< 1 USamuyeli 3 >

1 Umfana uSamuweli wayesebenzela iNkosi phambi kukaEli. Lelizwi leNkosi laliligugu ngalezonsuku; kwakungekho lombono osabaleleyo.
बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।
2 Kwasekusithi ngalolosuku uEli elele endaweni yakhe, lamehlo akhe eseqala ukufiphala engelakubona,
त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्‍ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए ।
3 lesibane sikaNkulunkulu sasingakacitshwa, njalo uSamuweli wayelele ethempelini leNkosi, lapho okwakukhona umtshokotsho kaNkulunkulu,
परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्‍नलाई पल्टिरहेका थिए, जहाँ परमेश्‍वरको सन्दुक थियो ।
4 iNkosi yambiza uSamuweli, owathi: Khangela ngilapha.
परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।”
5 Wasegijimela kuEli, wathi: Khangela ngilapha, ngoba ungibizile. Wasesithi: Kangibizanga, buyela ulale. Wasesiyalala.
शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले भने, “मैले तँलाई बोलाइनँ । फेरि सुत ।” त्यसैले शमूएल गए र सुते ।
6 INkosi yasibuya imbiza uSamuweli futhi. USamuweli wasevuka waya kuEli, wathi: Khangela ngilapha, ngoba ungibizile. Kodwa wathi: Kangibizanga, ndodana yami; buyela ulale.
परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।”
7 Kodwa uSamuweli wayengakayazi iNkosi, lelizwi leNkosi lalingakembulwa kuye.
अझैसम्‍म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो ।
8 INkosi yasimbiza futhi uSamuweli ngokwesithathu. Wasevuka waya kuEli wathi: Khangela ngilapha, ngoba ungibizile. UEli waseqedisisa ukuthi iNkosi imbizile umfana.
परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्‍ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” तब परमप्रभुले त्‍यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे ।
9 Ngakho uEli wathi kuSamuweli: Hamba uyelala; kuzakuthi-ke nxa ikubiza uzakuthi: Khuluma Nkosi, ngoba inceku yakho iyezwa. Wasehamba uSamuweli, walala endaweni yakhe.
तब एलीले शमूएललाई भने, “जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।” त्यसैले शमूएल गए र फेरि एकपल्‍ट तिनको आफ्नै ठाउँमा पल्टे ।
10 INkosi yasisiza, yema, yabiza njengakwezinye izikhathi: Samuweli, Samuweli! Wasesithi uSamuweli: Khuluma, ngoba inceku yakho iyezwa.
परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।”
11 INkosi yasisithi kuSamuweli: Khangela, ngizakwenza into koIsrayeli ezakhenceza indlebe zombili zalowo wonke oyizwayo.
परमप्रभुले शमूएललाई भन्‍नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्‍ने हरेकको कान झस्‍किनेछ ।
12 Ngalolosuku ngizakwenza ngimelene loEli konke engakukhuluma ngendlu yakhe; ngiqalise ngiqede.
त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै म पुरा गर्नेछु ।
13 Ngoba ngimtshelile ukuthi ngizagweba indlu yakhe kuze kube nininini ngesiphambeko asaziyo, ngoba amadodana akhe azenza aqalekiswa, kodwa kawakhuzanga.
म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।
14 Ngakho-ke ngifungile kuyo indlu kaEli ukuthi ububi bendlu kaEli kabuyikuhlangulwa ngomhlatshelo langomnikelo kuze kube phakade.
यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।”
15 USamuweli waselala kwaze kwasa; wavula iminyango yendlu yeNkosi, kodwa uSamuweli wesaba ukumtshela uEli umbono.
शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्‍यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए ।
16 UEli wasembiza uSamuweli, wathi: Samuweli, ndodana yami. Wasesithi: Khangela ngilapha.
त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।”
17 Wasesithi: Yinto bani eyikhulume kuwe? Ake ungangifihleli; kenze njalo uNkulunkulu kuwe, ngokunjalo engezelele, uba ungifihlela ulutho lwazo zonke izinto akutshele zona.
तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो? कृपया त्‍यो मबाट नलुका । उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍योभन्दा अझ धेरै गर्नुभएको होस् ।”
18 Ngakho uSamuweli wasemtshela zonke izinto, kamfihlelanga lutho. Wasesithi: YiNkosi, kayenze lokho okulungileyo emehlweni ayo.
शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।”
19 Wakhula-ke uSamuweli, leNkosi yayilaye, kayiyekelanga lelilodwa lamazwi ayo liwele emhlabathini.
शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन ।
20 UIsrayeli wonke-ke kusukela koDani kuze kube seBherishebha wazi ukuthi uSamuweli uqinisiwe ukuthi abe ngumprofethi weNkosi.
परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
21 INkosi yaphinda yabonakala eShilo, ngoba iNkosi yazibonakalisa kuSamuweli eShilo ngelizwi leNkosi.
परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो ।

< 1 USamuyeli 3 >