< Mathayo 12 >
1 Lichoba lya sabato Yesu kapeta karibu ni mung'unda, anapunzi bake babile ni njala gabatekwa makasi no lyaa.
त्यति बेला शबाथको दिनमा येशू अन्नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे ।
2 Lakini Mafarisayo pabagabweni goo, nga bammakiya Yesu aalagiye anapunzi bake baitekwana saliya bapanga lsoba lyange lusilwa lisoba lya Sabato.”
तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
3 Lakini Yesu ngaabakiya, “Munasoma kwa Daudi mwapangite wakati wabile na njala, bamope na bandu babile pamope nabo?
तर येशूले तिनीहरूलाई भन्नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?
4 Mwayingii nyumba ya Nnongo no lyaa mikate ya madhabahu, na yabile kwaa alali kachake kwi na balo babile nabo, ila alali kwaa makuhani?
कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?
5 Bado munasoma kwa kuhusu saliya, panga lisoba luya sabato Makuhani gati ya hekalu kwichapuya sabato, lakini ntopo ywa sitakiya?
र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?
6 Lakini nilongela kachinu panga ywabile nkolo kuliko hekalu abile pano.
तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ ।
7 taanga ayee ina maana gani, nipala loba na sio sadaka, mpele kwa hukumu kwa benge makosa.
‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ ।
8 Mana mwana wa Adamu nga Ngwana wa sabato.
किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”
9 Yesu gabuka palo gayenda kuhekalu lyabe, linga kwabi na mundu mlemafu wa luboko Mafarisayo ngaba naluya Yesu, kababaya,
त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।
10 “Je, halali kumponeya lisoba lya sabato?”Lenga bapate kusitakiwa kwopanga sambi.
हेर, त्यहाँ एक जना हात सुकेको व्यक्ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?”
11 Yesu kaakokiya, “Nyai kato yinu, abile ni ngondolo yumo, ni aywoo ngondolo atumbuki mulembwa lisoba lya sabato, ywakotoka kunapwa?
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला?
12 Je, kilebe chaako cha thamani, bora kunopwa mundu kuliko ngondolo! kwa eyo alali bai panga mema lisoba lya sabato.”
त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”
13 Yesu kankokeya ywa mundu, “ngalowa luboko lwako”Ngalugoloya, ngalupona, kati lololwenge.
अनि येशूले त्यस व्यक्तिलाई भन्नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।
14 Lakini Mafarisayo ngabapita panja kabapanga ndela ya kumulaga.
तर ती फरिसीहरू बाहिर गए र षड्यन्त्र रच्न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
15 Yesu patangite mpango woo atiboka. Bandu banyansima batikunkengama, nga aponea bote.
अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
16 Abakiye kana babakiye bandu akanatanganikilwa kwa bananchima,
उहाँको बारेमा अरूहरूलाई नभन्नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
17 panga ilimi yolo kweli, yabaite nabii Isaya, kaba
ताकि यशैया अगमवक्ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,
18 Linga, mtumishi wango ywanichewile, ywanimpendile, kwa ywembe mwoyo wango utikumpenda. Nalowa beka Roho yango kunani yake, na alowa tangaza hukumu kwa mataifa.
“हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
19 Aangaika kwaa wala lela kwa ngupu; aimiya kwa utambi wa upiya lyoi, mpaka pateta hukumu no shida.
उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्नेछ ।
20 Kana auna tete lyalichubulilwa, kana aime tambi yoyoti wauluka lioi.
उनले कुनै फुटेको नरकटलाई भाँच्नेछैनन्; उनले न्यायलाई विजयमा नपुर्याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।
21 Na mataifa balowa bana ujasili kwa lina lyake.
अनि उनको नाउँमा गैरयहूदीहरूले विश्वास गर्नेछन् ।”
22 Mundu pilani ngaminya na bubu, ywalobi moka banetike kwa Yesu. Ngamponiye, pamope ni mundu bubu pona na kipofu bona;
अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्ने व्यक्ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो ।
23 Bandu boti batisangala no baya, iweza wezekana mundu yoo mwana wa Daudi?”
सबै भिड छक्क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन्?”
24 Lakini Mafarisayo pabayowine husu maujiza agoo, batibaya, “Ayo mundu aboya kwa masetani kwa ngupu yake mwene ila kwa Baheburi, mpendo wa masetani.
तर जब फरिसीहरूले यस आश्चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
25 Lakini Yesu agatangite gabaweza na kwabakiya, “Kila utawala wautalanganike wene walowa alabika kwaa, na kila nyumba yayalowa lalanganika bene yayema kwaa.
तर येशूले तिनीहरूको विचार जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्नेछैन ।”
26 Mana itei nchela alowa kumoya nchela, inda kipenga muakili yake mwene.
यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला?
