< Psalmi 64 >
1 Dāvida dziesma. Dziedātāju vadonim. Klausi, ak Dievs, manu balsi, kad es žēlojos; pasargi manu dzīvību no ienaidnieku briesmām.
हे परमेश्वर, मेरो सोर सुन्नुहोस् । मेरो गुनसोमा ध्यान दिनुहोस् । मेरा शत्रुहरूका डरबाट मेरो जीवन सुरक्षित राख्नुहोस् ।
2 Apslēp mani no ļaunu ļaužu padomiem, no ļaundarītāju trakošanas.
खराबी गर्नेहरूको गुप्त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस् ।
3 Tie savas mēles trin kā zobenu, un uzvelk savas bultas, savus rūgtos vārdus,
तिनीहरूले तरवारहरूझैं आफ्ना जिब्राहरू धारिला बनाएका छन् । तीता शब्दहरूका काँडहरूले तिनीहरूले लक्षित गरेका छन् ।
4 Šaut slepeni nenoziedzīgam; tie šauj viņam piepeši un nebīstas.
ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्त ठाउँबाट हान्न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् ।
5 Tie iedrošinājās paši ļaunā padomā, tie runā, slepeni likt valgus, un saka: kas to redzēs?
तिनीहरूले आफैलाई दुष्ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्नेछ र?”
6 Tie domā uz visādu blēdību, tiem gatavs ir viņu gudrais padoms, prātu un sirdi nevienam nevar izdibināt.
तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन् । तिनीहरू भन्छन्, “हामीले एउटा होसियार योजना पूरा गरेका छौं ।” मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन् ।
7 Bet Dievs ar bultu tos šaus piepeši, ka tiem gan sāpēs.
तर परमेश्वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।
8 Caur savu pašu mēli tie taps apgāzti; ikkurš, kas uz tiem skatās, bēgs.
तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्ने सबै जनाले आफ्ना मुन्टो हल्लाउनेछन् ।
9 Un visi cilvēki bīsies un sacīs: to Dievs ir darījis, un sapratīs, ka tas ir Viņa darbs.
सबै मानिसहरूले भय मान्नेछन् र परमेश्वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।
10 Tas taisnais priecāsies iekš Tā Kunga, un paļausies uz Viņu, un visi sirdsskaidrie teiktin teiksies.
धर्मी परमप्रभुको बारेमा खुसी हुनेछ र उहाँमा शरण लिनेछ । हृदयमा सोझा हुने सबै जनाले उहाँमा गर्व गर्नेछन् ।