< UGenesisi 24 >
1 U-Abhrahama wayeseluphele kakhulu, njalo uThixo wayembusisile kukho konke.
अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए र परमप्रभुले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो ।
2 Wasesithi encekwini yakhe enkulu, leyo eyayilawula konke ayelakho, “Beka isandla sakho ngaphansi kwethangazi lami.
अब्राहामले आफ्नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्
3 Ngifuna ukuthi ufunge ngoThixo, uNkulunkulu wasezulwini loNkulunkulu wasemhlabeni, ukuthi kawuyikuzuzela indodana yami umfazi emadodakazini amaKhenani engihlala phakathi kwawo,
अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई पनि मेरो छोरोकी पत्नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु ।
4 kodwa uzakuya elizweni lakithi lasezihlotsheni zami uzuzele indodana yami u-Isaka umfazi.”
तर तैँले मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनेछस् ।”
5 Inceku yambuza yathi, “Pho nxa lowo wesifazane engavumi ukuza lami kulelilizwe-ke? Ngizathatha indodana yakho ngiyise kulelolizwe lapho owavela khona na?”
त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
6 U-Abhrahama wathi, “Ungaqali ukuhambisa indodana yami khonale.
अब्राहामले त्यसलाई भने, “तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू!
7 UThixo, uNkulunkulu wasezulwini, owangikhupha emzini kababa laselizweni lakithi njalo owakhuluma kimi, wangithembisa ngesifungo wathi, ‘Ilizwe leli ngizalinika inzalo yakho,’ uzathuma ingilosi yakhe ihambe phambi kwakho ukuze ukwazi ukutholela indodana yami umfazi khonale.
मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘तेरा सन्तानलाई म यो देश दिनेछु,’ उहाँले नै आफ्ना दूत तेरो अगिअगि पठाउनुहुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउनेछस् ।
8 Nxa owesifazane lowo esala ukuza lapha lawe, uzabe usukhululwe kulesi isifungo sami. Kodwa ungaqali ukusa indodana yami khonale.”
त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँ मेरो यो शपथबाट मुक्त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू ।”
9 Ngakho inceku yasifaka isandla sayo ngaphansi kwethangazi lenkosi yayo u-Abhrahama yafunga isifungo kuye ngodaba lolu.
त्यसैले त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।
10 Inceku yasithatha amakamela enkosi yayo alitshumi yasuka, yathatha yonke imihlobo yezinto ezinhle zenkosi yayo. Yaqonda e-Aramu Naharayimu, yahamba yaze yayafika emzini waseNahori.
आफ्ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो । त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो । ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो ।
11 Amakamela yawaguqisa phansi eduzane lomthombo ngaphandle komuzi; kwasekuntambama, sekuyisikhathi sabesifazane ukuyakukha amanzi.
त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्न लगायो । त्यो साँझपख स्त्रीहरू पानी भर्न आउने बेला थियो ।
12 Yasikhuleka yathi, “Oh Thixo, Nkulunkulu wenkosi yami u-Abhrahama, yenza ngiphumelele lamuhla, utshengise umusa enkosini yami u-Abhrahama.
अनि त्यसले प्रार्थना गर्यो, “हे परमप्रभु मेरा मालिकका परमेश्वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस् ।
13 Khangela-ke, nanku ngimi lapha eceleni komthombo lo, njalo amadodakazi abantu balelidolobho asesiza ukuzakukha amanzi.
हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन् ।
14 Kungasake kuthi ngingathi entombini, ‘Ake ungikhele amanzi ngenkezo yakho nginathe,’ yona ithi, ‘Natha, njalo ngizanathisa lamakamela akho,’ kube yiyo kanye oyikhethele inceku yakho u-Isaka. Ngalokho ngizakwazi ukuthi usutshengise umusa enkosini yami.”
यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।”
15 Ingakaqedi ukukhuleka, uRabheka waphuma ethwele imbiza yakhe yamanzi ehlombe lakhe. Wayeyindodakazi kaBhethuweli indodana kaMilikha, owayengumfazi womfowabo ka-Abhrahama uNahori.
