< Abahluleli 16 >
1 Ngelinye ilanga uSamsoni waya eGaza, lapho abona khona isifebe. Walala lalo ngalobobusuku.
शिमशोन गाजामा गए र त्यहाँ एउटी वेश्यालाई देखे, र तिनी त्यससँग ओछ्यानमा गए ।
2 Abantu beGaza batshelwa ukuthi, “USamsoni ulapha!” Ngakho indawo leyo bayihonqolozela bamcathamela ubusuku bonke esangweni ledolobho. Kabenzanga lutho ebusuku, besithi, “Sizambulala emadabukakusa.”
गाजाका मानिसहरूलाई यस्तो भनियो, “शिमशोन यहाँ आएको छ ।” गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे र गुप्तमा तिनीहरूले सारा रात सहरको ढोकामा कुरे । तिनीहरू रातभर शान्त बसे । तिनीहरूले यसो भनेका थिए, “दिनको उज्यालो नभएसम्म हामी कुरौं, र त्यसपछि उसलाई हामी मारौं ।”
3 Kodwa uSamsoni walala lapho kwaze kwaba phakathi kwamabili kuphela. Lapho-ke wavuka wabamba izivalo zesango ledolobho, ndawonye lezinsika ezimbili, wakusiphula, umgoqo lakho konke. Wakwetshata emahlombe akhe, wakuthwalela phezu kwentaba ekhangele iHebhroni.
शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे । मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते । तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्ने डाँडाको चुचुरासम्म बोकेर लगे ।
4 Ngemva kwesikhathi, wathandana lowesifazane esiGodini saseSoreki owayethiwa nguDelila.
यसपछि, शिमशोन सोरेकको बेसीमा बस्ने गर्ने एक जना स्त्रीसँग प्रेममा परे । त्यसको नाउँ दलीला थियो ।
5 Ababusi bamaFilistiya baya kuye bathi, “Mncenge ukuthi akutshengise imfihlo yamandla akhe amakhulu kanye lokuthi singamehlula njani ukuze simbophe simnqobe. Omunye lomunye wethu uzakupha amashekeli esiliva angamakhulu alitshumi lanye.”
पलिश्तीहरूका शासकहरू त्यस स्त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्छौं भन्ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्जीत पार्न सकौं । यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्का दिनेछौं ।”
6 Ngakho uDelila wathi kuSamsoni, “Ngitshela imfihlo yamandla akho amakhulu kanye lokuthi ungabotshwa unqotshwe njani.”
तब दलीलाले शिमशोनलाई भनिन्, “कृपया मलाई बताउनुहोस्, कि तपाईं कसरी यस्तो बलियो हुनुहुन्छ, र तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्न सकिन्छ?”
7 USamsoni waphendula wathi, “Nxa umuntu angangibopha ngemichilo eyisikhombisa engonyiswanga, ngizakuba buthakathaka njengomuntu wonke.”
शिमशोनले त्यसलाई भने, “तिनीहरूले मलाई नयाँ सातवटा नसुकेका धनुका ताँदाले बाँधे भने, म कमजोर हुनेछु र अरू साधारण मानिसझैं हुनेछु ।”
8 Ababusi bamaFilistiya basebemlethela imichilo eyisikhombisa emitsha eyayingonyiswanga, wambopha ngayo.
तब पलिश्तीहरूका शासकहरूले नयाँ सातवटा नसुकेका धनुका ताँदा ल्याएर दलीलालाई दिए, र त्यसले शोमशोनलाई ती ताँदाले बाँधी ।
9 Kwakulabantu ababecatshile endlini, wasembiza wathi kuye, “Samsoni, amaFilistiya asephezu kwakho!” Kodwa yena waqamula imichilo kalula njengesiqa sentambo lapho sisondele eduzane lelangabi. Ngakho imfihlo yamandla akhe ayazakalanga.
