट हुन्छ। (Sheol h7585)
Proverbs 30:16 (हितोपदेश 30:16)
(parallel missing)
चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्‍त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन। (Sheol h7585)
Ecclesiastes 9:10 (उपदेशक 9:10)
(parallel missing)
तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ। (Sheol h7585)
Song of Solomon 8:6 (श्रेष्‍ठगीत 8:6)
(parallel missing)
मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्, तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्; किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ; यसको तिर्सना चिहानझैँ कठोर हुन्छ। यो दन्कने आगोसमान दन्कन्छ, यो शक्तिशाली ज्वाला जस्तै हुन्छ। (Sheol h7585)
Isaiah 5:14 (यशैया 5:14)
(parallel missing)
यसकारण चिहानले आफ्नो मुख खोल्छ, र आफ्नो मुख ठूलो उघार्छ; त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्। (Sheol h7585)
Isaiah 7:11 (यशैया 7:11)
(parallel missing)
“याहवेह तेरा परमेश्‍वरलाई अति गहिराइमा अथवा अति उचाइमा भए तापनि एउटा चिन्ह माग्।” (Sheol h7585)
Isaiah 14:9 (यशैया 14:9)
(parallel missing)
तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एकपल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ। (Sheol h7585)
Isaiah 14:11 (यशैया 14:11)
(parallel missing)
तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्। (Sheol h7585)
Isaiah 14:15 (यशैया 14:15)
(parallel missing)
तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो। (Sheol h7585)
Isaiah 28:15 (यशैया 28:15)
(parallel missing)
तिमीहरू घमण्ड गर्छौ, “हामीले मृत्युसित करार बाँधेका छौँ; चिहानसित हामीले सम्झौता गरेका छौँ। कुनै भयानक विपत्ति छेउमा आइपर्दा, त्यसले हामीलाई छुन सक्दैन; किनकि हामीले झूटलाई आफ्नो शरणस्थान र असत्यलाई आफ्नो लुक्ने स्थान बनाएका छौँ।” (Sheol h7585)
Isaiah 28:18 (यशैया 28:18)
(parallel missing)
मृत्युसितको तिमीहरूको करार नष्‍ट पारिनेछ; चिहानसितको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढी यताबाट जानेछ, त्यसले तिमीहरूलाई डुबाउनेछ। (Sheol h7585)
Isaiah 38:10 (यशैया 38:10)
(parallel missing)
मैले भनेँ, “मेरो जीवनको बीचमा के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ, र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?” (Sheol h7585)
Isaiah 38:18 (यशैया 38:18)
(parallel missing)
किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन, मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन; खाडलमा पर्नेहरूले तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्। (Sheol h7585)
Isaiah 57:9 (यशैया 57:9)
(parallel missing)
तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ; अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। तिमीहरूले आफ्नो राजदूतहरू टाढा पठायौ, र तिमीहरू पातालसम्मै ओर्लेर गयौ! (Sheol h7585)
Ezekiel 31:15 (इजकिएल 31:15)
(parallel missing)
“‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए। (Sheol h7585)
Ezekiel 31:16 (इजकिएल 31:16)
(parallel missing)
जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए। (Sheol h7585)
Ezekiel 31:17 (इजकिएल 31:17)
(parallel missing)
तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्‍ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए। (Sheol h7585)
Ezekiel 32:21 (इजकिएल 32:21)
(parallel missing)
मृत-लोकका शक्तिशाली अगुवाहरूले इजिप्ट र त्यसका मित्रहरूको बारेमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन् र तिनीहरू तरवारले मारिएकाहरू र खतना नभएकाहरूसित सुतिरहेका छन्।’ (Sheol h7585)
Ezekiel 32:27 (इजकिएल 32:27)
(parallel missing)
तर तिनीहरू अरू खतना नभएका सेनाहरूसित सुतिरहनेछैनन्, जो आफ्ना लडाइँका हतियारहरूसितै मृत-लोकमा गए। तिनीहरूका तरवारहरू तिनीहरूका शिरमुनि राखिएका छन्, र तिनीहरूका ढाल तिनीहरूका हड्डीहरूसँग रहिरहेको छ। यद्यपि यी योद्धाहरूले पनि जीवितहरूका देशलाई आतङ्कित तुल्याएका थिए। (Sheol h7585)
Hosea 13:14 (होशे 13:14)
(parallel missing)
म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु। हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? हे चिहान, तेरो विनाश कहाँ छ? “म अलिकति पनि दया देखाउनेछैनँ; (Sheol h7585)
Amos 9:2 (आमोस 9:2)
(parallel missing)
तिनीहरू पातालको गहिराइसम्म गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई तल झार्नेछु। (Sheol h7585)
Jonah 2:2 (योना 2:2)
(parallel missing)
तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो। (Sheol h7585)
Habakkuk 2:5 (हबकूक 2:5)
(parallel missing)
वास्तवमा त्यसलाई दाखमद्यले धोका दिन्छ; त्यो अहङ्कारी छ, र त्यो कहिल्यै शान्तिसँग बस्दैन। किनकि त्यो चिहानजस्तै लोभी छ, मृत्युजस्तै त्यो कहिल्यै पनि तृप्‍त हुँदैन। त्यसले सबै राष्ट्रहरूलाई आफूकहाँ बटुल्छ, र सबै मानिसहरूलाई कैद गर्छ। (Sheol h7585)
Matthew 5:22 (मत्ती 5:22)
(parallel missing)
तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। (Geenna g1067)
Matthew 5:29 (मत्ती 5:29)
