< Psalmi 135 >
1 Alleluja! Slavējiet Tā Kunga vārdu, slavējiet jūs, Tā Kunga kalpi,
परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।
2 Kas stāvat Tā Kunga namā, mūsu Dieva nama pagalmos,
तिमीहरू जो परमप्रभुको मन्दिरमा, हाम्रा परमेश्वरको मन्दिरको चोकहरूमा खडा हुन्छौ ।
3 Slavējiet To Kungu, jo Tas Kungs ir labs, dziediet Viņa vārdam, jo Viņš ir mīlīgs.
परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।
4 Jo Tas Kungs Jēkabu Sev izredzējis, Israēli par Savu īpašumu.
किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ ।
5 Jo es zinu, ka Tas Kungs ir liels, un mūsu Kungs lielāks nekā visi dievi.
परमप्रभु महान् हुनुहुन्छ भनी म जान्दछु, कि हाम्रो परमप्रभु सबै देवताभन्दा माथि हुनुहुन्छ ।
6 Visu, ko Tas Kungs grib, to Viņš dara, debesīs un virs zemes, jūrā un visos dziļumos.
परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्यही गर्नुहुन्छ ।
7 Viņš uzved miglu no zemes galiem, dod zibeņus pie lietus, izved vēju no viņa kambariem.
उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्नो भण्डारबाट हुरीबतास निकाल्नुहुन्छ ।
8 Viņš nokāva Ēģiptes pirmdzimušos, gan cilvēkus gan lopus.
उहाँले मिश्रदेशमा मानिस र पशु दुवैको जेठोलाई मार्नुभयो ।
9 Viņš sūtīja zīmes un brīnumus tavā vidū, Ēģiptes zemē, pret Faraonu un visiem viņa kalpiem.
उहाँले मिश्रदेशमा तिमीहरूका माझमा फारो र त्यसका सबै सेवकहरूका विरुद्धमा चिन्हहरू र चमत्कारहरू पठाउनुभयो ।
10 Viņš kāva daudz tautas un nokāva varenus ķēniņus,
उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो,
11 Sihonu, Āmoriešu ķēniņu, un Ogu, Basanas ķēniņu, un visas Kanaāna valstis;
एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।
12 Un deva viņu zemi par mantību, par mantību Saviem Israēla ļaudīm;
तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो ।
13 Kungs, Tavs vārds paliek mūžīgi, Kungs, Tava piemiņa paliek līdz radu radiem.
हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ ।
14 Jo Tas Kungs tiesās Savus ļaudis un apžēlosies par Saviem kalpiem.
किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।
15 Pagānu elki ir sudrabs un zelts, cilvēku roku darbs.
जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् ।
16 Tiem ir mute, bet tie nerunā, tiem ir acis, bet tie neredz,
ती मूर्तीहरूका मुख छन्, तर तिनीहरू बोल्दैनन् । तिनीहरूका आँखा छन्, तर तिनीहरूले देख्दैनन् ।
17 Tiem ir ausis, bet tie nedzird, ir dvašas tiem nav mutē.
तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ ।
18 Tādi pat kā viņi, ir tie, kas tos taisa, un visi, kas uz tiem paļaujas.
तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति हुन्छ ।
19 Jūs, Israēla nams, teiciet To Kungu; jūs, Ārona nams, teiciet To Kungu.
हे इस्राएलका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । हे हारूनका सन्तानहरू, परमप्रभुको प्रशंसा गर ।
20 Jūs Levja nams, teiciet To Kungu; jūs, kas To Kungu bīstaties, teiciet To Kungu.
हे लेवीका सन्तानहरू हो, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको आदर गर्छौ, परमप्रभुको प्रशंसा गर ।
21 Slavēts lai ir Tas Kungs no Ciānas, kas dzīvo Jeruzālemē. Alleluja!
सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।