27 Kwa kitiwi utawala wake walowa yema? Na mana itei niboya nchelakwa ngupu ya Belizabuli, babafata mwenga babuya nchela kwa ndela ya kele? kwa ndela ya balowa ba akimu winu.
अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।
28 Na mana kanibuya nchela kwa ndela ya Roho wa Nnongo, bai utawala wa Nnongo uichile kachinu.
तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूमा आएको छ ।
29 Ni aweza buri yingwa nyumba ya mwene ngupu najiba, bila kutaba mwene ngufu wete? Ngaweza yiba ilebe yake buka nkati ya nyumba.
र कुनै मानिसले एक बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ ।
30 ywoywoti ywakotwike baa nanee enda kunitaukya, na ywa kutoka kumba pamope na nee enda palagana.
जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्ट पार्छ ।
31 Kwa eyo nibaya kachinu, kila sambi na kufulu bandu alowa kwa samiya, lakini kukufulu Roho Mtakatifu asamiya kwaa.
त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।
32 Na ywoywoti ywalowa baya likowe kinyume sa mwana wa Adamu, alowa kusamiwa. Lakini ywolongela kinchogo sa Roho Mtakatifu aywo basamwa kwaa, kwa utawala ngo wala wauicha. (aiōn )
अनि जसले परमेश्वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ । (aiōn )
33 Ao upange mkongo panga unanoga na litundu lyake linanoga, kwasababu nkonga utanganikwa mutunda gake.
कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।
34 Mwenga, wa lukolo lwa ng'ambo, mwenga mwabaya muweza longela makowe gananoga? Kwasababu mikano ilongela buka mumwoyo.
ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
35 Mundu nzuri muakiba inanoga ya mwoyo wake gapita gananoga, na mundu mwou mu'akiba ou ya mwoyo wake, ipita kilebe kinayangata.
एउटा असल व्यक्तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्ट व्यक्तिले आफ्नो हृदयमा रहेको दुष्ट कुराले जे दुष्ट छ त्यो नै बाहिर ल्याउँछ ।
36 Nenda kuwamakiya panga lisoba lya ukumu bandu balowapiya hesabu ya kila likowe lyange mana lyabalongelage.
र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
37 Kwa kuwa kwa makowe gako walowa balangilwa haki na kwa makowe gako walowa hukumilwa.”
किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
38 Mwisho baazi ya aandishi ni Mafarisayo ngaban'yangwa Yesu kababaya, “Mwalimu twapendi kubona ishara kachako.”
त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”
39 Lakini Yesu atikwayangwa ni kuakokeya, “kibelekwi kinoite kwaa ni sa umalaya kipala ishara lakini ntopo ishara yailwapila kachako ila yulo ya nabii Yona.
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
40 Kati nabii Yona mwaatami mundumbo lya omba nkolo kwa masoba gatatu kilo ni mutwekati, nga nyoo mwana wa Adam alowa tama nkati ya mwoyo wa bwee kwa muda wa masoba gatatu kilo ni mutwekati.
किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
41 Bandu baninawi balowa yema nnonge ya hukumu pamope ni ubelekwi wa bandu aba na balowa hukumilwa kwasababu batiloba kwa makaburi ga Yona, linga mundu nkolo kuliko Yona abile pano.
निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।
42 Malkia wa kusini alowa katuka pa hukumu pamope ni bandu ba mmelekwoogu na kwa hukumu. Aisi boka mwiso wa dunia icha pekaniya hekima ya Selemani, na linga, mundu fulani nkolo kuliko Selemani abile pano.
दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् ।
43 Nchela pamoka mundu, apeta pange mmache kapala pompomolya, ila mana akotwike kupabona.
जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।
44 mwisho baya mbala buyangana kunyumba yango kwa mboi. mana aikoli yumo nyumba isafishilwe na ibi tayari.
अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।
45 Alowa kelebuka na kwaleta benge roho njapu saba bababile abaya sana kuliko ywembe isa tama bote palo. Na hali yake baa mbaya kuliko ya mwanzo. Ngamwalowa panga kwa ubelekwi wono mwou.
त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
46 Wakati Yesu kalongela umati linga mabake na akinanunabe bayemi panja, kabampala.”
जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
47 Mundu yumo atikummakiya, “linga maobako na akinanunango bayemi panja, bapala longela na wenga.”
कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”
48 Lakini Yesu kayangwa ni kuakokeya ywaammakiye mao bango nyai? Ni anuna bango aki'nyai?
तर येशूले उत्तर दिनुभयो र त्यसो भन्ने व्यक्तिलाई भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?”
49 Nga alangwa anapunzi bake nobaya, “Linga, aba nga mao ni anuna bango!
अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
50 Mana ywoywoti ywagapanga gabapendi Tate bango ywaabile kumaunde, mundu ywo nga nongo wango mno bwango na mao bango.”
किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”