(parallel missing)
यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। (Geenna g1067)
Matthew 5:30 (मत्ती 5:30)
(parallel missing)
अनि यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। (Geenna g1067)
Matthew 10:28 (मत्ती 10:28)
(parallel missing)
शरीरलाई मार्ने तर प्राणलाई नष्‍ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्‍ट गर्न सक्नुहुने परमेश्‍वरसित डराओ। (Geenna g1067)
Matthew 11:23 (मत्ती 11:23)
(parallel missing)
अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो। (Hadēs g86)
Matthew 12:32 (मत्ती 12:32)
(parallel missing)
कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ। (aiōn g165)
Matthew 13:22 (मत्ती 13:22)
(parallel missing)
काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ। (aiōn g165)
Matthew 13:39 (मत्ती 13:39)
(parallel missing)
अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। (aiōn g165)
Matthew 13:40 (मत्ती 13:40)
(parallel missing)
“सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। (aiōn g165)
Matthew 13:49 (मत्ती 13:49)
(parallel missing)
युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, (aiōn g165)
Matthew 16:18 (मत्ती 16:18)
(parallel missing)
म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। (Hadēs g86)
Matthew 18:8 (मत्ती 18:8)
(parallel missing)
तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। (aiōnios g166)
Matthew 18:9 (मत्ती 18:9)
(parallel missing)
अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। (Geenna g1067)
Matthew 19:16 (मत्ती 19:16)
(parallel missing)
एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?” (aiōnios g166)
Matthew 19:29 (मत्ती 19:29)
(parallel missing)
अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्‍चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ। (aiōnios g166)
Matthew 21:19 (मत्ती 21:19)
(parallel missing)
बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्‍नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो। (aiōn g165)
Matthew 23:15 (मत्ती 23:15)
(parallel missing)
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू एक जनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चाहार्छौ। अनि त्यो तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुईगुणा नरकको छोरा बनाउँछौ। (Geenna g1067)
Matthew 23:33 (मत्ती 23:33)
(parallel missing)
“हे सर्पहरू हो! साँबे सर्पका बच्‍चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ? (Geenna g1067)
Matthew 24:3 (मत्ती 24:3)
(parallel missing)
येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्‌को अन्त्यको चिन्ह के हुनेछ?” (aiōn g165)
Matthew 25:41 (मत्ती 25:41)
(parallel missing)
“तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ। (aiōnios g166)
Matthew 25:46 (मत्ती 25:46)
(parallel missing)
“तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।” (aiōnios g166)
Matthew 28:20 (मत्ती 28:20)
(parallel missing)
मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्‍चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।” (aiōn g165)
Kɨrɨm wɨramb ya kɨvah Yakŋ Ohɨrand Kɨpɨr Imbɨrɨh yarahe kandɨramŋgi han, Yakŋ Ohɨrav enta kɨvah kehan musɨndɨram amar. Wɨram kehamb kɨvah ñɨz mbɨkɨr enta kɨvah kehambez mbah ñɨñ ndame ñɨñ ndamɨŋɨnj amar. (aiōn g165, aiōnios g166)
तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।” (aiōn g165, aiōnios g166)
Kɨrɨm mbɨ hanɨhan isupɨr mbanand handɨv njɨhi aŋkarɨpɨr njɨhakɨramamŋgɨmɨr amar. Nsɨham nor hamb arɨŋ omanenta hɨrawɨz imbɨrun ñɨndɨrarɨŋ toh arar njɨhamŋgɨmɨr amar. Kɨrɨm nend amar. Ave mbɨ hanɨhan isupɨr mbanand handɨvam ntichɨmŋgɨmɨr amar. Avɨz njɨhi endɨraparam kehamb ndɨŋ irɨwazɨz ya mbanamb mamah ŋgorɨmɨr amar. (aiōn g165)
तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ। (aiōn g165)
Mach, amakɨr oman hamb nan enta kɨvah sɨzɨndɨv raŋɨnj han, mach amakɨr oman ŋkiŋg han akoke avɨzuv amar. Ave amɨ oman ŋkɨpam ñi kɨpɨr icha ipɨra ñɨñɨnd han ŋandɨran amar. Han imbɨr amar. Ave amɨ oman undɨmajɨnsɨnd ñɨn, nan Yakŋ Ohɨrav sam pɨrɨtɨm kɨvah kwevɨrɨ mah raj mbɨkɨr ensa Gehenna haŋ avɨzumɨnj amar. Han imbɨr mah amar. (Geenna g1067)
यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओे। दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा, बरु हातविहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। (Geenna g1067)
Mach, amakɨr andam hamb nan enta kɨvah sɨzɨndɨv raŋɨnj han, han akokav amar. Ave amɨ andam ŋkɨpam ñi kɨpɨr icha ipɨra ñɨñɨnd han ŋandɨran amar. Han imbɨr amar. Ave amɨ andam undɨmajɨnsɨnd ñɨn nan Yakŋ Ohɨrav Gehennaŋ avɨzumɨnj amar. Han imbɨr mah amar. (Geenna g1067)
यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुवै खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टाविहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। (Geenna g1067)
