< UJeremiya 36 >
1 Ngomnyaka wesine kaJehoyakhimi indodana kaJosiya inkosi yakoJuda ilizwi leli lafika kuJeremiya livela kuThixo, lisithi:
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्नुभयो,
2 “Thatha umqulu ulobe kuwo wonke amazwi engawatsho kuwe ngo-Israyeli, uJuda lezinye zonke izizwe kusukela ngiqalisa ukukhuluma kuwe ekubuseni kukaJosiya kuze kube khathesi.
“आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज र इस्राएल, यहूदा र हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्यसमा लेख् । योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख् ।
3 Mhlawumbe lapho abantu bakoJuda besizwa ngawo wonke umonakalo engiceba ukuwehlisela phezu kwabo, omunye lomunye wabo uzaphenduka ezindleleni zakhe ezimbi; kulapho-ke ngizabathethelela ububi babo lezono zabo.”
सायद मैले यहूदाका मानिसहरूमाथि ल्याउन चाहेका सबै विपत्तिबारे तिनीहरूले सुन्नेछन् । सायद हरेक व्यक्ति आफ्नो दुष्ट मार्गबाट फर्कनेछ, यसरी मैले तिनीहरूको अधर्म र तिनीहरूको पाप क्षमा दिन सकूँ ।”
4 Ngakho uJeremiya wabiza uBharukhi indodana kaNeriya. Kwathi uJeremiya ewatsho wonke amazwi ayekhulunywe nguThixo, uBharukhi ewaloba emqulwini.
तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।
5 UJeremiya wasesithi kuBharukhi, “Mina ngivalelwe; ngingeke ngiye ethempelini likaThixo.
त्यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए । तिनले भने, “म थुनामा छु, र परमप्रभुको मन्दिरमा जान सक्दिनँ ।
6 Ngakho yana endlini kaThixo ngosuku lokuzila ukudla ubalele abantu amazwi kaThixo asemqulwini owawaloba ngikutshela. Abalele bonke abantu bakoJuda abangena bevela emadolobheni akibo.
त्यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।
7 Engxenye bazaletha isicelo sabo phambi kukaThixo, omunye lomunye aphenduke ezindleleni zakhe ezimbi, ngoba intukuthelo lolaka okumenyezelwe kulababantu nguThixo kukhulu.”
सायद कृपाको लागि तिनीहरूको बिन्ती परमप्रभुको सामु आउनेछ । परमप्रभुले यस जातिको विरुद्धमा घोषणा गर्नुभएको रिस र क्रोध गम्भिर भएको हुनाले सायद हरेक व्यक्ति आफ्नो दुष्ट मार्गबाट फर्कनेछ ।”
8 UBharukhi indodana kaNeriya wenza konke ayekutshelwe nguJeremiya umphrofethi ukuba akwenze; ethempelini likaThixo wabala amazwi kaThixo emqulwini.
त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।
9 Ngenyanga yesificamunwemunye yomnyaka wesihlanu kaJehoyakhimi indodana kaJosiya inkosi yakoJuda, kwamenyezelwa isikhathi sokuzila ukudla phambi kukaThixo ebantwini bonke baseJerusalema lakulaba ababeze bevela emadolobheni akoJuda.
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौं वर्षको नवौँ महिनामा यरूशलेमका सबै मानिस र यहूदाका सहरहरूबाट यरूशलेम आएका सबै मानिसले परमप्रभुको सामु उपवासको घोषणा गरे ।
10 Esendlini kaGemariya indodana kaShafani umabhalani, eyayisegumeni langaphezulu ekungeneni kweSango eLitsha lethempeli, uBharukhi wawabalela abantu bonke ethempelini likaThixo amazwi kaJeremiya asemqulwini.
माथिल्लो चोकमा, परमप्रभुको मन्दिरको नयाँ मूल ढोकाको छेउमा भएको सचिव शापानका छोरा गमर्याहको कोठाबाट बारूकले परमप्रभुको मन्दिरमा यर्मियाका वचनहरू चर्को सोरमा पढे । सबै मानिसले सुन्ने गरी तिनले यसो गरे ।
11 Kwathi uMikhaya indodana kaGemariya, indodana kaShafani, esezwe wonke amazwi kaThixo ayesemqulwini,
गमर्याहका छोरा, शापानका नाति मीकायाले मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने ।
12 waya phansi endlini kamabhalani esigodlweni, lapho izikhulu zonke ezazihlezi khona: u-Elishama umabhalani, uDelaya indodana kaShemaya, u-Elinathani indodana ka-Akhibhori, uGemariya indodana kaShafani, uZedekhiya indodana kaHananiya kanye lezinye zonke izikhulu.
