< UJohane 21 >

1 Ngemva kwesikhathi uJesu waphinda waziveza kubafundi bakhe oLwandle lwaseThibheriyasi. Kwenzakala kanje:
यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो ।
2 USimoni Phethro, loThomasi (othiwa nguDidimasi) loNathaneli waseKhana eseGalile, lamadodana kaZebhediya labanye abafundi ababili babendawonye.
सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।
3 USimoni Phethro wabatshela wathi, “Ngisayagola inhlanzi” bona bathi, “Sizahamba lawe.” Ngakho baphuma bayangena esikepeni kodwa kababambanga lutho ngalobobusuku.
सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन् ।
4 Ekuseni kakhulu uJesu wema ekhunjini kodwa abafundi kabananzelelanga ukuthi kwakunguJesu.
अब बिहान सबेरै थियो । येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।
5 Wabamemeza wathi, “Bangane, lilokhu lingabambanga nhlanzi yini?” Baphendula bathi, “Hatshi.”
त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”
6 Wathi, “Phoselani umambule wenu ngakwesokunene kwesikepe lizagola khona.” Bathe sebenze njalo behluleka ukudonsa umambule ngenxa yobunengi benhlanzi.
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।
7 Lowomfundi owayethandwa nguJesu wathi kuPhethro, “YiNkosi!” USimoni Phethro wonela ukuzwa esithi, “YiNkosi,” wazembathisa ngesigqoko sakhe sejazi (ngoba wayesikhulule) weqela emanzini.
तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले ।
8 Abanye abafundi balandela ngesikepe bedonsa umambule ugcwele inhlanzi ngoba babengakhatshana lasokhunjini, kwakungaba yizinyathelo ezilikhulu.
अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
9 Ekufikeni kwabo okhunjini babona umlilo wamalahle uvutha kulenhlanzi phezulu kanye lesinkwa.
जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
10 UJesu wathi kubo, “Lethani ezinye inhlanzi elizibambileyo.”
येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
11 USimoni Phethro wagada esikepeni, wadonsela umambule okhunjini. Wawugcwele inhlanzi ezinkulu, zilikhulu lamatshumi amahlanu lantathu, kodwa loba zinengi kangaka umambule kawudabukanga.
तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्‍नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए । त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन ।
12 UJesu wathi kubo, “Wozani lizokudla.” Kakho kubafundi owaqunga isibindi sokumbuza ukuthi, “Ungubani wena?” Bakwazi ukuthi yiNkosi.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन ।
13 UJesu weza, wathatha isinkwa wabanika, wenza njalo langenhlanzi.
येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
14 Lesi kwasekuyisikhathi sesithathu uJesu ezibonakalisa kubafundi bakhe ngemva kokuvuswa kwabafileyo.
मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।
15 Sebeqedile ukudla, uJesu wathi kuSimoni Phethro, “Simoni, ndodana kaJohane, ungithanda ngeqiniso na okudlula laba abanye?” Wathi, “Yebo, Nkosi, uyakwazi ukuthi ngiyakuthanda.” UJesu wathi, “Phana amawundlu ami ukudla.”
तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”
16 UJesu waphinda wathi, “Simoni, ndodana kaJohane, uyangithanda ngeqiniso na?” Waphendula wathi, “Yebo, Nkosi, uyakwazi ukuthi ngiyakuthanda.” UJesu wathi, “Gcina izimvu zami.”
उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
17 Wasesithi kuye okwesithathu, “Simoni, ndodana kaJohane, uyangithanda na?” UPhethro wadabuka ngoba uJesu wambuza okwesithathu wathi, “Uyangithanda na?” Wathi, “Nkosi, uyazazi izinto zonke; uyakwazi ukuthi ngiyakuthanda.” UJesu wathi, “Phana izimvu zami ukudla.
उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
18 Ngikutshela iqiniso ngithi, usesemutsha wawuzigqokisa, uziyele lapho othanda khona; kodwa nxa usuluphele, uzakwelula izandla zakho, ugqokiswe ngomunye, akuhole akuse lapho ongafuni ukuya khona.”
साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
19 UJesu wakutsho lokhu ebonisa indlela yokufa uPhethro ayezadumisa uNkulunkulu ngayo. Wasesithi kuye, “Ngilandela!”
पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
20 UPhethro wanyemukula wabona umfundi uJesu ayemthanda ebalandela. (Nguye lowo oweyama kuJesu esidlweni, owabuzayo wathi, “Nkosi, ngubani ozakuthengisa?”)
पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
21 UPhethro wathi embona wathi, “Nkosi, kanti lo-ke?”
पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?”
22 UJesu waphendula wathi, “Nxa ngifuna ukuthi asale ephila ngize ngibuye kulani lawe lokho? Wena kumele ungilandele.”
येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ ।”
23 Ngenxa yalokhu, kwaba lehungahunga phakathi kwabazalwane lokuthi umfundi lo wayengezukufa. Kodwa uJesu katshongo ukuthi wayengezukufa; wathi nje kuphela, “Nxa ngifuna ukuthi asale ephila ngize ngibuye, kulani lawe lokho?”
त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्‍नुभएको थियो ।
24 Lo nguye umfundi ozifakazayo lezizinto, onguye owazibhala phansi. Siyazi ukuthi ubufakazi bakhe buqotho.
यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।
25 UJesu wenza ezinye izinto ezinengi njalo. Aluba zonke zazingabhalwa phansi, ngibona ingathi lomhlaba wonke wawuzaswela indawo yezincwadi ezazingabhalwa.
येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।

< UJohane 21 >