Mach, amakɨr ampɨn hamb nan enta kɨvah sɨzɨndɨv raŋɨnj han, mach ampɨn ŋkiŋg han ŋatɨwe avɨzuv amar. Amɨ ampɨn ŋkɨpam ñi amɨ Yakŋ Ohɨrav osa anchɨ hanaveaŋg ŋɨmbɨz mbɨkɨr kwɨŋ ñɨndɨramŋgi haŋ ahevondɨran amar. Han imbɨrun amar. Ave amɨ ampɨn undɨmajɨnsɨnd ñɨn, nan Yakŋ Ohɨrav Gehennaŋ avɨzumɨnj amar. Han imbɨr mah amar. (Geenna g1067)
यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। (Geenna g1067)
Mach ave, Jisasɨv ŋaiahe empasamɨŋ ozand, wɨram emŋga hamb aŋɨraŋɨr ndɨn pɨŋ ai andamesa mpɨrorɨzɨŋgwɨmar. Ave mbɨ ndɨn mbanave amarɨmar. Anɨŋzɨŋ entand, nan wɨram imbɨr amar. Nzɨ nzɨhanave re kɨpɨr icha ipɨra ñɨñɨnd han ŋaŋ ñɨndarin amar. (aiōnios g166)
येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, तब एक जना मानिस दगुर्दै आएर उहाँको सामु घुँडा टेक्यो र सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?” (aiōnios g166)
mbɨ hanɨhan mɨŋam ekwaŋg ŋandari amar. Wɨram mbanamb isupɨr mbanaŋ ñi han, Yakŋ Ohɨrav ndɨn hanɨhan han 100 emamp eŋgwandari amar. Ave mbɨ oram akŋ azɨŋunj namunj yaŋunj nornanch war akŋ ŋandari amar. Hanez wɨram emŋgemŋga hamb ndɨn enta kɨvah sɨndɨramŋgi amar. Kɨrɨm njɨmɨnj mbɨ kɨpɨr icha ipɨra ñɨñɨnd han ŋaŋ ñɨndari amar. (aiōn g165, aiōnios g166)
सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्‍त गर्नेछ। (aiōn g165, aiōnios g166)
Az Jisasɨv ai fik han mbanave kamar. Amɨ mɨŋ han wɨndɨv ŋgwɨmɨn avɨn wɨramb namŋgɨmɨnj, nendon mɨŋun amar. Avɨz mbɨkɨr sezɨrɨv ya mban njɨhamŋgɨmar. (aiōn g165)
तब उहाँले त्यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँबाट कसैले फल नखाओस्।” उहाँका चेलाहरूले उहाँले यसो भन्‍नुभएको सुनेका थिए। (aiōn g165)
Luke 1:33 (लूका 1:33)
(parallel missing)
अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” (aiōn g165)
Luke 1:55 (लूका 1:55)
(parallel missing)
उहाँले हाम्रा पुर्खाहरूलाई भन्‍नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्‍नुभएको थियो।” (aiōn g165)
Luke 1:70 (लूका 1:70)
(parallel missing)
जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो; (aiōn g165)
Luke 8:31 (लूका 8:31)
(parallel missing)
तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे। (Abyssos g12)
Luke 10:15 (लूका 10:15)
(parallel missing)
अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्। (Hadēs g86)
Luke 10:25 (लूका 10:25)
(parallel missing)
एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” (aiōnios g166)
Luke 12:5 (लूका 12:5)
(parallel missing)
तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। (Geenna g1067)
Luke 16:8 (लूका 16:8)
(parallel missing)
“त्यसले चतुर्‍याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे। किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा बढी चतुर हुन्छन्। (aiōn g165)
Luke 16:9 (लूका 16:9)
(parallel missing)
म तिमीहरूलाई भन्दछु, संसारको धनसम्पत्ति प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धनसम्पत्ति सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ। (aiōnios g166)
Luke 16:23 (लूका 16:23)
(parallel missing)
नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्‍यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। (Hadēs g86)
Luke 18:18 (लूका 18:18)
(parallel missing)
कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” (aiōnios g166)
Luke 18:30 (लूका 18:30)
(parallel missing)
त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।” (aiōn g165, aiōnios g166)
Luke 20:34 (लूका 20:34)
(parallel missing)
येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्। (aiōn g165)
Luke 20:35 (लूका 20:35)
(parallel missing)
तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्, (aiōn g165)
John 3:15 (यूहन्‍ना 3:15)
(parallel missing)
तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।” (aiōnios g166)
John 3:16 (यूहन्‍ना 3:16)
(parallel missing)
किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। (aiōnios g166)
John 3:36 (यूहन्‍ना 3:36)
(parallel missing)
जसले पुत्रमाथि विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्‍वरको क्रोध त्यसमा रहन्छ।” (aiōnios g166)
John 4:14 (यूहन्‍ना 4:14)
(parallel missing)
तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।” (aiōn g165, aiōnios g166)
John 4:36 (यूहन्‍ना 4:36)
(parallel missing)
अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्। (aiōnios g166)
John 5:24 (यूहन्‍ना 5:24)
(parallel missing)
“म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। (aiōnios g166)
John 5:39 (यूहन्‍ना 5:39)
(parallel missing)
तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, (aiōnios g166)
John 6:27 (यूहन्‍ना 6:27)
(parallel missing)
नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।” (aiōnios g166)
John 6:40 (यूहन्‍ना 6:40)
(parallel missing)
किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।” (aiōnios g166)
John 6:47 (यूहन्‍ना 6:47)
(parallel missing)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ। (aiōnios g166)
John 6:51 (यूहन्‍ना 6:51)
(parallel missing)
जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।” (aiōn g165)
John 6:54 (यूहन्‍ना 6:54)
(parallel missing)
जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु। (aiōnios g166)
John 6:58 (यूहन्‍ना 6:58)
(parallel missing)
स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।” (aiōn g165)
John 6:68 (यूहन्‍ना 6:68)
(parallel missing)
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। (aiōnios g166)
John 8:35 (यूहन्‍ना 8:35)
(parallel missing)
घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। (aiōn g165)
John 8:51 (यूहन्‍ना 8:51)
(parallel missing)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।” (aiōn g165)
John 8:52 (यूहन्‍ना 8:52)
(parallel missing)
अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ। (aiōn g165)
John 9:32 (यूहन्‍ना 9:32)
(parallel missing)
आजसम्म कसैले जन्मैको दृष्‍टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। (aiōn g165)
John 10:28 (यूहन्‍ना 10:28)
(parallel missing)
म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्। (aiōn g165, aiōnios g166)
John 11:26 (यूहन्‍ना 11:26)
(parallel missing)
जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्‍वास गर्छ्यौ?” (aiōn g165)
John 12:25 (यूहन्‍ना 12:25)
(parallel missing)
आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। (aiōnios g166)
John 12:34 (यूहन्‍ना 12:34)
(parallel missing)
भीडले प्रश्न गर्‍यो, “ख्रीष्‍ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?” (aiōn g165)
John 12:50 (यूहन्‍ना 12:50)
(parallel missing)
अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्‍याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्‍न लगाउनुभएका कुराहरू नै हुन्।” (aiōnios g166)
John 13:8 (यूहन्‍ना 13:8)
(parallel missing)
पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” (aiōn g165)
John 14:16 (यूहन्‍ना 14:16)
(parallel missing)
म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ। (aiōn g165)
John 17:2 (यूहन्‍ना 17:2)
(parallel missing)
किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीका सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ। (aiōnios g166)
John 17:3 (यूहन्‍ना 17:3)
(parallel missing)
अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्‍वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्। (aiōnios g166)
Acts 2:27 (प्रेरित 2:27)
(parallel missing)
किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। (Hadēs g86)
Acts 2:31 (प्रेरित 2:31)
(parallel missing)
पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। (Hadēs g86)
Acts 3:21 (प्रेरित 3:21)
(parallel missing)
आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ। (aiōn g165)
Acts 13:46 (प्रेरित 13:46)
(parallel missing)
त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्‍वरको वचन भन्‍नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ। (aiōnios g166)
Acts 13:48 (प्रेरित 13:48)
(parallel missing)
यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्‍वास गरे। (aiōnios g166)
Acts 15:18 (प्रेरित 15:18)
(parallel missing)
जुन सृष्‍टिको अनन्तकालदेखि जानिएको छ। (aiōn g165)
Romans 1:20 (रोमी 1:20)
(parallel missing)
किनकि परमेश्‍वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्‍वरीय स्वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्‍वरको विषयमा जान्‍न नसकिने भन्‍ने कुनै किसिमको बहाना छैन। (aïdios g126)
Romans 1:25 (रोमी 1:25)
(parallel missing)
तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्‍टिकर्ताको सट्टामा, सृष्‍टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन! (aiōn g165)
Romans 2:7 (रोमी 2:7)
(parallel missing)
परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। (aiōnios g166)
Romans 5:21 (रोमी 5:21)
(parallel missing)
ताकि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्। (aiōnios g166)
Romans 6:22 (रोमी 6:22)
(parallel missing)
तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो। (aiōnios g166)
Romans 6:23 (रोमी 6:23)
(parallel missing)
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। (aiōnios g166)
Romans 9:5 (रोमी 9:5)
(parallel missing)
पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्‍टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्‍वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन। (aiōn g165)
Romans 10:7 (रोमी 10:7)
(parallel missing)