त्यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन् । तिनी अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी थिइन् ।
16 Intombi le yayinhle kakhulu, igcwele; ingakaze ilale lendoda. Yehlela emthonjeni, yagcwalisa imbiza yayo yasiqansa.
ती जवान स्त्री अत्यन्त सुन्दरी र कुमारी थिइन् । तिनको कुनै मानिससित पनि सहवास भएको थिएन । इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन् ।
17 Inceku yaphanga yamhlangabeza yathi, “Ngicela amanzi embizeni yakho.”
तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ ।”
18 Wathi, “Natha nkosi yami,” watsho esehlisa imbiza eyibamba ngezandla emnathisa.
तिनले “हजूर, पिउनुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी पियाइन् ।
19 Esemnathisile wathi, “Ngizakhelela lamakamela akho lawo ngiwanathise.”
त्यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु ।”
20 Wasethululela imbiza yakhe emkolweni, wagijimela emthonjeni njalo ukukha amanye, wawakhelela wonke amakamela akhe.
तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुँडमा खन्याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन् ।
21 Indoda yabukela ithule ilokhu inanzelela idinga ukubona ukuthi ngeqiniso uThixo wayeluphumelelisile yini uhambo lwayo.
त्यो मानिसचाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागेर तिनलाई हेरिरह्यो ।
22 Amakamela eseqedile ukunatha, indoda leyo yakhupha isongo lamakhala elenziwe ngegolide elilobunzima obungaba yingxenye yeshekeli, lezigqizo zegolide ezimbili ezilobunzima bamashekeli alitshumi.
ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर
23 Yasibuza yathi, “Uyindodakazi kabani na? Ake ungitshele, kambe singazuza indawo yini emzini kayihlo kesicatshise amakhanda ubusuku balamuhla nje?”
भन्यो, “तिमी कसकी छोरी हौ? कृपया मलाई भन, के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ छ?”
24 URabheka wamphendula wathi, “Ngiyindodakazi kaBhethuweli, indodana kaMilikha ayizalela uNahori.”
तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ ।”
25 Waphinda wengeza wathi, “Silotshani obunengi lamahlanga, kanye lendawo yokulala ikhona okwalamuhla ebusuku.”
तिनले त्यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्त छन्, र रात गुजार्नलााई कोठा पनि छन् ।”
26 Indoda yakhothamela phansi yakhonza uThixo,
तब त्यस मानिसले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गर्यो ।
27 isithi, “Udumo kalube kuThixo, uNkulunkulu wenkosi yami u-Abhrahama, ongadelanga umusa wakhe lokuthembeka kwakhe enkosini yami. Mina ngokwami uThixo ungikhokhele ohanjweni lwami ngazafika endlini yezinini zenkosi yami.”
त्यसले भन्यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्वस्तता त्याग्नुभएको छैन । परमप्रभुले नै मलाई डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ ।”
28 Intombi yagijima yayabikela abendlu kanina ngalezizinto.
तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन् ।
29 URabheka wayelomnewabo owayethiwa nguLabhani, yena waphanga waya kuleyondoda eyayisemthonjeni.
रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्यस मानिसतिर गए ।
30 Wonela ukubona isongo lamakhala kanye lezigqizo engalweni kadadewabo, njalo esezwile uRabheka elandisa ngokwakhulunywa yindoda leyo kuye, wasuka waya kuyo wayifica imi eceleni kwamakamela eduze komthombo.
जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।
31 Wathi, “Woza, wena obusisiweyo nguThixo. Umeleni phandle lapha? Sengilungisile indlu lendawo yamakamela.”
त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस् । किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईंको निम्ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”
32 Ngakho indoda yaya ngekhaya, lamakamela ethulwa imithwalo. Utshani lamahlanga kwalethwa emakameleni, yena lamadoda ayelawo balethelwa amanzi okugeza inyawo zabo.
तब त्यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्यो । उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिइयो ।
33 Kwasekulethwa ukudla kwabekwa phambi kwakhe, kodwa wathi, “Kangizukudla ngize ngiqale ngilitshele lokho okumele ngikutsho.” ULabhani wathi, “Sitshele phela.”
