< Salamana Pamācības 19 >
1 Nabags savā vientiesībā staigādams ir labāks, nekā ģeķis ar netiklu muti.
बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।
2 Arī pārsteigšanās bez ziņas nav laba, un ātri skrejot klūp.
ज्ञानविनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ ।
3 Ģeķība cilvēkam sajauc ceļus, ka viņa sirds kurn pret To Kungu.
मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।
4 Manta pieved daudz draugu, bet nabagu draugs atstāj.
धनले धेरै मित्रहरू बनाउँछ, तर गरिब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ ।
5 Nepatiess liecinieks nesodīts nepaliks, un kas melus runā, neizglābsies.
झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन ।
6 Augstam kungam daudz pieglaužas, un ikkatrs ir devīgam vīram draugs.
धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ ।
7 Nabagu ienīst visi viņa brāļi, cik vairāk viņa draugi no viņa atraujas; meklē tos pirmos vārdus, to nav.
गरिब मानिसका सबै दाजुभाइले त्यसलाई घृणा गर्छन् भने, त्यसका टाढा जाने मित्रहरूले त झन् कति धेरै त्यसलाई त्याग्लान्! त्यसले तिनीहरूलाई बोलाउँछन्, तर तिनीहरू गइसकेका हुन्छन् ।
8 Kas gudrību panāk, mīl savu dvēseli; kas ar prātu dzīvo, atrod labumu.
बुद्धि प्राप्त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।
9 Nepatiess liecinieks nesodīts nepaliks, un kas droši melus runā, aizies postā.
झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्ट हुने छ ।
10 Ģeķim nepieder kārumā dzīvot, ne vēl kalpam pār kungiem valdīt.
मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!
11 Prātīgs cilvēks ir lēns uz dusmām, un viņa rota ir, kaitināšanu aizmirst.
विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो ।
12 Ķēniņa dusmība ir kā jauna lauvas rūkšana; bet Viņa žēlastība kā rasa uz zāles.
राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ ।
13 Ģeķīgs dēls ir tēvam par sirdēstiem, un sievas riešana ir pilēšana bez gala.
मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो ।
14 Namu un mantu manto no vecākiem, bet prātīgu sievu no Tā Kunga.
घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाट आउँछ ।
15 Slinkums iemidzina miegā, un kūtra dvēsele cietīs badu.
अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ ।
16 Kas mācību sargā, tas sargā savu dvēseli; kas savu ceļu neņem vērā, tas mirs.
आज्ञा पालन गर्नेले त्यसको जीवनको रखवाली गर्छ, तर आफ्ना मार्गहरूबारे नसोच्नेचाहिँ मर्ने छ ।
17 Kas par nabagu apžēlojās, tas aizdod Tam Kungam, un tas tam atmaksās viņa labdarīšanu.
गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ ।
18 Pārmāci savu dēlu, kamēr vēl cerība, bet nedod savai dvēselei vaļas, viņu nokaut.
आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।
19 Kam liela sirds, tam jācieš sods; jo gribi novērst, jo iet vairumā.
गरम मिजास भएको मानिसले जरिवाना तिर्नैपर्छ । त्यसलाई छुटकारा दिइस् भने तैँले दोस्रो पटक त्यसै गर्नुपर्ने हुन्छ ।
20 Klausi padomam un pieņem mācību, ka tu pēcgalā palieci gudrs.
सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्न सक्छस् ।
21 Cilvēka sirdī ir daudz nodomu, bet Tā Kunga padoms, tas pastāv.
मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।
22 Cilvēka gods ir labu darīt, un nabags ir labāks, nekā melkulis.
मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो ।
23 Tā Kunga bijāšana ir uz dzīvību; jo tāds būs paēdis un dzīvos, ļauna neaizskarts.
परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
24 Sliņķis slēpj roku azotē, pat pie mutes viņš to neliek.
अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन ।
25 Per garzobi, tad tas nejēga atjēgs, un pamāci prātīgo, tad viņš atzīs, kas der.
गिल्ला गर्नेलाई हिर्का, र निर्बुद्धि मानिस विवेकी बन्ने छ । समझदार मानिसलाई अनुशासनमा राख्, र त्यसले ज्ञान प्राप्त गर्ने छ ।
26 Kas tēvu posta un māti izdzen, tas ir bezkaunīgs un negants bērns.
आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्जत ल्याउँछ ।
27 Neklausi, mans bērns, mācībai, kas nomaldina no gudrības vārdiem.
हे मेरो छोरो, तैँले अर्ती सुन्न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिने छस् ।
28 Nelieša liecinieks apsmej tiesu, un bezdievīgo mute ierij netaisnību.
भ्रष्ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्टको मुखले अधर्मलाई निलिदिन्छ ।
29 Garzobiem sodība gatava un pēriens ģeķu mugurai.
गिल्ला गर्नेहरूका लागि दण्डाज्ञा र मूर्खहरूको पिठिउँको लागि कोर्रा तयार छ ।