त्यस स्त्रीको भित्री कोठामा त्यसले गुप्तमा मानिसहरू लुकाएकी थिई । त्यसले तिनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तर तिनले ती धनुका ताँदालाई आगोमा परेका सनपाटका धागाहरूझैं छिनाइदिए । यसैले तिनको शक्तिको रहस्य खोलिएन ।
10 UDelila wasesithi kuSamsoni, “Udlale ngami; ungiqambele amanga. Khathesi-ke ngitshela ukuthi ungabotshwa njani.”
त्यसपछि दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई धोका दिनुभएको छ र मलाई झुटो बोल्नुभएको छ । कृपया, मलाई बताउनुहोस् तपाईंलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।”
11 Yena wathi, “Umuntu angangibopha aqinise ngamagoda amatsha angakaze asetshenziswe, ngizakuba buthakathaka njengomuntu wonke.”
तिनले त्यसलाई भने, “कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने म कमजोर हुनेछु र साधारण मानिसझैं हुनेछु ।”
12 Ngakho uDelila wathatha amagoda amatsha wambopha ngawo. Eselabantu ababecatshe endlini, wambiza wathi kuye, “Samsoni, amaFilistiya asephezu kwakho!” Kodwa yena waqamula amagoda ezingalweni zakhe kungathi ayeluhali nje.
यसैले दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई त्यसले बाँधी, र भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” मानिसहरू भित्री कोठामा कुरिरहेका थिए । तर शिमशोनले आफ्ना पाखुराका डोरीहरूलाई धागो छिनाएझैं छिनाइदिए ।
13 UDelila wasesithi kuSamsoni, “Kuze kube khathesi ulokhu udlala ngami njalo ungiqambela amanga. Ngitshela ukuthi ungabotshwa njani.” Yena waphendula wathi, “Ungelukela izixha zenwele zami eziyisikhombisa elenjini ngosungulo zibe yisibhebhedu, ngizakuba buthakathaka njengomuntu wonke.” Ngakho kwathi eselele, uDelila wathatha izixha eziyisikhombisa ekhanda lakhe,
दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ । तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस् ।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु ।”
14 wazelukela elenjini ngosungulo. Wambiza njalo wathi kuye, “Samsoni, amaFilistiya asephezu kwakho!” Wavuka ebuthongweni wadonsa isibhebhedu losungulo kanye lelembu.
जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।
15 UDelila wasesithi, kuye, “Ungatsho njani uthi, ‘Ngiyakuthanda,’ wena ungangithembi na? Lokhu ngokwesithathu udlala ngami njalo kawungitshelanga imfihlo yamandla akho amakhulu.”
त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्न सक्नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्नुभएको छैन ।”
16 Ngokubelesela okunje wamncenga insuku zonke waze wacina esenengeka kakhulu.
हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।
17 Ngakho wamtshela konke wathi, “Akulampuco eseyake yasetshenziswa ekhanda lami ngoba ngingumNaziri owahlukaniselwa uNkulunkulu kusukela ekuzalweni. Nxa ikhanda lami lingaphucwa, amandla ami angasuka kimi, njalo ngingaba buthakathaka njengomuntu wonke.”
यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्वरको निम्ति एक नाजिरी भएको छु । मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु ।”
18 Kwathi uDelila ebona ukuthi wayesemtshele konke, wathumela ilizwi kubabusi bamaFilistiya elithi, “Wozani futhi; usengitshele konke.” Ngakho ababusi bamaFilistiya babuyela bephethe isiliva ngezandla zabo.
दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि, त्यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई, “आउनुहोस्, किनभने तिनले मलाई सबै कुरा बताएका छन् ।” त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए ।
19 Kwathi esemlalisile ethangazini lakhe, wabiza umuntu ukuba aphuce izixha eziyisikhombisa zezinwele zakhe, ngakho waqalisa ukumnqoba. Amandla akhe aphela kuye.
त्यसले तिउनलाई आफ्नो काखमा सुताई । तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो ।
20 Wasememeza wathi, “Samsoni, amaFilistiya asephezu kwakho!” Wavuka ebuthongweni bakhe wacabanga wathi, “Ngizaphuma njengakuqala ngizikhulule.” Kodwa wayengazi ukuthi uThixo wayesemtshiyile.
