< Akolosai 3 >
1 Mana itei kae Nnongo atikuwafufua pamope ni Kristo, mugapale makowe ya kunani ambako Kristo atama luboko lwa mmaliyo lwa Nnongo.
यदि परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभएको छ ।
2 Muwase kuhusu makowe ga kunani kuhusu kwaa makowe ga dunia.
माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ ।
3 Kwa kuwa mwatiwaa, ni maisha yinu yayowanike kwaa pamope ni Kristo mu'Nnongo.
किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्वरमा ख्रीष्टसँगै लुकाइएको छ ।
4 Palyo Kristo alowa bonekana, ambae nga maisha yinu, nga mwenga kae mwalowa binekana niywembe mu'utukufu.
जब ख्रीष्ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
5 Kwa eyo mugafikishe makowe galiyo mu'nnema yaani, umalaya, uchapu, shauku inoite kwaa, ni tamaa, ambayo nga ibada ya sanamu.
त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।
6 Ni kwaa ajili ya makowe aga gadhabu yaisa nnani ya bana babile kwaa nautii.
यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्वरको क्रोध आउँछ ।
7 Ni kwa ajili ya makowe aga mwenga kae mwatityanga kwake mwatamite nkati yabe.
तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।
8 Lakini nambeambe ni lazima mugaboye makowe aga gote. Yaani, gadhabu, hasira, nia inoite kwaa, matukangano, ni maneno machapu yaboka mu'mikano yinu.
तर अब यी कुराहरू तिमीहरूले त्याग्नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
9 Kana mubaye ubocho kati yinu mwenga, kwa mana mwatiuuluwa utu winu wa kinchogo ni makowe gake.
एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।
10 Mwatiuwala utu waayambe, ambao upangika wambeyambe mu'maarifa bokana ni mpwano wa yolo ywamuumbile.
तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।
11 Mu'maarifa aga, ntopo myunani ni myahudi, tairiwa ni tairiwa kwaa, msomi, ywaabile kwaa msomi, mmanda, ni ywabile kwaa mmanda, lakini badala yake Kristo nga makowe goti nkati ya goti.
यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्का हुँदैन, तर ख्रीष्ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ ।
12 Kati bateule ba Nnongo, batakatifu ni apendwa, muuwale utu wema, ukarimu, unyenyekevu, upole ni uvumulivu.
त्यसकारण, परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।
13 Muchukulyane mwenga kwa mwenga, Muhurumiane kila mundu ni mwenake. Kati mundu abile ni lilalamiko dhidi ya ywenge, amsamehe kwa namna yeyelo ambayo Ngwana atikuwa samiya mwenga.
एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
14 Zaidi ya makowe aga goti, mube ni upendo ambao nga kigezo cha ukamilifu
यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो ।
15 Amani ya Kriso ni ibaongoze mu'mioyo yinu. Yabile ni kwa ajili ya amani yee kwamba mwati tiliwa mu'yega umo. Mube ni shukrani.
तिमीहरूका हृदयमा ख्रीष्टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
16 Na lineno lya Kristo litame nkati yinu kwa utajiri. Kwa hekima yoti, mupundishane ni kushauriana mwenga kwa mwenga kwa Zaburi, nyimbo, na nyimbo za mu'roho. Muimbe kwa shukrani mu'mioyo yinu kwa Nnongo.
ख्रीष्टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
17 Na chochote mukipangite, mu'maneno au mu'makowe, mupange yote mu'lina lya Ngwana Yesu. Mumpeye shukrani Nnongo tate pitya Ywembe.
अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।
18 Anwawa, muanyenyekee asengo binu, kati yatipendeza nkati ya Ngwana.
पत्नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
19 Mwenga asengo, mwapende anyumbo yinu, na kana mube wakali dhidi yabe.
पतिहरू, आफ्ना पत्नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।
20 Bana, mubatii azazi winu mu'makowe yoti, mana nga impendeza Ngwana.
छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।
21 Mwa tate kana muwachokoze bana binu, ili kwamba kana baise kata tamaa.
बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्नेछन् ।
22 Amanda, mubatii ngwana winu mu'yega kwa makowe yoti, kana ibe kwa huduma ya minyo kati bandu ba kupuraisha kae, ila kwa mwoyo wa kweli, Mun]yogope Nnongo.
दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान ।
23 Chochote cha mukipanga, mupange kuoma mu'mwoyo winu kati Ngwana na kana ibe kati kwa bandu.
तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर ।
24 Mutangite kuwa mwalowa pokya tuzo ya kumiliki kuoma kwa Ngwana. Ni Kristo Ngwana ywamwamumtumikya.
तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्ट हुनुहुन्छ ।
25 Kwa sababu yeyote ywapanga yabile kwaa ga haki alowa pokya hukumu kwa matendo yabile kwaa haki yaipangite, ni ntopo upendeleo.
किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।