< Psalmi 48 >
1 Koraha bērnu dziesma. Dziedātāju vadonim. Tas Kungs ir liels un ļoti teicams mūsu Dieva pilsētā Viņa svētā kalnā.
परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहर उहाँको पवित्र पर्वतमा ज्यादै धेरै प्रशंसा हुनुपर्छ ।
2 Jauki paceļas Ciānas kalns, visas zemes prieks, ziemeļa pusē, tā lielā Ķēniņa pilsēta.
महान् राजाको सहरको उत्तरमा अवस्थित सियोन पर्वत उच्च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।
3 Dievs viņas pilīs ir atzīts par patvērumu.
त्यसका दरबारहरूमा परमेश्वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।
4 Jo redzi, ķēniņi sapulcējās un atnāca kopā;
हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे ।
5 Tie redzēja un brīnījās, tie iztrūcinājās un steidzās projām.
जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।
6 Drebēšana tos tur aizņēma, mokas tā kā sievu bērnu sāpēs.
कम्पले तिनीहरूलाई समात्यो, प्रसव वेदना परेकी स्त्रीझैं पीडित भए ।
7 Tu sadauzi lielos jūras kuģus caur austriņu.
पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।
8 Tā kā bijām dzirdējuši, tā to esam redzējuši Tā Kunga Cebaot pilsētā, mūsu Dieva pilsētā. Dievs to stiprinās mūžīgi. (Sela)
सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला
9 Ak Dievs, mēs pieminam Tavu žēlastību Tavā svētā namā.
हे परमेश्वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्वस्तताका बारेमा विचार गरेका छौं ।
10 Ak Dievs, tā kā Tavs vārds, tāpat ir Tava slava līdz pasaules galam, Tava labā roka ir taisnības pilna.
हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।
11 Lai Ciānas kalns priecājās un Jūda meitas lai līksmojās Tavu tiesu labad.
तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्दित होऊन् ।
12 Ejat ap Ciānu un apmetaties ap viņu, skaitiet viņas torņus.
सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्ती गर,
13 Liekat vērā viņas mūrus, apraugāt viņas augstos namus, ka pēcnākamiem radiem to varat izteikt.
त्यसका पर्खालहरू ध्यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्छौ ।
14 Jo šis Dievs ir mūsu Dievs mūžīgi mūžam. Viņš mūs vadīs līdz mūža galam.
किनकि यही परमेश्वर सदासर्वदा हाम्रा परमेश्वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।