त्यसले भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र भने, “म अरू बेलाझैं उम्कनेछु र आफूलाई छुटाउनेछु ।” तर परमप्रभुले तिनलाई छोडिसाक्नुभएको छ भन्ने तिनलाई थाहा थिएन ।
21 AmaFilistiya ambamba, amkopola amehlo asehamba laye eGaza. Esembophe ngamaketane ethusi, amupha umsebenzi wokuchola entolongweni.
पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए । उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे । तिनी झ्यालखानामा जाँतो पिंध्न थाले ।
22 Kodwa inwele ekhanda lakhe zaqalisa ukukhula futhi emva kokuphucwa.
तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो ।
23 Ababusi bamaFilistiya babuthana ukuba banikele umhlatshelo omkhulu kuDagoni uNkulunkulu wabo njalo bathokoze besithi, “Unkulunkulu wethu unikele uSamsoni, isitha sethu, ezandleni zethu.”
पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।”
24 Kwathi abantu bembona, badumisa unkulunkulu wabo besithi, “Unkulunkulu wethu unikele isitha sethu ezandleni zethu, sona esachitha ilizwe lethu sabulala abanengi bethu.”
जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्पिदिए ।”
25 Bephakathi kokuthokoza, baklabalala bathi, “Lethani uSamsoni azesilibazisa.” Ngakho uSamsoni bayambiza entolongweni, wazabadlalela. Kwathi sebemise phakathi kwezinsika,
जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्बाहरूका बिचमा खडा गरेका थिए ।
26 uSamsoni wathi encekwini eyayimbambe isandla, “Ngibeka lapho engizathinta khona izinsika ezisekele ithempeli, ukuze ngeyame kuzo.”
शिमशोनका आफ्नो हात समाइरहेको केटोलाई भने, “यो मन्दिर अडाउने खम्बाहरू मलाई छुन देऊ, ताकि म तिनमा अडेस लगाउन सकूँ ।”
27 Ithempeli laligcwele abesilisa labesifazane; bonke ababusi bamaFilistiya babekhonapho, njalo phezu kophahla kwakulabesilisa labesifazane ababephose babe zinkulungwane ezintathu bebukele uSamsoni egida.
त्यो मन्दिर पुरुष र स्त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्जन दिंदा हेरिरहेका थिए ।
28 USamsoni wasekhuleka kuThixo esithi, “Oh Thixo Wobukhosi, ake ungikhumbule. Oh Nkulunkulu, ake ungiqinise kanye nje futhi, kuthi ngokugalela okukodwa ngiphindisele kumaFilistiya amehlo ami amabili.”
शिमशोनले परमप्रभुलाई पुकारा गरे र भने, “परमप्रभु परमेश्वर, मेरो सम्झना गर्नुहोस्! परमेश्वर, कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस्, ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ ।”
29 USamsoni wasebamba izinsika ezimbili eziphakathi, ithempeli elaligxile kuzo. Waziqinisa ngokweyama kuzo, isandla sakhe sokudla sikwenye lesenxele sikwenye,
त्यस मन्दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए र एउटा खम्बालाई आफ्नो दाहिने हात र अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले ।
30 uSamsoni wathi, “Kangife lamaFilistiya!” Wafuqa ngamandla akhe wonke, ithempeli lawela phezu kwababusi labantu bonke ababephakathi kwalo. Ngalokho wabulala abantu abanengi ekufeni kwakhe kulalapho esaphila.
शिमशोनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्!” तिनले आफ्नो बल लगाएर हातहरू पसारे र त्यो मन्दिर सबै शासकहरू र त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो । यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे ।
31 Emva kwalokho abafowabo labo bonke abendlu kayise bamlanda. Babuya laye bamngcwaba phakathi kweZora le-Eshithawoli ethuneni likaManowa uyise. Wayekhokhele abako-Israyeli iminyaka engamatshumi amabili.
तब तिनका दाजुभाइ र तिनका बुबाका घरानाका सबै त्यहाँ आए । तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा र एश्लोतको बिचमा तिनलाई दफन गरे । शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए ।