< Salamana Pamācības 2 >
1 Mans bērns, ja tu pieņemsi manus vārdus, un sirdī glabāsi manu mācību,
हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,
2 Savu ausi griezt uz gudrību un savu sirdi uz atzīšanu,
बुद्धिका कुराहरू सुन्न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
3 Tiešām, ja tu atzīšanas lūgsies un savu balsi pacelsi pēc saprašanas,
तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने,
4 Ja tu viņu meklēsi kā sudrabu un tai pakaļ dzīsies kā mantai;
तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने,
5 Tad tu sapratīsi Tā Kunga bijāšanu un atradīsi Dieva atzīšanu;
तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्वरको ज्ञान पाउने छस् ।
6 (Jo Tas Kungs dod gudrību, no viņa mutes nāk atzīšana un saprašana:
किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।
7 Viņš taisniem paglabā labklāšanos un ir par bruņām tiem, kas bezvainībā staigā,
उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्का बुद्धि साँचेर राख्नुभएको छ । निष्ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
8 Sargādams taisnības ceļus un pasargādams savu taisno tekas; )
उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।
9 Tad tu atzīsi, kas taisnība un tiesa, un kas skaidrība un ceļš uz visu labu,
तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् ।
10 Ja gudrība nāks tavā sirdī, un atzīšana tavai dvēselei būs mīļa,
किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ ।
11 Tad labs padoms tevi pasargās un saprašana tevi paglabās,
विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ ।
12 Ka tā tevi izglābj no ļauna ceļa, no vīra, kas netiklību runā,
तिनीहरूले तँलाई दुष्ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन् ।
13 Kas atstājuši skaidrības ceļus, staigā pa tumsības ceļiem,
त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन् ।
14 Kas priecājās ļaunu darīt un prieku atrod netiklībā un viltībā,
तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्टका बदमासीहरूमा आनन्द मनाउँछन् ।
15 Kuru ceļi ir greizi, un kas savās tekās netikli;
तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् ।
16 Ka tā tevi izglābj no svešas sievas, no svešnieces ar mīkstiem vārdiem,
बुद्धि र विवेकले तँलाई व्यभिचारी स्त्री, र अनैतिक स्त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।
17 Kas atstāj savas jaunības vīru, un aizmirst sava Dieva derību;
त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्वरको करारलाई भुल्छे ।
18 (Jo viņas nams pašķiebjās uz nāvi, un viņas ceļi pie miroņiem;
किनकि त्यसको घरले मृत्युमा डोर्याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्याउने छन् ।
19 Visi, kas pie tās ieiet, negriežas atpakaļ, nedz atrod dzīvības ceļus; )
त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।
20 Ka, lai tu staigā pa labo ceļiem un sargi taisno tekas;
त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।
21 Jo taisnie dzīvos zemē, un sirdsskaidrie tur paliks;
किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्ठावान्हरू यसमा रहने छन् ।
22 Bet bezdievīgie no zemes taps izdeldēti, un kas ticību netur, no tās taps izsakņoti.
तर दुष्टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्वासहीनहरू यसबाट मिल्काइने छन् ।