तिनीहरूले त्यसको सामु खानेकुरा पनि राखिदिए, तर त्यसले भन्यो, “जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्नँ ।” तब लाबानले भने, “ल, भन्नुहोस् ।”
34 Ngakho wasesithi, “Ngiyinceku ka-Abhrahama.
त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ ।
35 UThixo uyibusisile inkosi yami kakhulu, isinothile kakhulu. Uyiphile izimvu lenkomo, isiliva legolide, lezinceku zesilisa lezesifazane kanye lamakamela labobabhemi.
परमप्रभुले मेरा मालिकलाई धेरै आशिष् दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन् । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।
36 Inkosikazi yenkosi yami, uSara, imzalele indodana ebudaleni bayo, inkosi yami yasiyinika leyondodana konke elakho.
मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना सबै कुरा दिएका छन् ।
37 Njalo inkosi yami yangifungisa isifungo yathi, ‘Ungazuzeli indodana yami umfazi emadodakazini amaKhenani, engihlala elizweni lawo,
मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू ।
38 kodwa yana ezininini zikababa, kwabosendo lwakithi, uzuzele indodana yami umfazi.’
बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्नी ल्याउनू ।'
39 Ngasengiyibuza inkosi yami ngathi, ‘Pho nxa owesifazane lowo esala ukuza lapha-ke?’
मैले मेरो मालिकलाई भनेँ, 'सायद त्यो स्त्री मेरो साथमा आउन मान्दिन होला?'
40 Yaphendula yathi, ‘UThixo, engihamba phambi kwakhe, uzathumela ingilosi yakhe ihambe lawe, iphumelelise uhambo lwakho ukuze uzuzele indodana yami umfazi kwabosendo lwakithi, lasezininini zikababa.
तिनले मलाई भने, ‘जुन परमप्रभुको सामुन्ने म हिँड्छु, उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ, र तेरो कार्य सफल हुनेछ, ताकि तैैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस् ।
41 Ngakho uzakuthi ungaya kwabosendo lwakithi, uzakhululwa esifungweni sami loba bangaze bale laye.’
तर तँ मेरो कुटुम्बकहाँ पुगिस् र तिनीहरूले तिनलाई दिएनन् भने तँ मेरो यस शपथबाट छुट्नेछस् ।'
42 Ngithe ukufika kwami emthonjeni lamuhla ngathi, ‘Oh Thixo, Nkulunkulu wenkosi yami u-Abhrahama, nxa uthanda, ngicela uphumelelise uhambo lolu engingalo lapha.
यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,
43 Akubone, ngimi eceleni kwalo umthombo; nxa kufika intombi izokukha amanzi, ngithi kuyo, “Akunginathise amanzi amalutshwana enkonxeni yakho,”
म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्दा
44 ingaze ithi kimi, “Natha, njalo ngizanathisa lamakamela akho lawo,” kabe nguye uThixo asemkhethele indodana yenkosi yami.’
तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भनिन् भने, मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्त्री त्यही होस् ।
45 Ngingakaqedi ukukhuleka enhliziyweni yami, uRabheka waphuma, ethwele imbiza yakhe ehlombe. Wehlela emthonjeni wakha amanzi, ngathi kuye, ‘Akunginathise.’
“मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन् । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’
46 Waphanga wethula imbiza yakhe ehlombe lakhe wathi, ‘Natha, ngizanathisa lamakamela akho njalo.’ Ngakho nganatha, waphinda wanathisa lamakamela njalo.
“तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन् ।
47 Ngambuza ngathi, ‘Uyindodakazi kabani wena?’ Wathi, ‘Indodakazi kaBhethuweli indodana kaNahori, amzala kuMilikha.’ Ngasengimgqizisa isongo emakhaleni lezigqizo ezingalweni zakhe,
“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ ।
48 ngasengikhothamela phansi, ngamkhonza uThixo. Ngadumisa uThixo, uNkulunkulu wenkosi yami u-Abhrahama, ongikhokhele endleleni eqondileyo ngazathola intombi engumzukulu womfowabo wenkosi yami ngayizuzela indodana yayo inkosi yami.
अनि मैले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्याउनुभएको थियो ।
49 Manje-ke nxa lizatshengisa umusa lokwethembeka enkosini yami, ngitshelani; loba kungenjalo, ngitshelani ukuze ngazi ukuthi ngithini.”