“अथवा ‘पातालमा को ओर्लने?’” (अर्थात् ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्ने)। (Abyssos g12)
Romans 11:32 (रोमी 11:32)
(parallel missing)
किनकि परमेश्‍वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्। (eleēsē g1653)
Romans 11:36 (रोमी 11:36)
(parallel missing)
किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन। (aiōn g165)
Romans 12:2 (रोमी 12:2)
(parallel missing)
यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्‍वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ। (aiōn g165)
Romans 16:25 (रोमी 16:25)
(parallel missing)
अब उहाँलाई नै, जसले मैले प्रचार गरेको येशू ख्रीष्‍टको सुसमाचारअनुसार तिमीहरूलाई दृढ पार्न सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार जुन सनातनदेखि गुप्‍त थियो; (aiōnios g166)
Romans 16:26 (रोमी 16:26)
(parallel missing)
तर अब अनन्तका परमेश्‍वरको आज्ञाअनुसार प्रकट गरिएको र अगमवक्ताहरूका लेखाइद्वारा थाहा गराइएको छ, ताकि सबै गैरयहूदीहरू विश्‍वासद्वारा आज्ञाकारी बनून्— (aiōnios g166)
Romans 16:27 (रोमी 16:27)
(parallel missing)
उही अद्वितीय सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन। (aiōn g165)
1-Corinthians 1:20 (1 कोरिन्थी 1:20)
(parallel missing)
बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? (aiōn g165)
1-Corinthians 2:6 (1 कोरिन्थी 2:6)
(parallel missing)
हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ। (aiōn g165)
1-Corinthians 2:7 (1 कोरिन्थी 2:7)
(parallel missing)
तर हामी त परमेश्‍वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौँ, जसलाई परमेश्‍वरले हाम्रो महिमाको लागि युगौँ भन्दा अगि नै निर्धारण गर्नुभएको थियो। (aiōn g165)
1-Corinthians 2:8 (1 कोरिन्थी 2:8)
(parallel missing)
यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। (aiōn g165)
1-Corinthians 3:18 (1 कोरिन्थी 3:18)
(parallel missing)
तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्‍नुपर्छ। (aiōn g165)
1-Corinthians 8:13 (1 कोरिन्थी 8:13)
(parallel missing)
यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ। (aiōn g165)
1-Corinthians 10:11 (1 कोरिन्थी 10:11)
(parallel missing)
तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हाम्रै चेतावनीको लागि लेखियो, जो यस युगको अन्त्यतिर आइपुगेका छौँ। (aiōn g165)
1-Corinthians 15:55 (1 कोरिन्थी 15:55)
(parallel missing)
“ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?” (Hadēs g86)
2-Corinthians 4:4 (2 कोरिन्थी 4:4)
(parallel missing)
परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ। (aiōn g165)
2-Corinthians 4:17 (2 कोरिन्थी 4:17)
(parallel missing)
किनकि हाम्रो हल्का र क्षणभरको कष्‍टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्‍त हुनेछ, जुन यी सबै कष्‍टहरूको तुलनामा केही पनि होइन। (aiōnios g166)
2-Corinthians 4:18 (2 कोरिन्थी 4:18)
(parallel missing)
यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ। (aiōnios g166)
2-Corinthians 5:1 (2 कोरिन्थी 5:1)
(parallel missing)
अब हामी जान्दछौँ, कि हामी बस्‍ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्‍वरबाट बनाइएको हो। (aiōnios g166)
2-Corinthians 9:9 (2 कोरिन्थी 9:9)
(parallel missing)
जसरी धर्मशास्त्रमा लेखिएको छ: “तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।” (aiōn g165)
2-Corinthians 11:31 (2 कोरिन्थी 11:31)
(parallel missing)
सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्‍वर पिताले जान्‍नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ। (aiōn g165)
Galatians 1:4 (गलाती 1:4)
(parallel missing)
जसले हाम्रा पिता परमेश्‍वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्‍ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो। (aiōn g165)
Galatians 1:5 (गलाती 1:5)
(parallel missing)
परमेश्‍वरलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन। (aiōn g165)
Galatians 6:8 (गलाती 6:8)
(parallel missing)
जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्‍वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्‍वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। (aiōnios g166)
Ephesians 1:21 (एफिसी 1:21)
(parallel missing)
अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउने युगमा पनि सबै नामभन्दा माथि उहाँलाई राख्नुभयो। (aiōn g165)
Ephesians 2:2 (एफिसी 2:2)
(parallel missing)
जुन पापहरूमा तिमीहरू जिउने गर्दथ्यौ; जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ। (aiōn g165)
Ephesians 2:7 (एफिसी 2:7)
(parallel missing)
ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्‍ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्। (aiōn g165)
Ephesians 3:9 (एफिसी 3:9)
(parallel missing)
अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौँयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। (aiōn g165)
Ephesians 3:11 (एफिसी 3:11)
(parallel missing)
जुन अभिप्रायचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। (aiōn g165)
