< UDanyeli 2 >
1 Ngomnyaka wesibili wokubusa kukaNebhukadinezari, uNebhukadinezari waphupha amaphupho; umoya wakhe wasukhathazeka, lobuthongo bakhe basuka kuye.
नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्न सकेनन् ।
2 Inkosi yasisithi kubizwe izanuse lezangoma labavumisayo lamaKhaladiya, ukuze batshengise inkosi amaphupho ayo. Beza-ke, bema phambi kwenkosi.
त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान् मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्ने उनको इच्छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।
3 Inkosi yasisithi kubo: Ngiphuphe iphupho; umoya wami wasukhathazeka ukulazi iphupho.
राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्नलाई मेरो मन विचलित भएको छ ।”
4 AmaKhaladiya asekhuluma enkosini ngesiAramu: Nkosi, phila kuze kube nininini! Tshela inceku zakho iphupho, thina sizatshengisa ingcazelo.
तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्त सपना भन्नुहोस्, र हामी त्यसको अर्थ खोल्नेछौं ।”
5 Inkosi yaphendula yathi kumaKhaladiya: Into isisukile kimi; uba lingayikungazisa iphupho lengcazelo yalo, lizakwenziwa iziqa, lezindlu zenu zenziwe inqumbi yomquba.
राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्नावशेषको थुप्रो हुनेछन् ।
6 Kodwa uba litshengisa iphupho lengcazelo yalo, lizakwemukela kimi izipho lomvuzo lodumo olukhulu. Ngakho ngitshengisani iphupho lengcazelo yalo.
तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्च-सम्मान पाउनेछौ । यसैले उक्त सपना र त्यसको अर्थ मलाई भन ।”
7 Baphendula okwesibili bathi: Inkosi kayitshele inceku zayo iphupho, thina sizabonisa ingcazelo yalo.
तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्ना सेवकहरूलाई त्यो सपना भन्नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्नेछौं ।”
8 Inkosi yaphendula yathi: Mina ngiyazi isibili ukuthi lithenga isikhathi, ngoba liyabona ukuthi into isukile kimi.
राजाले जवाफ दिए, “मलाई यो निश्चय थाहा छ, कि तिमीहरू धेरै समय चाहन्छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ।
9 Kodwa uba lingangazisi iphupho, kulesimiso esisodwa ngani; ngoba livumelene ukukhuluma ilizwi lamanga elikhohlakeleyo phambi kwami, kuze kuguquke isikhathi. Ngakho ngitshelani iphupho, besengisazi ukuthi lingangitshela ingcazelo yalo.
तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्नो मन नबद्लेसम्म तिमीहरूले झुटो र छलपूर्ण शब्दहरू मलाई भन्ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्यसको अर्थ तिमीहरूले भन्न सक्छौ भनी मलाई थाहा हुनेछ ।”
10 AmaKhaladiya aphendula phambi kwenkosi, athi: Kakulamuntu emhlabeni olakho ukutshengisa udaba lwenkosi; ngakho kayikho inkosi enkulu kumbe umbusi owake wabuza into enje kuloba yisiphi isanuse kumbe isangoma kumbe umKhaladiya.
ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्यक्ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् ।
11 Futhi kuyinto enzima inkosi eyibuzayo, njalo kakho omunye ongayibonisa phambi kwenkosi, ngaphandle kwabonkulunkulu, okuhlala kwabo kakukho kwabasenyameni.
महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”
12 Ngenxa yalokhu inkosi yaba lolaka yathukuthela kakhulu, yalaya ukuthi kubhujiswe bonke abahlakaniphileyo beBhabhiloni.
यस कुराले राजालाई रिस उठायो र अत्यन्तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए ।
13 Kwasekuphuma isimiso, ukuthi abahlakaniphileyo babulawe; basebedinga uDaniyeli labangane bakhe ukuthi babulawe.
यसैले आफूमा भएका बुद्धिको निम्ति प्रख्यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।
14 Lapho uDaniyeli wabuyisela icebo lokuqonda kuAriyoki induna yabalindi benkosi, owayephumele ukubulala abahlakaniphileyo beBhabhiloni.
तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्ति प्रख्यात सबै जनालाई मार्नको निम्ति आएका राजाका अङ्गरक्षकका कमान्डर अर्योकलाई दानिएलले विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए ।
15 Waphendula wathi kuAriyoki induna yenkosi: Kungani isimiso singesesiphangiphangi esivela enkosini? Lapho uAriyoki wamazisa uDaniyeli indaba.