अब तपाईंहरू मेरा मालिकसँग करारको विश्वासयोग्यता र भरोसायोग्य व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस् । होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला ।”
50 ULabhani loBhethuweli baphendula bathi, “Lokhu kuvela kuThixo; kakukho esingakutsho kuwe, loba yini.
तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्न सक्दैनौँ ।
51 Nangu uRabheka; mthathe uhambe laye ayekuba ngumfazi wendodana yenkosi yakho, njengalokhu okuqondiswe nguThixo.”
हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे । त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्नी होस् ।”
52 Kwathi inceku ka-Abhrahama ikuzwa lokhu abakutshoyo yakhothama phansi emhlabathini phambi kukaThixo.
तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत् गर्यो ।
53 Ngakho inceku yasikhupha igolide lesiliva kanye lempahla zokugqoka yakupha uRabheka; yapha njalo umnewabo lonina izipho ezidulayo.
तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो । त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् उपहारहरू दियो ।
54 Yena lamadoda ayehamba lawo basebesidla njalo banatha, balala khona. Bathi bevuka ekuseni wathi, “Sivumeleni sibuyele enkosini yami.”
तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्यो रात त्यहीँ बिताए अनि बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस् ।”
55 Kodwa umnewabo lonina baphendula bathi, “Ake ume kesihlale lentombazana okwensukwana ezingaba litshumi; lapho selingahamba-ke.”
रिबेकाका दाजु र आमाले भने, “कन्यालाई कम्तीमा पनि दस दिन यहीँ हामीसँग रहन दिनुहोस् । त्यसपछि तिनी गए हुन्छ ।”
56 Kodwa wathi kubo, “Lingangibambeleli, njengoba uThixo eseluphumelelisile uhambo lwami. Wothini ngihambe ukuze ngiyefika enkosini yami.”
तर त्यसले तिनीहरूलाई भन्यो, “परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्याउनुहोस् । मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु ।”
57 Basebesithi, “Wothi sibize intombazana kesiyibuze ngakho.”
तिनीहरूले भने, “हामी कन्यालाई बोलाउँछौँ र तिनलाई सोध्छौँ ।”
58 Ngakho bambiza uRabheka bambuza bathi, “Uyafuna ukuhamba layo indoda le na?” Wathi, “Ngizahamba layo.”
अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?” तिनले भनिन्, “म जान्छु ।”
59 Ngakho basebemkhulula udadewabo uRabheka ukuba ahambe kanye lomlizane wakhe, bahamba lenceku ka-Abhrahama lamadoda ayelayo.
यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए ।
60 Njalo bambusisa uRabheka bathi kuye, “Dadewethu, sengathi ungandisa izinkulungwane zezinkulungwane; sengathi inzalo yakho ingathumba amadolobho ezitha zayo.”
तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्तानले तिनीहरूसँग दुश्मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्जा गरून् ।”
61 URabheka lamantombazana akhe bazilungiselela, basebekhwela amakamela abo bahamba lendoda leyo. Ngakho inceku yamthatha uRabheka yahamba.
तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो ।
62 Ngalesosikhathi u-Isaka wayesefikile evela eBheri-Lahayi-Royi, ngoba wayehlala eNegebi.
अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए, उनी बेअर-लहै-रोइबाट भर्खरै आएका थिए ।
63 Ngenye intambama waya ensimini ehambahamba ukuthi ake ahluze ingqondo, wasesithi uyakhangela wabona amakamela esiza.
इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए । उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे ।
64 URabheka laye wakhangela wambona u-Isaka. Wehla ekameleni lakhe
रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् ।
65 wabuza inceku wathi, “Indoda leyana esensimini ngubani, leyana esihlangabezayo?” Inceku yaphendula yathi, “Uyinkosi yami.” Yikho uRabheka wasethatha ilembu elilula wazemboza ngalo.
तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्न बाहिर हिँड्दै आउने मानिस को हुन्?” त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन् ।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन् ।
66 Inceku yasimtshela u-Isaka konke lokho eyayikwenzile.
त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो ।
67 U-Isaka wamngenisa ethenteni likanina uSara, wahle wamthatha uRabheka. Ngakho wasesiba ngumkakhe, wamthanda; u-Isaka waduduzeka ngemva kokufa kukanina.
इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे । अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे । यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए ।'