< Psalmi 37 >
1 Dāvida dziesma. Neapskaities par bezdievīgiem, neiekarsies par ļauna darītājiem,
खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
2 Jo tā kā zāle tie drīz top nocirsti, un savītīs kā zaļa zāle.
किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।
3 Cerē uz To Kungu un dari labu, paliec savā zemē un uzturies ar uzticību.
परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्वस्ततामा उपभोग गर ।
4 Priecājies iekš Tā Kunga, tad Viņš tev dos tavas sirds lūgšanas.
परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।
5 Pavēli Tam Kungam savu ceļu un cerē uz Viņu, tad Viņš gan darīs.
आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्ति काम गर्नुहुनेछ ।
6 Viņš liks aust tavai taisnībai kā gaismai un tavai tiesai kā dienas spožumam.
उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।
7 Ciet klusu Tam Kungam un gaidi uz Viņu, neapskaities par to, kam ceļš labi izdodas, par vīru, kas dodas uz blēdīgiem padomiem.
परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।
8 Atstājies no dusmības un mities no bardzības, nesaskaities, ka tu ļauna nedari.
क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्यामा मात्र पार्छ ।
9 Jo ļaunie taps izdeldēti; bet kas uz To Kungu gaida, tie zemi iemantos.
दुष्ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।
10 Mazs brīdis vēl, un bezdievīgā vairs nav; un kad Tu raudzīsi pēc viņa vietas, tad tā vairs nav.
केही क्षणमा नै दुष्ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
11 Bet lēnprātīgie iemantos zemi un priecāsies lielā mierā.
तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
12 Bezdievīgais glūn uz taisno un sakož savus zobus pret viņu.
दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।
13 Bet Tas Kungs par viņu smejas, jo tas redz, ka viņa diena nāks.
परमप्रभु त्योमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ ।
14 Bezdievīgie izvelk zobenu un uzvelk savu stopu, gāzt bēdīgo un nabagu un nokaut tos, kas uz taisniem ceļiem.
थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्टहरूले आफ्ना तरवारहरू थुतेका छन् र आफ्ना धनुमा ताँदो चढाएका छन् ।
15 Bet viņu zobens ies viņu pašu sirdī, un viņu stopi taps salauzti.
तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
16 Tas mazums, kas taisnam, ir labāks, nekā tā bagātība, kas daudz bezdievīgiem.
धेरै जना दुष्ट मानिसहरूका प्रशस्तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।
17 Jo bezdievīgiem elkonis taps salauzts, bet Tas Kungs uztur taisnos.
किनकि दुष्ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
18 Tas Kungs zina sirds skaidro dienas, un viņu manta paliks mūžīgi.
परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।
19 Bēdu laikā tie netaps kaunā, un bada laikā tie taps paēdināti.
समय खराब हुँदा तिनीहरू लज्जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ ।
20 Jo bezdievīgie ies bojā, un Tā Kunga ienaidnieki kā lauku jaukums iznīks, tie iznīks kā dūmi.
तर दुष्ट मानिसहरू नष्ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्म हुनेछन् र धूवाँमा हराउनेछन् ।
21 Bezdievīgais aizņem uz parādu un neatdod, bet taisnais ir žēlīgs un devīgs.
दुष्ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्यक्ति उदार हुन्छ र दिन्छ ।
22 Jo Tā Kunga svētītie iemantos zemi, bet Viņa nolādētie taps izdeldēti.
परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
23 No Tā Kunga būs stiprināti tāda vīra soļi, un ved tādu, kura ceļš viņam patīk.
परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्यो मानिस जसको चाल परमेश्वरको दृष्टिमा प्रशंसनिय हुन्छ ।
24 Ja viņš krīt, tad nepaliek guļam, jo Tas Kungs viņu tur pie rokas.
त्यसले ठेस खान्छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्नुहुन्छ ।
25 Es esmu jauns bijis un arī vecs palicis, bet es neesmu redzējis taisno atstātu, nedz viņa dzimumu meklējam maizi.
म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
26 Vienmēr viņš apžēlojās un aizdod, un viņa dzimums ir par svētību.
दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्यसका छोराछोरीले आशिष् पाउँछन् ।
27 Atstājies no ļauna un dari labu, tad tu paliksi mūžīgi.
खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
28 Jo Tas Kungs mīl tiesu un neatstās Savus svētos; tie top mūžīgi pasargāti, bet bezdievīgo dzimums top izdeldēts.
किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्वासयोग्य अनुयायीहरूलाई त्याग्नुहुन्न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
29 Taisnie iemantos zemi, un dzīvos iekš tās mūžam.
धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्यहाँ सदासर्वदा बास गर्नेछन् ।
30 Taisnā mute izteic gudrību, un viņa mēle runā tiesu.
धर्मी व्यक्तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।
31 Dieva bauslība ir viņa sirdī, viņa soļi nestraipelēs.
आफ्नो परमेश्वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।
32 Bezdievīgais glūn uz taisno un meklē viņu nokaut.
दुष्ट व्यक्तिले धर्मी व्यक्तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
33 Bet Tas Kungs to nepamet viņa rokā, un to nepazudina, kad to tiesā.
परमप्रभुले त्यसलाई दुष्ट व्यक्तिको हातमा छोड्नुहुन्न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्न ।
34 Gaidi uz To Kungu un sargi Viņa ceļu, tad Viņš tevi paaugstinās, ka tu zemi iemanto; tu redzēsi, ka bezdievīgie taps izdeldēti.
परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्टहरू बहिष्कृत भएको तिमीले देख्नेछौ ।
35 Es esmu redzējis vienu bezdievīgu, tas darīja varas darbus un zaļoja kā paša audzis koks.
दुष्ट र डरलाग्दा व्यक्ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
36 Bet tas iznīka, un redzi, tā nebija vairs; es pēc viņa vaicāju bet viņš netapa atrasts.
तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
37 Ņem vērā sirds skaidro un uzlūko taisno, jo tādam vīram beidzot labi klāsies.
इमान्दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
38 Bet pārkāpēji kopā taps samaitāti, bezdievīgie taps beidzot izdeldēti.
पापीहरू पूर्ण रूपमा नष्ट हुनेछन् । दुष्ट मानिसको भविष्य नष्ट हुनेछ ।
39 Bet taisno palīdzība ir no Tā Kunga; Tas tiem ir par stiprumu bēdu laikā.
धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
40 Un Tas Kungs tiem palīdzēs un tos izglābs, Viņš tos izglābs no bezdievīgiem, un tos izpestīs, jo tie paļaujas uz Viņu.
परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।