तिनी राजमहलमा भएको सचिवको कोठामा गए । हेर, त्यहाँ सबै अधिकारी अर्थात् सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह र अन्य सबै अधिकारी बसिरहेका थिए ।
13 Emva kokuba uMikhaya esebatshele konke ayezwe uBharukhi ekubalela abantu emqulwini,
तब सबै मानिसले सुन्ने गरी बारूकले चर्को सोरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए, तिनले तिनीहरूलाई ती बताइदिए ।
14 izikhulu zonke zathuma uJehudi indodana kaNethaniya, indodana kaShelemiya, indodana kaKhushi, ukuba ayekuthi kuBharukhi, “Woza lomqulu owubalele abantu.” Ngakho uBharukhi indodana kaNeriya waya kubo lomqulu ewuphethe ngesandla.
त्यसैले सबै अधिकारीले नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ पठाए । यहूदीले बारूकलाई भने, “सबै मानिसले सुन्ने गरी तिमीले पढेको मुट्ठो आफ्नो हातमा लेऊ र आऊ ।” त्यसैले नेरियाहका छोरा बारूकले आफ्नो हातमा मुट्ठा लिए र अधिकारीहरूकहाँ गए ।
15 Bathi kuye, “Ake uhlale phansi usibalele wona.” Ngakho uBharukhi wababalela.
तब तिनीहरूले तिनलाई भने, “बस र यो हामीले सुन्ने गरी पढ ।” त्यसैले बारूकले मुट्ठो पढे ।
16 Sebezwe wonke amazwi la bakhangelana ngokwesaba, basebesithi kuBharukhi, “Amazwi la kumele siwabike wonke enkosini.”
जब तिनीहरूले यी सबै वचन सुने, तब डरले हरेक मानिसले एक-अर्कालाई हेर्न लागे, बारूकलाई भने, “निश्चय नै हामीले यी सबै वचन राजालाई बताउनैपर्छ ।”
17 Babuya bambuza uBharukhi bathi, “Sitshele, kwenzakale njani ukuthi ubhale konke lokhu? Kukhulunywe nguJeremiya na?”
तब तिनीहरूले बारूकलाई सोधे, “हामीलाई बताऊ, तिमीले यर्मियाको आवाज सुनेर यी सबै वचन कसरी लेख्यौ?”
18 UBharukhi waphendula wathi, “Ye, amazwi wonke la uwakhulume kimi, mina ngawaloba nge-inki emqulwini.”
बारूकले तिनीहरूलाई भने, “तिनले यी सबै वचन मलाई बोले र मैले तिनलाई यस मुट्ठोमा मसीले लेखें ।”
19 Izikhulu zasezisithi kuBharukhi, “Wena loJeremiya hambani liyecatsha. Lingatsheli muntu ukuthi lingaphi.”
तब अधिकारीहरूले बारूकलाई भने, “जाऊ तिमी र यर्मिया पनि गएर लुक । तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् ।”
20 Sebefake umqulu endlini ka-Elishama umabhalani, baya enkosini egumeni bayibikela konke,
त्यसैले तिनीहरूले त्यस मुट्ठोलाई सचिव एलीशामाको कोठामा राखिदिए, र तिनीहरू चोकमा राजाकहाँ गए, अनि राजाले सुन्ने गरी हरेक कुरा तिनीहरूले बताए ।
21 inkosi yathuma uJehudi ukuba ayethatha umqulu lowo, uJehudi weza lawo ewuthethe endlini ka-Elishama umabhalani wawubalela inkosi lezikhulu zonke ezazimi phansi kwayo.
