< Ījaba 7 >
1 Vai cilvēkam nav karš virs zemes, un vai viņa dienas nav kā algādža dienas?
के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र?
2 Tā kā kalps ilgojās pēc ēnas un kā algādzis gaida uz savu algu,
एउटा दासले उत्सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ ।
3 Tāpat man nākuši daudz bēdīgi mēneši, un grūtas naktis man ir piešķirtas.
यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्टले भरिएका रातहरू दिइएका छन् ।
4 Kad apguļos, tad es saku: kad atkal celšos? un vakars vilcinājās, un es apnīkstu mētāties gultā līdz gaismai.
म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।
5 Mana miesa ir apsegta ar tārpiem un vātīm, mana āda sadzīst un čūlo atkal.
मेरो शरीर किराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्छन्, र फुट्छन् र पिप बग्छन् ।
6 Manas dienas ir ātrākas nekā vēvera (audēja) spole un beidzās bez nekādas cerības.
मेरा दिनहरू सिलाउनेको चक्काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् ।
7 Piemini, ka mana dzīvība ir vējš un mana acs labuma vairs neredzēs.
हे परमेश्वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्न पाउनेछैन ।
8 Acs, kas nu mani redz, manis vairs neredzēs. Tavas acis uz mani skatās, un es vairs neesmu.
मलाई हेर्ने परमेश्वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्तत्व हुनेछैन ।
9 Mākonis iznīkst un aiziet, - tāpat kas kapā nogrimst, nenāks atkal augšām. (Sheol )
जसरी बादल फट्छ र हराएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन । (Sheol )
10 Viņš neatgriezīsies atkal savā namā, un viņa vieta viņu vairs nepazīs.
ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्नेछ ।
11 Tā tad es savu muti neturēšu, es runāšu savās sirds bēdās, es žēlošos savā sirdsrūgtumā.
त्यसकारण म आफ्नो मुख बन्द गर्दिन । म आफ्नो आत्माको वेदनामा बोल्नेछु । म आफ्नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।
12 Vai tad es esmu kā jūra, vai kā liela jūras zivs, ka tu ap mani noliec vakti?
तपाईंले ममाथि रक्षक राख्नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र?
13 Kad es saku: mana gulta man iepriecinās, manas cisas atvieglinās manas vaimanas,
जब म भन्छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,'
14 Tad Tu mani izbiedē ar sapņiem, un caur parādīšanām Tu mani iztrūcini,
तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ,
15 Tā ka mana dvēsele vēlās būt nožņaugta, labāki mirt nekā tā izģinst.
जसले गर्दा मेरा यी हड्डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्याप्ने कुरा र मृत्युलाई रोज्छु ।
16 Es esmu apnicis, man netīk mūžam dzīvot; atstājies jel no manis, jo manas dienas ir kā nekas.
म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्यर्थ छन् ।
17 Kas ir cilvēks, ka Tu viņu tik augsti turi un ka Tu viņu lieci vērā,
मानिस के हो र तपाईंले उसको ख्याल राख्नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
18 Un viņu piemeklē ik rītu, viņu pārbaudi ik acumirkli,
हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने?
19 Ka Tu nemaz no manis neatstājies un mani nepameti, ne siekalas ierīt?
तपाईंले आफ्ना आँखा मबाट कहिले हटाउनुहुन्छ, आफ्नो थुक निल्न मलाई तपाईंले कहिले एक्लै छोड्नुहुन्छ?
20 Ja esmu grēkojis, ko es Tev darīšu, Tu cilvēku sargs? Kāpēc Tu mani esi licis Sev par mērķi, ka es sev pašam palicis par nastu?
मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्यसले तपाईंलाइ के हुन्छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?
21 Un kāpēc Tu manus pārkāpumus nepiedod un neatņem manu noziegumu? Jo nu es apgulšos pīšļos, un kad Tu mani meklēsi, tad manis vairs nebūs.
किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्न र मेरो अधर्म हटाउनुहुन्न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्तित्व रहनेछैन ।”