Ephesians 3:21 (एफिसी 3:21)
(parallel missing)
उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्ता-पुस्तासम्म सदासर्वदा महिमा भइहोस्! आमेन। (aiōn g165)
Ephesians 6:12 (एफिसी 6:12)
(parallel missing)
किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताको आत्मिकी सेनाहरूका विरुद्ध हो। (aiōn g165)
Philippians 4:20 (फिलिप्पी 4:20)
(parallel missing)
हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन। (aiōn g165)
Colossians 1:26 (कलस्सी 1:26)
(parallel missing)
अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्‍त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ। (aiōn g165)
2-Thessalonians 1:9 (2 थेसलोनिकी 1:9)
(parallel missing)
तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्। (aiōnios g166)
2-Thessalonians 2:16 (2 थेसलोनिकी 2:16)
(parallel missing)
हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैँले, र हाम्रा परमेश्‍वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो; (aiōnios g166)
1-Timothy 1:16 (1 तिमोथी 1:16)
(parallel missing)
उहाँमाथि विश्‍वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्‍ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो। (aiōnios g166)
1-Timothy 1:17 (1 तिमोथी 1:17)
(parallel missing)
अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन। (aiōn g165)
1-Timothy 6:12 (1 तिमोथी 6:12)
(parallel missing)
विश्‍वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ। (aiōnios g166)
1-Timothy 6:16 (1 तिमोथी 6:16)
(parallel missing)
उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन। (aiōnios g166)
1-Timothy 6:17 (1 तिमोथी 6:17)
(parallel missing)
वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्‍चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्‍वरमा लगाऊन् भनी आज्ञा देऊ। (aiōn g165)
2-Timothy 1:9 (2 तिमोथी 1:9)
(parallel missing)
उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्‍ट येशूमा दिइएको थियो। (aiōnios g166)
2-Timothy 2:10 (2 तिमोथी 2:10)
(parallel missing)
यसकारण परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूका निम्ति ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु। (aiōnios g166)
2-Timothy 4:10 (2 तिमोथी 4:10)
(parallel missing)
किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्। (aiōn g165)
2-Timothy 4:18 (2 तिमोथी 4:18)
(parallel missing)
प्रभुले मलाई हरेक दुष्‍ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन। (aiōn g165)
Titus 1:2 (तीतस 1:2)
(parallel missing)
अनन्त जीवनको आशामा अडिएको त्यो विश्‍वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्‍वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो। (aiōnios g166)
Titus 2:12 (तीतस 2:12)
(parallel missing)
यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ; (aiōn g165)
Titus 3:7 (तीतस 3:7)
(parallel missing)
उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो। (aiōnios g166)
Philemon 1:15 (फिलेमोन 1:15)
(parallel missing)
सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला। (aiōnios g166)
Hebrews 1:2 (हिब्रूहरू 1:2)
(parallel missing)
तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्‍वलाई पनि बनाउनुभयो। (aiōn g165)
Hebrews 1:8 (हिब्रूहरू 1:8)
(parallel missing)
तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ। (aiōn g165)
Hebrews 5:6 (हिब्रूहरू 5:6)
(parallel missing)
अनि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।” (aiōn g165)
Hebrews 5:9 (हिब्रूहरू 5:9)
(parallel missing)
एकपल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो; (aiōnios g166)
Hebrews 6:2 (हिब्रूहरू 6:2)
(parallel missing)
बप्‍तिस्माको विषयमा निर्देशन, हात राख्ने कामहरू, मरेकाहरूको पुनरुत्थान र अनन्त न्यायका कुरा यी सुरुका शिक्षाहरूको जग फेरि नबसालौँ। (aiōnios g166)
Hebrews 6:5 (हिब्रूहरू 6:5)
(parallel missing)
अनि जसले परमेश्‍वरको वचनको भलाइ र आउँदो युगको शक्तिको स्वाद चाखे, (aiōn g165)
Hebrews 6:20 (हिब्रूहरू 6:20)
(parallel missing)
जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ। (aiōn g165)
Hebrews 7:17 (हिब्रूहरू 7:17)
(parallel missing)
किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।” (aiōn g165)
Hebrews 7:21 (हिब्रूहरू 7:21)
(parallel missing)
तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्‍वरले उहाँलाई भन्‍नुभयो: “परमप्रभुले शपथ खानुभएको छ; अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदासर्वदाको लागि पुजारी हौ।’” (aiōn g165)
Hebrews 7:24 (हिब्रूहरू 7:24)
(parallel missing)
तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ। (aiōn g165)
Hebrews 7:28 (हिब्रूहरू 7:28)
(parallel missing)
किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्थापछि आएको शपथले परमेश्‍वरको पुत्रलाई नियुक्त गर्‍यो, जो सदासर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ। (aiōn g165)