दानिएलले राजाका कमान्डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्यो दानिएललाई बताए ।
16 UDaniyeli wasengena, wacela enkosini ukuthi imnike isikhathi sokuthi ayitshengise inkosi ingcazelo.
त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।
17 UDaniyeli wasesiya endlini yakhe, wabazisa oHananiya, uMishayeli, loAzariya, abangane bakhe, loludaba;
त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए ।
18 ukuze bacele izihawu kuNkulunkulu wezulu ngalimfihlakalo; ukuze bangabhubhi oDaniyeli labangane bakhe kanye labanye abahlakaniphileyo beBhabhiloni.
यो रहस्यको विषयमा स्वर्गका परमेश्वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्यातिप्राप्त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् ।
19 Lapho imfihlakalo yembulelwa uDaniyeli embonweni wobusuku. UDaniyeli wasemdumisa uNkulunkulu wamazulu.
त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्वरको प्रशंसा गरे,
20 UDaniyeli waphendula wathi: Kalidunyiswe ibizo likaNkulunkulu kusukela phakade kuze kube phakade, ngoba inhlakanipho lamandla kungokwakhe.
र यसो भने, “परमेश्वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।
21 Ngoba uyaguqula izikhathi lezikhathi ezimisiweyo, uyasusa amakhosi, amise amakhosi, upha inhlakanipho kwabahlakaniphileyo, lolwazi kulabo abazi ukuqedisisa.
उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ । उहाँले बुद्धिमान्लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ ।
22 Uyembula okujulileyo lokufihlakeleyo, uyakwazi okusemnyameni, lokukhanya kuhlala kanye laye.
उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ ।
23 Ngiyakubonga ngikudumise, wena Nkulunkulu wabobaba, ongiphe inhlakanipho lamandla, ongazise khathesi lokho esikucelileyo kuwe, ngoba usazisile udaba lwenkosi.
हे मेरा पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु, किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्ती गर्यौं त्यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।”
24 Ngakho uDaniyeli wangena kuAriyoki, inkosi eyayimmisele ukuthi abhubhise abahlakaniphileyo beBhabhiloni; wahamba, wakhuluma kanje kuye: Ungabhubhisi abahlakaniphileyo beBhabhiloni; ngingenisa phambi kwenkosi, mina ngizayitshengisa inkosi ingcazelo.
त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”
25 Lapho uAriyoki wangenisa uDaniyeli phambi kwenkosi ngokuphangisa, watsho njalo kuyo: Ngithole indoda kwabathunjiweyo bakoJuda, ezakwazisa inkosi ingcazelo.
त्यसपछि अर्योकले तुरुन्तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”
26 Inkosi yaphendula yathi kuDaniyeli, obizo lakhe lalinguBeliteshazari: Ulakho yini ukungazisa iphupho engilibonileyo, lengcazelo yalo?
राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्न सक्छौ?”
27 UDaniyeli waphendula phambi kwenkosi, wathi: Imfihlakalo inkosi eyibuzayo, abahlakaniphileyo, izangoma, izanuse, abalumbi bangeyibonise inkosi.
दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्छन् ।
28 Kodwa ukhona uNkulunkulu emazulwini owembula izimfihlakalo, uyitshengisile inkosi uNebhukadinezari okuzakwenzeka ekucineni kwezinsuku; iphupho lakho lemibono yekhanda lakho embhedeni wakho yilokhu:
तापनि, त्यहाँ एक यस्तो परमेश्वर हुनुहुन्छ जो स्वर्गमा वास गर्नुहुन्छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।
29 Wena, nkosi, usembhedeni wakho kwavela imicabango yakho ngalokhu okuzakwenzeka emva kwalokhu; lalowo owembula izimfihlakalo ukwazisile wena lokho okuzakwenzeka.
महाराजा, हजुरको सम्बन्धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।
30 Mayelana lami, limfihlakalo yembulwa kimi hatshi ngenxa yenhlakanipho ephakathi kwami okwedlula bonke abaphilayo, kodwa ukuthi kwaziswe ingcazelo enkosini, lokuthi wazi imicabango yenhliziyo yakho.
मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्न सक्नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।
31 Wena nkosi, wabona, khangela-ke, isithombe esikhulu. Lesisithombe esikhulu, okukhazimula kwaso kwakusedlulisa, sema phambi kwakho; lesimo saso sasisesabeka.
महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्दो थियो ।
32 Ikhanda lalesisithombe lalingelegolide elihle, isifuba saso lengalo zaso kwakungokwesiliva, isisu saso lamathangazi aso kwakungokwethusi,
त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए,
33 imilenze yaso yayingeyensimbi, inyawo zaso ingxenye yayingeyensimbi lengxenye yayingeyebumba.
