< Psalmi 10 >
1 Kāpēc Tu, Kungs, stāvi no tālienes, paslēpies bēdu laikā?
हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
2 No bezdievīgā lepnības bailes nāk nabagam; lai tie top gūstīti savās blēņās, ko tie izdomājuši.
आफ्नो अहङ्कारको कारणले दुष्ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।
3 Jo bezdievīgais lielās ar savas dvēseles kārību, plēsējs lād, viņš zaimo To Kungu.
किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ ।
4 Bezdievīgais savā lielā lepnībā nebēdā par nevienu; visas viņa domas ir: Dieva neesam.
दुष्ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्वरलाई खोज्दैन । त्यसले परमेश्वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्तै गर्दैन ।
5 Viņa ceļi allažiņ izdodas, Tava sodība ir tālu no viņa; šņākdams viņš turas pret visiem saviem pretiniekiem.
त्यो हर समय ढुक्क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्च छन् । त्यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ ।
6 Viņš saka savā sirdī: es netapšu kustināts, jo ļaunumā es nenākšu līdz radu radiem.
त्यसले आफ्नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्नेछैन ।”
7 Viņa mute pilna lāstu un viltus un varmācības, apakš viņa mēles ir grūtums un bēdas.
त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।
8 Viņš, sēž paslēpies aiz sētām, viņš nokauj nenoziedzīgo slepenās vietās, viņa acis glūn uz nabagu.
त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ ।
9 Viņš glūn slepenībā kā lauva savā alā, viņš glūn sakampt bēdīgo, viņš sakampj bēdīgo, to ievilkdams savā tīklā.
सिंह झाडीमा लुकेझैं त्यो गुप्तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्न त्यो पर्खेर बस्छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।
10 Viņš tup un nometās un uzkrīt ar varu nelaimīgiem.
त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
11 Viņš saka savā sirdī: Dievs ir aizmirsis, Viņš Savu vaigu apslēpis, Viņš neredz ne mūžam.
त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।”
12 Celies, ak Dievs Kungs, pacel Savu roku, neaizmirsti bēdīgos.
हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
13 Kādēļ bezdievīgais Dievu zaimos un sacīs savā sirdī: Tu nemeklēsi?
किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?
14 Tu gan redzi, jo Tu uzlūko mokas un sirdēstus, likdams to Savās rokās; nelaimīgais uz Tevi paļaujas, Tu esi bāriņa palīgs.
तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।
15 Salauz bezdievīgā elkoni un meklē ļaunā bezdievību, ka to vairs neatrod.
दुष्ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्नो दुष्ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्न भनी त्यसले सोच्यो ।
16 Tas Kungs ir ķēniņš mūžīgi mūžam; pagāni ir bojā gājuši no Viņa zemes,
परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्छन् ।
17 Nabagu ilgošanos Tu klausi, ak Kungs! Tu viņiem sirdi stiprini, Tava auss to liek vērā,
हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ ।
18 Tiesu nesdams bāriņam un apspiestam, lai cilvēks, kas no zemes, vairs nedara varas darbus.
तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस् ।