तब राजाले यहूदीलाई त्यो मुट्ठो लिन पठाए । यहूदीले सचिव एलीशामाको कोठाबाट त्यो मुट्ठो लिए । तब तिनले राजा र तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्ने गरी त्यो पढे ।
22 Kwakuyinyanga yesificamunwemunye, njalo inkosi yayihlezi ekamelweni lebusika, kulomlilo ovuthayo eziko phambi kwayo.
नवौँ महिनमा राजा हिउँदमा बस्ने महलमा बसिरहेका थिए, र तिनको सामु मकलमा आगो बलिरहेको थियो ।
23 Kwakusithi uJehudi angabala izigaba ezintathu loba ezine zomqulu, inkosi iziqume ngengqamu iziphosele eziko umqulu waze watsha wonke emlilweni.
जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्कूले ती काटे र जम्मै मुट्ठो नष्ट नभएसम्म त्यसलाई बलिरहेको मकलमा फाले ।
24 Inkosi lezinceku zayo zonke ezawezwayo amazwi la kabesabanga loba badabule izigqoko zabo.
तर यी वचन सुन्ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते ।
25 Lanxa u-Elinathani loDelaya kanye loGemariya bayincenga inkosi ukuba ingatshisi umqulu, kayibalalelanga.
एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।
26 Esikhundleni salokho inkosi yalaya uJerameli, indodana yenkosi, loSeraya indodana ka-Aziriyeli kanye loShelemiya indodana ka-Abhideli ukuba babophe uBharukhi umbhali kanye loJeremiya umphrofethi. Kodwa uThixo wayesebafihlile.
तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
27 Inkosi isitshise umqulu owawulamazwi ayebhalwe nguBharukhi ewatshelwa nguJeremiya, ilizwi likaThixo lafika kuJeremiya lisithi,
तब मुट्ठो र त्यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
28 “Thatha omunye umqulu ulobe kuwo wonke amazwi abesemqulwini wakuqala, otshiswe nguJehoyakhimi inkosi yakoJuda.
“फर्केर जा, आफ्नो निम्ति अर्को मुट्ठा लि, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्यसमा लेख् ।
29 Umtshele uJehoyakhimi inkosi yakoJuda uthi, ‘UThixo uthi: Utshise umqulu lowana wathi, “Kungani ulobe kuwo ukuthi inkosi yaseBhabhiloni izakuza ngempela ichithe ilizwe leli, iqothule abantu lezinyamazana kulo na?”
तब यहूदाका राजालाई तैंले यसो भन्नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्चय पनि आउनेछन् र यस देशलाई नष्ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’
30 Ngakho mayelana loJehoyakhimi inkosi yakoJuda, uThixo uthi: Akayikuba lomuntu ozahlala esihlalweni sobukhosi sikaDavida; isidumbu sakhe sizaphoselwa phandle sichayeke ekutshiseni kwelanga lakungqwaqwane webusuku.
त्यसकारण यहूदाका राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छः तेरो कुनै पनि सन्तान कहिल्यै पनि दाऊदको सिंहासनमा बस्नेछैन । तेरो विषयमाचाहिं, तेरो लाश दिउँसोको घाममा र रातीको शीतमा लडिरहने छ ।
31 Ngizamjezisa labantwana bakhe kanye lezinceku zakhe ngenxa yobubi babo. Ngizakwehlisela phezu kwabo laphezu kwalabo abahlala eJerusalema kanye labantu bakoJuda, wonke umonakalo engawumemezela kubo, ngoba kabalalelanga.’”
किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्ड म तेरा सन्तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्दा र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैंले त्यसमा ध्यानै दिइनस्' ।”
32 Ngakho uJeremiya wathatha omunye umqulu wawunika umbhali uBharukhi indodana kaNeriya, njalo kwathi uJeremiya emtshela uBharukhi waloba kuwo wonke amazwi omqulu owawutshiswe emlilweni nguJehoyakhimi inkosi yakoJuda. Kwengezelelwa ngamanye amazwi amanengi ayefana lalawo.
त्यसैले यर्मियाले अर्को मुट्ठो लिए र त्यो नेरियाहका छोरा सचिव बारूकलाई दिए । यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको मुट्ठोमा यर्मियाको आवाज सुनेर बारूकले लेखेका सबै वचन त्यसमा लेखे । यसबाहेक, अन्य धेरै उस्तै वचनहरू पनि त्यस मुट्ठोमा थपिए ।