र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।
34 Wasubona kwaze kwasikwa ilitshe kungengezandla, elatshaya isithombe ezinyaweni zaso ezensimbi lebumba, lazichoboza.
हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्यो ठोक्कियो, र त्यसले ती चकनाचूर पार्यो ।
35 Kwasekuchotshozwa ndawonye insimbi, ibumba, ithusi, isiliva, legolide, kwaba njengamakhoba amabala okubhulela ehlobo, lomoya wakususa, akwaze kwatholelwa ndawo. Njalo ilitshe elatshaya isithombe laba yintaba enkulu, lagcwalisa umhlaba wonke.
तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्पूर्ण पृथ्वीलाई ढाक्यो ।
36 Yilo lelo iphupho; sesizakutsho ingcazelo yalo phambi kwenkosi.
हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।
37 Wena, nkosi, uyinkosi yamakhosi, ngoba uNkulunkulu wamazulu ukunikile umbuso, amandla, lokuqina, lodumo.
महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।
38 Njalo loba kungaphi lapho abantwana babantu abahlezi khona, izinyamazana zeganga lezinyoni zamazulu uzinikele esandleni sakho, wakwenza waba ngumbusi phezu kwazo zonke. Wena uyilelikhanda legolide.
मानवजातिहरू बस्ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।
39 Langemva kwakho kuzavela omunye umbuso omncinyane kulowakho, lomunye owesithathu umbuso wethusi, ozabusa emhlabeni wonke.
हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।
40 Lombuso wesine uzaqina njengensimbi; ngoba njengoba insimbi ichoboza yehlisele phansi konke, njalo njengensimbi echoboza konke lokhu, ngokunjalo uzachoboza wephule.
त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।
41 Njalo njengoba wabona izinyawo lamazwane, kuyingxenye yebumba lombumbi lengxenye yensimbi, umbuso uzadatshulwa phakathi. Kodwa kuzakuba kuwo okwamandla ensimbi, njengoba wabona insimbi ihlanganiswe lebumba eliludaka.
जसरी हजुरले देख्नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्नुभयो ।
42 Njengoba amazwane enyawo ayelengxenye yensimbi lengxenye yebumba; umbuso uzakuba lamandla nganxanye, wephuke lula nganxanye.
जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।
43 Njalo njengoba wabona insimbi ihlanganiswe lebumba eliludaka, bazazihlanganisa lenzalo yabantu, kodwa kabayikunamathelana, njengoba insimbi ingahlanganiswa lebumba.
जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्नेछैनन्, जसरी फलाम माटोसँग मिल्न सक्दैन ।
44 Langensuku zalamakhosi uNkulunkulu wamazulu uzamisa umbuso, ongayikuchithwa kuze kube phakade; lombuso kawuyikutshiyelwa abanye abantu; uzachoboza uqede yonke limibuso, wona-ke uzakuma kuze kube phakade.
ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
45 Ngenxa yokuthi wabona ukuthi ilitshe liqetshulwa entabeni, kungengezandla, lokuthi lachoboza insimbi, ithusi, ibumba, isiliva, legolide; uNkulunkulu omkhulu uyazisile inkosi okuzakwenzeka emva kwalokhu; iphupho liqinisekile, lengcazelo yalo ithembekile.
जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्यो । महाराजा, महान् परमेश्वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्वासयोग्य छ ।”
46 Lapho inkosi uNebhukadinezari yathi mbo ngobuso bayo, yakhuleka kuDaniyeli, yathi kuthululelwe kuye umnikelo lezimpepha.
राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।
47 Inkosi yamphendula uDaniyeli, yathi: Kuliqiniso ukuthi uNkulunkulu wenu unguNkulunkulu wabonkulunkulu, leNkosi yamakhosi, lomambuli wezimfihlakalo, ngoba ubelakho ukwembula limfihlakalo.
राजाले दानिएललाई भने, “साँच्चै नै तिम्रा परमेश्वरचाहिं देवताहरूका परमेश्वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”
48 Inkosi yasimenza uDaniyeli waba ngomkhulu, yamupha izipho ezinkulu ezinengi, yamenza waba ngumbusi phezu kwesabelo sonke seBhabhiloni, lenduna yababusi phezu kwabo bonke abahlakaniphileyo beBhabhiloni.
अनि राजाले दानिएललाई उच्च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए ।
49 UDaniyeli wasecela enkosini, njalo yamisa oShadraki, uMeshaki loAbedinego phezu komsebenzi wesabelo seBhabhiloni; kodwa uDaniyeli waba sesangweni lenkosi.
दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरवारमा नै रहे ।