< 2 Amakhosi 3 >
1 UJehoramu indodana kaAhabi waba-ke yinkosi phezu kukaIsrayeli eSamariya ngomnyaka wetshumi lesificaminwembili kaJehoshafathi inkosi yakoJuda; wabusa iminyaka elitshumi lambili.
यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।
2 Wasesenza okubi emehlweni eNkosi, kodwa kungenjengoyise lanjengonina, ngoba wasusa insika kaBhali eyisithombe uyise ayeyenzile.
परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए ।
3 Loba kunjalo wanamathela ezonweni zikaJerobhowamu indodana kaNebati owenza uIsrayeli one, kasukanga kukho.
तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।
4 Njalo uMesha inkosi yakoMowabi wayengumfuyi wezimvu, wayethela enkosini yakoIsrayeli amawundlu azinkulungwane ezilikhulu, lezinqama ezizinkulungwane ezilikhulu, loboya bezimvu.
मोआबका राजा मेशाले भेडाहरू पाल्थे । तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो ।
5 Kodwa kwathi uAhabi esefile, inkosi yakoMowabi yavukela inkosi yakoIsrayeli.
तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।
6 Inkosi uJehoramu yasiphuma ngalesosikhathi eSamariya, yabala uIsrayeli wonke.
त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।
7 Yasihamba yathumela kuJehoshafathi inkosi yakoJuda isithi: Inkosi yakoMowabi isingivukele; uzahamba lami yini siye koMowabi empini? Wasesithi: Ngizakwenyuka. Nginjengawe, njengabantu bami banjalo abantu bakho, njengamabhiza ami anjalo amabhiza akho.
तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”
8 Yasisithi: Sizakwenyuka ngayiphi indlela? Wasesithi: Ngendlela yenkangala yeEdoma.
तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”
9 Yasihamba inkosi yakoIsrayeli, lenkosi yakoJuda, lenkosi yeEdoma; sebebhode uhambo lwensuku eziyisikhombisa, kwakungelamanzi ebutho lawezifuyo ezibalandelayo.
त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्ति पानी भएन ।
10 Inkosi yakoIsrayeli yasisithi: Maye, ngoba uJehova ubize la amakhosi amathathu ukuwanikela esandleni sikaMowabi!
त्यसैले इस्राएलका राजाले भने, “यो के हो? के परमेश्वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो?”
11 Kodwa uJehoshafathi wathi: Kakulamprofethi weNkosi lapha yini esingabuza ngaye iNkosi? Enye yenceku zenkosi yakoIsrayeli yasiphendula yathi: Kukhona lapha uElisha indodana kaShafati owathela amanzi ezandleni zikaElija.
तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्लाह लिन सक्छौँ?” इस्राएलका राजाका सेवकमध्ये एक जना जवाफ दियो र भन्यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्थे ।”
12 UJehoshafathi wasesithi: Ilizwi leNkosi likuye. Ngakho inkosi yakoIsrayeli loJehoshafathi lenkosi yeEdoma behlela kuye.
यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।
13 UElisha wasesithi enkosini yakoIsrayeli: Ngilani lawe? Hamba kubaprofethi bakayihlo lakubaprofethi bakanyoko. Kodwa inkosi yakoIsrayeli yathi kuye: Hatshi, ngoba iNkosi ibize lamakhosi amathathu ukuwanikela esandleni sikaMowabi.
एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”
14 UElisha wasesithi: Kuphila kukaJehova wamabandla engimi phambi kwakhe, sibili, uba bengingaphakamisi ubukhona bukaJehoshafathi inkosi yakoJuda, bengingayikukukhangela njalo ngingakuboni.
एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु जिवित जसको सामु म खडा हुन्छु, उहाँको नाउँमा शपथ खाएर म भन्छु । मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए म तपाईंलाई ध्यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ ।
15 Ngakho-ke ngilethelani umtshayi wechacho. Kwathi umtshayi wechacho eselitshaya, isandla seNkosi saba phezu kwakhe.
तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्यो ।
16 Wasesithi: Itsho njalo iNkosi: Yenzani lesisihotsha sibe yimigelogelo.
तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।'
17 Ngoba itsho njalo iNkosi: Kaliyikubona umoya njalo kaliyikubona izulu, kodwa lesisihotsha sizagcwaliswa ngamanzi, ukuze linathe lina, lenkomo zenu lezifuyo zenu.
किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'तिमीहरूले बतास देख्नेछैनौ, न त वर्षा देख्नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।'
18 Kodwa lokhu kulula emehlweni eNkosi: Izanikela lamaMowabi esandleni senu.
यो परमप्रभुको दृष्टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।
19 Njalo lizatshaya wonke umuzi obiyelweyo, lawo wonke umuzi okhethekileyo, ligamule sonke isihlahla esihle, ligqibele yonke imithombo yamanzi, lone yonke insimu enhle ngamatshe.
किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रुखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ ।”
20 Kwasekusithi ekuseni ekunikelweni komnikelo wokudla, khangela-ke, kwafika amanzi evelela endleleni yeEdoma, ilizwe laseligcwaliswa ngamanzi.
त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।
21 Wonke amaMowabi esezwile ukuthi amakhosi enyukile ukulwa emelene lawo, abizelwa ndawonye, kusukela kuye wonke obhinca izikhali kusiya phezulu, asesima emngceleni.
जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने, तिनीहरूमा हतियार भिर्न सक्ने सबै जनाले आफैलाई एकसाथ भेला गराए र तिनीहरू सिमानामा तैनाथ भए ।
22 Asevuka ekuseni kakhulu; ilanga selikhanya phezu kwamanzi, amaMowabi abona amanzi emaqondana lawo ebomvu njengegazi.
तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्यो रगतजस्तै रातो देखियो ।
23 Asesithi: Ligazi leli; amakhosi achithiwe lokuchithwa, asetshayene. Ngakho-ke, empangweni, Mowabi!
तिनीहरू चिच्च्याए, “यो त रगत पो हो! निश्चय नै राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन्! त्यसैले, हे मोआबी हो, हामी गएर तिनीहरूलाई लुटौँ ।”
24 Kwathi efika enkambeni yakoIsrayeli, amaIsrayeli asukuma atshaya amaMowabi, aze abaleka esuka phambi kwawo; kodwa angena elizweni atshaya amaMowabi.
जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे ।
25 Asediliza imizi; ngulowo wasephosa ilitshe lakhe kuyo yonke insimu enhle, ayigcwalisa, agqibela yonke imithombo yamanzi, agamula zonke izihlahla ezinhle, kwaze kwasala amatshe ayo eKiri-Haresethi kuphela; kodwa abaphosa ngezavutha bayigombolozela, bayitshaya.
तिनीहरूले सहरहरू नष्ट पारे, र हरेक असल खेत ढुङ्गाले नभरिएसम्म हरेक मानिसले ढुङ्गा फ्याँके । तिनीहरूले हरेक पानीको मुहान थुनिदिए, र सबै असल रुखहरू काटिदिए । कीर-हरेशेत मात्र ढुङ्गाहरूसमेत त्यसको ठाउँमा छोडियो । तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्यसलाई पनि घेरा हाले र आक्रमण गरे ।
26 Inkosi yakoMowabi isibonile ukuthi impi ilukhuni kakhulu kuyo, yathatha abantu abangamakhulu ayisikhombisa abahwatsha inkemba kanye layo, ukuze ifohlele enkosini yeEdoma, kodwa behluleka.
जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् ।
27 Yasithatha indodana yayo elizibulo eyayizakuba yinkosi esikhundleni sayo, yayinikela yaba ngumnikelo wokutshiswa phezu komduli. Kwasekusiba lolaka olukhulu olumelene loIsrayeli; basebesuka kuyo babuyela elizweni lakibo.
तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुनेथिए र तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए । यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्यो, र इस्राएली सेनाले राजा मेशालाई छाडे रतिनीहरूका आफ्नै देशमा फर्के ।