< UMalaki 3 >

1 Khangelani, ngithuma isithunywa sami, esizalungisa indlela phambi kwami; leNkosi eliyidingayo izafika masinyane ethempelini layo, ngitsho isithunywa sesivumelwano elithokoza ngaso; khangela siyeza, itsho iNkosi yamabandla.
“हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्‍कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
2 Kodwa ngubani ongalumela usuku lokuza kwaso, njalo ngubani ongema ekubonakaleni kwaso? Ngoba sinjengomlilo womcwengi wegolide, lanjengesepa yomwatshi.
तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ ।
3 Sizahlala njengomcwengi lomhlambululi wesiliva, sihlambulule amadodana kaLevi, siwacwenge njengegolide lanjengesiliva; ukuze asondeze iminikelo ngokulunga eNkosini.
उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्‍नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।
4 Lapho umnikelo wakoJuda loweJerusalema uzakuba mnandi eNkosini njengensukwini zendulo, lanjengeminyakeni yakuqala.
त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्‍न तुल्याउने किसिमको हुनेछ ।
5 Njalo ngizasondela kini ngokwahlulela; ngibe ngumfakazi ophangisayo ngimelene labathakathi, ngimelene lezifebe, ngimelene labafungi bamanga, ngimelene labacindezeli bamaholo abaqhatshiweyo, umfelokazi, lentandane, labasunduzela abezizweni eceleni, njalo abangangesabiyo, itsho iNkosi yamabandla.
“अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
6 Ngoba ngiyiNkosi, kangiphenduki; ngakho lina madodana kaJakobe kaliqedwa.
“किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ ।
7 Ngitsho kusukela ensukwini zaboyihlo liphambukile ezimisweni zami, kalizigcinanga. Buyelani kimi, lami ngizabuyela kini, itsho iNkosi yamabandla. Kanti lithi: Sizabuyela ngani?
तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’
8 Umuntu angamphanga yini uNkulunkulu? Kanti lina lingiphangile. Kodwa lithi: Sikuphange ngani? Ngokwetshumi langomnikelo.
के कुनै मानिसले परमेश्‍वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा ।
9 Liqalekisiwe ngesiqalekiso, ngoba lingiphangile, lesisizwe sonke.
तिमीहरू श्रापित भएका छौ, किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ ।
10 Lethani konke okwetshumi esiphaleni ukuze kube lokudla endlini yami. Lingihlole-ke khathesi kukho, itsho iNkosi yamabandla, uba ngingayikulivulela amawindi amazulu, ngilithululele isibusiso kuze kungabi lendawo eyaneleyo.
भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
11 Ngizakhuza odlayo ngenxa yenu, njalo kayikulichithela izithelo zomhlabathi; levini kaliyikulibozisela ensimini, itsho iNkosi yamabandla.
“तिमीहरूका बालीहरू नष्‍ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्‍मै फसल नष्‍ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
12 Njalo zonke izizwe zizakuthi libusisiwe, ngoba lina lizakuba yilizwe elithokozisayo, itsho iNkosi yamabandla.
“सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्‍नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
13 Amazwi enu abelukhuni emelene lami, itsho iNkosi. Kanti lithi: Sikhulumeni simelene lawe?
“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’
14 Lithe: Kuyize ukukhonza uNkulunkulu. Njalo kuyinzuzo bani ukuthi sigcine imfanelo yakhe, lokuthi sihambe sikwezimnyama phambi kweNkosi yamabandla?
तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ?
15 Khathesi-ke sithi abaziqhenyayo babusisiwe; yebo, labo abenza inkohlakalo bayakhiwa; yebo balinga uNkulunkulu, baphephe.
यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्‍ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरलाई जाँच गरेर उम्कन्छन् ।’”
16 Khona labo abayesabayo iNkosi bakhulumisana; njalo iNkosi yalalela, yezwa; logwalo lwesikhumbuzo lwalotshwa phambi kwayo ngabo abayesabayo iNkosi, langalabo abazindla ngebizo layo.
अनि परमप्रभुको भय मान्‍नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्‍नुभयो, र परमप्रभुको भय मान्‍ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो ।
17 Njalo bazakuba ngabami, itsho iNkosi yamabandla, ngalolosuku engizakwenza ngalo okuligugu kwami, njalo ngizabayekela njengendoda eyekela indodana yayo eyisebenzelayo.
“मैले काम गर्ने दिनमा, तिनीहरू मेरा हुनेछन्, मेरो आफ्नै धन-सम्पत्ति हुनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु ।
18 Beselibuya libona umehluko phakathi kolungileyo lomubi, phakathi kokhonza uNkulunkulu lalowo ongamkhonziyo.
अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्‍ट बिच भिन्‍नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।

< UMalaki 3 >