< Salamana Pamācības 26 >
1 Kā sniegs vasarai un lietus pļaujamam laikam, tā ģeķim nepieder gods.
ग्रिष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदन ।
2 Kā putns nolidinājās, kā bezdelīga aizskrien, tā nenopelnīti lāsti neaizņem.
भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन ।
3 Zirgam pātaga, ēzelim iemaukti un ģeķa mugurai rīkste.
कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।
4 Neatbildi ģeķim pēc viņa ģeķības, ka tu viņam līdzi netopi.
मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् ।
5 Atbildi ģeķim pēc viņa ģeķības, ka viņš pats neturās par gudru.
मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् नहोस् ।
6 Darbu uzticēt nelgam rokā, ir nocirst kājas un izbaudīt briesmas.
मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ ।
7 Kā klibam karājās kājas, tā ģeķa mutē gudrības vārdi.
पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ ।
8 Kas ģeķim dod godu, ir kā kas akmeni piesien pie lingas.
मूर्खलाई आदन दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्नुजस्तै हो ।
9 Kā ērkšķi, kas tikuši piedzēruša rokā, tāds ir sakāms vārds ģeķu mutē.
मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो ।
10 Manīgs visu izdara; bet kas nelgu der, sader tekuli.
मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्याउनुजस्तै हो ।
11 Kā suns atiet pie saviem vēmekļiem, tā pat ģeķis atgriežas atpakaļ pie savas ģeķības.
जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ ।
12 Kad tu redzi vīru, kas savās acīs gudrs, tad no muļķa vairāk cerības, nekā no tāda.
के तैँले आफ्नै दृष्टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
13 Sliņķis saka: „Jauns lauva uz ceļa, lauva uz ielām!“
अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।”
14 Durvis grozās eņģēs, un sliņķis savā gultā.
ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ ।
15 Sliņķis slēpj savu roku azotē, un tam grūti to atkal pie mutes likt.
अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्याउन पनि त्योसित शक्ति हुँदैन ।
16 Sliņķis savā prātā gudrāks nekā septiņi, kas runā prātīgi.
सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ ।
17 Kas garām ejot iejaucās citu ķildā, ir kā kas suni ņem aiz ausīm.
कुकुरको कान समात्ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।
18 Tā kā, kad (ārprātīgs) par smieklu šautu ar šķēpiem un nāvīgām bultām,
त्यो घातक काँड हान्ने बौलाहा मानिसजस्तो हो,
19 Tā pat ir, kas savu tuvāko pievīlis saka: Vai to par smieklu vien nedarīju?
जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?”
20 Kad malkas nav, tad uguns izdziest, un kad lišķa nav, tad ķilda rimst.
दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ ।
21 Kā ogles liesmu un malka uguni, tā rējējs cilvēks saceļ ķildu.
जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।
22 Lišķa vārdi ir kā saldi kumosi un iet visai pie sirds.
कुरौटेका वचनहरू स्वादिष्ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।
23 Dedzīgi vārdi, bet neganta sirds ir poda gabals pārvilkts ar netīru sudrabu.
माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्याउने ओठ र दुष्ट हृदय हुन्छ ।
24 Kas tevi ienīst, ir ar muti draugs, bet savā sirdī viņš domā uz viltu.
अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।
25 Kad tas mīlīgi runā, tad netici viņam, jo septiņas negantības viņa sirdī.
त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् ।
26 Lai gan ienaidu aizsedz ar viltu, tomēr viņa niknums ļaužu priekšā nāks gaismā.
त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्टता सभामा खुला हुने छ ।
27 Kas bedri rok, tas tanī iekritīs, un kas akmeni veļ uz to tas atvelsies.
खाडल खन्ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ ।
28 Viltus mēle ienīst to, kam pati dzēlusi, un mīksta mute padara nelaimi.
झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्ने मुखले विनाश ल्याउँछ ।