< Abahluleli 15 >
1 Emva kwalokho, ngesikhathi sokuvuna ingqoloyi, uSamsoni wathatha izinyane lembuzi wethekelela umkakhe. Wathi, “Ngiya endlini yomkami.” Kodwa uyisezala wamalela ukuba angene.
केही दिनपछि, गहुँ कटनीको समयमा, शिमशोनले एउटा पाठो लिए र आफ्नी पत्नीलाई भेट्न गए । तिनले मनमनै भने, “म मेरी पत्नीको कोठामा जानेछु ।” तर उनका बुबाले तिनलाई भित्र जान दिएनन् ।
2 Wathi, “Ngangileqiniso lokuthi wawusumzonda kakhulu, ngasengimendisela kumkhaphi wakho. Umnawakhe kamuhle kulaye na? Thatha yena.”
उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”
3 USamsoni wathi kubo, “Khathesi sengilelungelo lokuphindisela okubi kumaFilistiya. Ngizawalimaza impela.”
शिमशोनले तिनीहरूलाई भने, “यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिंदा म निर्दोष हुनेछु ।”
4 Ngakho wasuka wabamba amakhanka angamakhulu amathathu wawabophanisa imisila ngambilimbili. Wasebophela uluthi lomlilo emisileni yonke ayeyibophanisile,
शिमशोन गए र तिन सयवटा स्यालहरू समाते र हरेकलाई दुई-दुईचटा गरेर पुच्छर-पुच्छर बाँधिदिए । तब तिनले राँको लिएर हरेक जोडीको पुच्छरको बिचमा राखे ।
5 walumathisa izinti zomlilo wawayekela amakhanka angena emabeleni amiyo amaFilistiya. Watshisa ayesezizeni lamabele amiyo, lezivini kanye lezivande zama-oliva.
जब तिनले राँकाहरूमा आगो सल्काए, तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्नमा छोडिदिए, र तिनीहरूले जम्मा गरेर राखिएका अन्न र खेतमा पाकेका अन्न दुवैमा, दाखवारीहरू र जैतूनका बगैंचाहरूलाई डढाए ।
6 Kwathi amaFilistiya ebuza ukuthi, “Ngubani owenze lokhu na?” atshelwa ukuthi, “NguSamsoni, umkhwenyana womThimina ngoba umkakhe wendiselwa kumkhaphi wakhe.” Ngakho amaFilistiya ahamba ayatshisa umkaSamsoni kanye loyise, bafa.
पलिश्तीहरूले सोधे, “यो कसले गर्यो?” तिनीहरूलाई भनियो, “तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्यसपछि पलिश्तीहरू गएर त्यस स्त्री र त्यसका बुबालाई जलाइदिए ।
7 USamsoni wathi kubo, “Njengoba selenze lokhu, angiyikukhawula engikwenzayo ngize ngiphindisele kini.”
शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्यसो गरेपछि मात्र म रोकिनेछु ।”
8 Wabahlasela kakubi wabulala abanengi babo. Emva kwalokho wahamba wayahlala ebhalwini edwaleni lase-Ethamu.
तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे । त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।
9 AmaFilistiya ahamba ayamisa koJuda, asabalala eduze leLehi.
त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।
10 Abantu bakoJuda babuza bathi, “Lizesihlaselelani na?” Bona baphendula bathi, “Silande ukuzabopha uSamsoni, senze kuye lokhu akwenzayo kithi.”
तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्यसलाई त्यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”
11 Abantu bakoJuda abazinkulungwane ezintathu baya ebhalwini edwaleni lase-Ethamu bathi kuSamsoni, “Kawazi yini ukuthi amaFilistiya ayasibusa? Kuyini osusenzele khona ngempela?” Waphendula wathi, “Ngimane ngenza kuwo lokho akwenza kimi.”
तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”
12 Bathi kuye, “Thina silande ukuzakubopha sikunikele kuwo.” USamsoni wathi, “Fungani kimi ukuthi kaliyikungibulala lina ngokwenu.”
तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”
13 Baphendula bathi, “Siyavuma. Thina sizakubopha nje kuphela besesikunikela kuwo. Kasiyikukubulala.” Ngakho bambopha ngemichilo emibili emitsha, basebesuka laye edwaleni.
तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्नेछौं र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौं ।” यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र त्यस चट्टानबाट माथि ल्याए ।
14 Esebanga eLehi, amaFilistiya amhlangabeza eklabalala. UMoya kaThixo wehlela phezu kwakhe ngamandla. Imichilo ezingalweni zakhe yaba njengesikusha esitshileyo, izibopho zawa ezandleni zakhe.
जब तिनी लहीमा आए, पलिश्तीहरूले तिनलाई भेट्नेवित्तिकै ठुलो सोरमा कराउँदै आए । अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो । तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैं भए, र तिनीहरू तिनका हातबाट झरे ।
15 Esethole ithambo lomhlathi kababhemi elitsha, walithatha wabulala ngalo abantu abayinkulungwane.
शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।
16 USamsoni wasesithi, “Ngethambo lomhlathi kababhemi, ngibenze baba ngobabhemi. Ngethambo lomhlathi kababhemi ngibulele amadoda ayinkulungwane.”
शिमशोनले भने, “एउटा गधाको बङ्गारोले रासमाथि रास पारें ।” एउटा गधाको बङ्गारोले मैले एक हजार जना मानिसलाई मारें ।”
17 Eseqedile ukukhuluma walilahla ithambo lomhlathi; indawo leyo yasithiwa yiRamathi-Lehi.
जब शिमशोनले बोलिसके, तब तिनले त्यो बङ्गारोलाई फालिदिए, र तिनले त्यस ठाउँलाई रामत-लही नाउँ राखे ।
18 Ngenxa yokuthi wayesome kakhulu, wakhala kuThixo wathi, “Uyiphile inceku yakho ukunqoba okukhulu. Pho sekumele ngibulawe yikoma yini njalo ngiwele ezandleni zabangasokanga na?”
शिमशोन धेरै तिर्खाए र परमप्रभुलाई पुकारा गरे र भने, “तपाईंले आफ्नो दासलाई यो महान् विजय दिनुभएको छ । तर के अब म तिर्खाले मर्ने, अनि खतना नभएका मानिसहरूका हातमा पर्नेछु?”
19 UNkulunkulu wasevula umthonjana eLehi, kwaphuma amanzi kuwo. USamsoni esenathile, amandla akhe aphenduka, wavuseleleka. Ngakho umthombo lowo wathiwa yi-Eni Hakhore, njalo ulokhu ukhona eLehi.
परमेश्वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्यस ठाउँको नाउँ एन-हक्कोरे राखे, र आजको दिनसम्मै त्यो लहीमा छ ।
20 USamsoni wakhokhela abako-Israyeli iminyaka engamatshumi amabili ngesikhathi samaFilistiya.
शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बिस वर्ष न्याय गरे ।