Hebrews 9:12 (हिब्रूहरू 9:12)
(parallel missing)
उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैँको लागि एकैपल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्‍त गर्नुभयो। (aiōnios g166)
Hebrews 9:14 (हिब्रूहरू 9:14)
(parallel missing)
झन् आफूलाई परमेश्‍वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्‍वरको सेवा गर्न सकौँ। (aiōnios g166)
Hebrews 9:15 (हिब्रूहरू 9:15)
(parallel missing)
यसकारण ख्रीष्‍ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ। (aiōnios g166)
Hebrews 9:26 (हिब्रूहरू 9:26)
(parallel missing)
त्यसो भएको भए ख्रीष्‍टले संसारको सृष्‍टिदेखि नै धेरैपल्ट कष्‍ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ। (aiōn g165)
Hebrews 11:3 (हिब्रूहरू 11:3)
(parallel missing)
विश्‍वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्‍वरको वचनले विश्‍व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए। (aiōn g165)
Hebrews 13:8 (हिब्रूहरू 13:8)
(parallel missing)
येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ। (aiōn g165)
Hebrews 13:20 (हिब्रूहरू 13:20)
(parallel missing)
अब शान्तिका परमेश्‍वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो; (aiōnios g166)
Hebrews 13:21 (हिब्रूहरू 13:21)
(parallel missing)
उहाँले आफ्नो इच्छा पूरा गर्न तिमीहरूलाई हरेक असल थोकले सुसज्जित पारून्। येशू ख्रीष्‍टद्वारा उहाँलाई मनपर्ने कामहरू उहाँले हामीमा गरेका होऊन्। उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन। (aiōn g165)
James 3:6 (याकोब 3:6)
(parallel missing)
जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ। (Geenna g1067)
1-Peter 1:23 (1 पत्रुस 1:23)
(parallel missing)
किनकि परमेश्‍वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ। (aiōn g165)
1-Peter 1:25 (1 पत्रुस 1:25)
(parallel missing)
तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो। (aiōn g165)
1-Peter 4:11 (1 पत्रुस 4:11)
(parallel missing)
यदि कसैले बोल्छ भने परमेश्‍वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन। (aiōn g165)
1-Peter 5:10 (1 पत्रुस 5:10)
(parallel missing)
सबै अनुग्रहका परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्‍टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ। (aiōnios g166)
1-Peter 5:11 (1 पत्रुस 5:11)
(parallel missing)
उहाँलाई नै पराक्रम सदासर्वदा भइरहोस्! आमेन। (aiōn g165)
2-Peter 1:11 (2 पत्रुस 1:11)
(parallel missing)
अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ। (aiōnios g166)
2-Peter 2:4 (2 पत्रुस 2:4)
(parallel missing)
किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो। (Tartaroō g5020)
2-Peter 3:18 (2 पत्रुस 3:18)
(parallel missing)
तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन। (aiōn g165)
1-John 1:2 (1 यूहन्‍ना 1:2)
(parallel missing)
त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौँ, र उहाँकै साक्षी दिन्छौँ; अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौँ, जो पितासँग हुनुहुन्थ्यो र हामीकहाँ प्रकट हुनुभएको छ। (aiōnios g166)
1-John 2:17 (1 यूहन्‍ना 2:17)
(parallel missing)
अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ। (aiōn g165)
1-John 2:25 (1 यूहन्‍ना 2:25)
(parallel missing)
अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन। (aiōnios g166)
1-John 3:15 (1 यूहन्‍ना 3:15)
(parallel missing)
हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ। (aiōnios g166)
1-John 5:11 (1 यूहन्‍ना 5:11)
(parallel missing)
अनि साक्षी यही नै हो—परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। (aiōnios g166)
1-John 5:13 (1 यूहन्‍ना 5:13)
(parallel missing)
तिमीहरू परमेश्‍वरका पुत्रको नाममा विश्‍वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु। (aiōnios g166)
1-John 5:20 (1 यूहन्‍ना 5:20)
(parallel missing)
हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्‍न सकौँ भनेर परमेश्‍वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्‍टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ। (aiōnios g166)
2-John 1:2 (2 यूहन्‍ना 1:2)
(parallel missing)
सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ: (aiōn g165)
Jude 1:6 (यहूदा 1:6)
(parallel missing)
ती स्वर्गदूतहरू, जसले आफ्नो अधिकारको स्थान राखेनन्, तर तिनीहरूका आफ्नै घरसमेत त्याग गर्नेलाई उहाँले त्यस महान् दिनको न्यायको निम्ति अनन्तको साङ्लोले बाँधेर अन्धकारमा राख्नुभएको छ। (aïdios g126)
Jude 1:7 (यहूदा 1:7)
(parallel missing)
यस्तै किसिमले सदोम र गमोरा, र छेउछाउका सहरहरूले आफूलाई व्यभिचारको अनैतिकता र भ्रष्‍टताको लागि दिइहाले। तिनीहरू अनन्तको आगोको दण्ड भोग्नेहरूका नमुना भएका छन्। (aiōnios g166)
Jude 1:13 (यहूदा 1:13)
(parallel missing)
तिनीहरू समुद्रका उर्लंदा छालहरू हुन्; जसले आफ्नै शर्मको फिँज काढ्छन्। तिनीहरू डुलुवा ताराहरू हुन्, जसका लागि सबैभन्दा कालो अन्धकार सदाको लागि साँचिएको छ। (aiōn g165)
Jude 1:21 (यहूदा 1:21)
(parallel missing)
प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्‍वरको प्रेममा स्थिर बनाइराख। (aiōnios g166)
Jude 1:25 (यहूदा 1:25)
(parallel missing)
हाम्रा एउटै मुक्तिदाता परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन। (aiōn g165)
Revelation 1:6 (प्रकाश 1:6)
(parallel missing)
अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन। (aiōn g165)
Revelation 1:18 (प्रकाश 1:18)
(parallel missing)
जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्। (aiōn g165, Hadēs g86)
Revelation 4:9 (प्रकाश 4:9)
(parallel missing)
सिंहासनमा बस्‍नुहुने, र सदासर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्, (aiōn g165)
Revelation 4:10 (प्रकाश 4:10)
(parallel missing)
तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्‍नुहुने अनि सदासर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्: (aiōn g165)
Revelation 5:13 (प्रकाश 5:13)
(parallel missing)
तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति (aiōn g165)
Revelation 6:8 (प्रकाश 6:8)
(parallel missing)
मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्‍ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो। (Hadēs g86)
Revelation 7:12 (प्रकाश 7:12)
(parallel missing)
“आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्। आमेन!” (aiōn g165)
Revelation 9:1 (प्रकाश 9:1)
(parallel missing)
जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो। (Abyssos g12)
Revelation 9:2 (प्रकाश 9:2)
(parallel missing)
तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैँ धुवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धुवाँद्वारा सूर्य र आकाश अँध्यारो भए। (Abyssos g12)
Revelation 9:11 (प्रकाश 9:11)
(parallel missing)
तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाम हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा अपोल्‍लियोन हो। (Abyssos g12)
Revelation 10:6 (प्रकाश 10:6)
(parallel missing)
अनि तिनले उहाँको नाममा शपथ खाए, जो सदासर्वदा जिउनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक र समुद्र, त्यसमा भएका सबै थोक सृजनुभयो र भन्‍नुभयो, “अब ढिलो हुनेछैन! (aiōn g165)
Revelation 11:7 (प्रकाश 11:7)
(parallel missing)
अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ। (Abyssos g12)
Revelation 11:15 (प्रकाश 11:15)
(parallel missing)
जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” (aiōn g165)
Revelation 14:6 (प्रकाश 14:6)
(parallel missing)
तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखेँ, र तिनीसित पृथ्वीमा बस्‍नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो। (aiōnios g166)
Revelation 14:11 (प्रकाश 14:11)
(parallel missing)
अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।” (aiōn g165)
Revelation 15:7 (प्रकाश 15:7)
(parallel missing)
तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए। (aiōn g165)
Revelation 17:8 (प्रकाश 17:8)
(parallel missing)
तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्‍नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ। (Abyssos g12)
Revelation 19:3 (प्रकाश 19:3)
(parallel missing)
अनि तिनीहरू फेरि चिच्याए: “हल्‍लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।” (aiōn g165)
Revelation 19:20 (प्रकाश 19:20)
(parallel missing)
तर त्यो पशु पक्राउ पर्‍यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए। (Limnē Pyr g3041 g4442)
Revelation 20:1 (प्रकाश 20:1)
(parallel missing)
त्यसपछि मैले एक जना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखेँ। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो (Abyssos g12)
Revelation 20:3 (प्रकाश 20:3)
(parallel missing)
तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए; अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई फुक्‍का गरिनुपर्छ। (Abyssos g12)
Revelation 20:10 (प्रकाश 20:10)
(parallel missing)
अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्। (aiōn g165, Limnē Pyr g3041 g4442)
Revelation 20:13 (प्रकाश 20:13)
(parallel missing)
समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो। (Hadēs g86)
Revelation 20:14 (प्रकाश 20:14)
(parallel missing)
मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो। (Hadēs g86, Limnē Pyr g3041 g4442)
Revelation 20:15 (प्रकाश 20:15)
(parallel missing)
जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो। (Limnē Pyr g3041 g4442)
Revelation 21:8 (प्रकाश 21:8)
(parallel missing)
तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।” (Limnē Pyr g3041 g4442)
Revelation 22:5 (प्रकाश 22:5)
(parallel missing)
अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्‍वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्। (aiōn g165)

NEM > Aionian Verses: 8
NEC > Aionian Verses: 264