< UZekhariya 1 >
1 Ngenyanga yesificaminwembili, ngomnyaka wesibili kaDariyusi, kwafika ilizwi leNkosi kuZekhariya, indodana kaBerekiya, indodana kaIdo umprofethi, lisithi:
दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय।
2 INkosi yabathukuthelela oyihlo ngentukuthelo.
“परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!
3 Ngakho wothi kubo: Itsho njalo iNkosi yamabandla: Phendukelani kimi, itsho iNkosi yamabandla, lami ngizaphendukela kini, itsho iNkosi yamabandla.
तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
4 Lingabi njengaboyihlo, abaprofethi bakuqala abamemeza kubo, besithi: Itsho njalo iNkosi yamabandla: Ake liphenduke ezindleleni zenu ezimbi lezenzweni zenu ezimbi; kodwa kabezwanga, kabangilalelanga, itsho iNkosi.
तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”
5 Oyihlo, bangaphi? Labaprofethi, baphila laphakade yini?
तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?
6 Kodwa amazwi ami lezimiso zami, engakulaya izinceku zami abaprofethi, kakubaficanga oyihlo yini? Basebephenduka bathi: Njengalokhu iNkosi yamabandla yayinakana ukukukwenza kithi, njengokwezindlela zethu lanjengokwezenzo zethu, ngokunjalo yenze kithi.
तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
7 Ngosuku lwamatshumi amabili lane lwenyanga yetshumi lanye, okuyinyanga uShebati, ngomnyaka wesibili kaDariyusi, lafika ilizwi leNkosi kuZekhariya, indodana kaBerekiya, indodana kaIdo umprofethi, lisithi:
दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो,
8 Ngabona ebusuku, khangela-ke umuntu owayegade ibhiza elibomvu, njalo wayemi phakathi kwezihlahla zamamiteli eziseliweni, lemva kwakhe kwakulamabhiza abomvu, alibhidi, lamhlophe.
“मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।”
9 Ngasengisithi: Bayini laba, nkosi yami? Ingilosi eyayikhuluma lami yasisithi kimi: Mina ngizakutshengisa ukuthi laba bayini.
मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”
10 Umuntu owayemi phakathi kwezihlahla zamamiteli wasephendula wathi: Laba yibo iNkosi ebathumileyo ukuhamba besiya le lale emhlabeni.
ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।”
11 Basebephendula ingilosi yeNkosi eyayimi phakathi kwezihlahla zamamiteli, bathi: Sihambile, saya le lale emhlabeni, khangela-ke, wonke umhlaba uhlezi uthule.
असारे-फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त र आराम गरिरहेको छ ।”
12 Ingilosi yeNkosi yasiphendula yathi: Nkosi yamabandla, koze kube nini wena ungabi lesihawu phezu kweJerusalema laphezu kwemizi yakoJuda, osuyithukuthelele okweminyaka le engamatshumi ayisikhombisa?
अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ?”
13 INkosi yasiphendula ingilosi eyayikhuluma lami ngamazwi amahle, amazwi aduduzayo.
मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो ।
14 Ngakho ingilosi eyayikhuluma lami yathi kimi: Memeza, usithi: Itsho njalo iNkosi yamabandla: Ngilobukhwele ngeJerusalema langeZiyoni ngobukhwele obukhulu.
यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु!
15 Njalo ngiyathukuthela ngentukuthelo enkulu ngezizwe ezonwabileyo; ngoba mina ngizondile kancinyane, kodwa zona zancedisa ngasebubini.
सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।
16 Ngalokho, itsho njalo iNkosi: Ngibuyele eJerusalema ngilezihawu; indlu yami izakwakhiwa kuyo, itsho iNkosi yamabandla, lentambo yokulinganisa izakwelulwa phezu kweJerusalema.
यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’
17 Phinda umemeze, usithi: Itsho njalo iNkosi yamabandla: Imizi yami isezasatshalaliswa ngokuhle; njalo iNkosi isezaduduza iZiyoni, isezayikhetha iJerusalema.
उच्च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्नुहुनेछ ।’”
18 Ngasengiphakamisa amehlo ami, ngabona, khangela-ke, impondo ezine.
अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें!
19 Ngasengisithi kuyo ingilosi eyayikhuluma lami: Kuyini lokhu? Yasisithi kimi: Lezi zimpondo ezihlakaze uJuda, uIsrayeli, leJerusalema.
मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।”
20 INkosi yasingitshengisa ingcitshi ezine.
अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो ।
21 Ngasengisithi: Lezi zizekwenzani? Yasikhuluma isithi: Lezi zimpondo ezihlakaze uJuda, kwaze kwangabi lomuntu ophakamisa ikhanda lakhe; kodwa lezi zize ukuzethusa, ukulahla izimpondo zabezizwe, ezaphakamisa uphondo lumelene lelizwe lakoJuda ukulihlakaza.
मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”