< Jesajas 7 >

1 Un notikās Ahaza, Jūda ķēniņa, dienās, - tas bija Uzijas dēla Jotama dēls, - ka Recins, Sīrijas ķēniņš, un Pekas, Remalijas dēls, Israēla ķēniņš, uz Jeruzālemi cēlās, pret viņu karot, bet karodami pret viņu tie nekā neiespēja.
उज्‍जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्‍यसको विरुद्धमा विजयी हुन सकेनन् ।
2 Un Dāvida namam teica un sacīja: Sīrieši apmetušies pret Efraīmu. Tad viņa sirds un viņa ļaužu sirds drebēja, tā kā meža koki dreb no vēja.
अरामले एफ्राइमसँग सन्‍धी गर्‍यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो ।
3 Un Tas Kungs sacīja uz Jesaju: izej jel Ahazam pretī, tu un tavs dēls ŠearJašubs, augšēja dīķa grāvja galā, ceļmalā, pie vadmalnieku tīruma,
तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।
4 Un saki uz viņu: sargies un esi klusu, nebīsties, un lai tava sirds nebaiļojās no šiem diviem kūpošiem prauliem, no Recina un Sīriešu un Remalijas dēla karstām dusmām.
उसलाई भन्, 'होसियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ ।
5 Tādēļ ka Sīrieši pret tevi ļaunu sadomājuši ar Efraīmu un Remalijas dēlu sacīdami:
अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्,
6 Celsimies pret Jūdu un izbiedēsim to un uzņemsim to un celsim tur Tabeala dēlu par ķēniņu; -
“हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं ।”
7 Tā saka Tas Kungs Dievs: tas nenotiks un nebūs.
परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,
8 Bet Damaskus būs Sīrijas galva, un Recins Damaskus galva, un vēl būs sešdesmit pieci gadi, tad Efraīms taps satriekts, ka vairs nebūs tauta.
किनभने अरामको मुख्‍यालय दमसकस हो र दमसकसको मुखिया रेसीन हो । पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।
9 Un Samarija būs Efraīma galva, un Remalijas dēls Samarijas galva. Ja neticēsiet, tad nepastāvēsiet.
एफ्राइमको मुख्‍यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्‍वासमा दृढ रहँदैनौ भने, निश्‍चय नै तिमी सुरक्षित हुनेछैनौ ।”
10 Un Tas Kungs runāja vēl uz Ahazu un sacīja:
परमप्रभुले फेरि आहाजसँग बोल्नुभयो,
11 Prasies kādu zīmi no Tā Kunga, sava Dieva, prasi to, vai dziļi dziļumā vai augsti augstumā! (Sheol h7585)
“परमप्रभु आफ्‍ना परमश्‍वरसँग एउटा चिन्ह माग् । गहिराइमा भए पनि वा उच्‍चाइमा पनि यो माग् ।” (Sheol h7585)
12 Tad Ahazs sacīja: es neprasīšu, es arī To Kungu nekārdināšu.
तर आहाजले भने, “म माग्‍नेछैन, न त म परमप्रभुको जाँच नै गर्नेछु ।”
13 Tad viņš sacīja: klausiet jel, jūs no Dāvida nama, vai tas jums vēl maz, kaitināt cilvēkus, ka nu arī kaitinājiet manu Dievu?
त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन र? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ र?
14 Tādēļ Tas Kungs pats jums dos zīmi: redzi, jumprava būs grūta un dzemdēs dēlu un nosauks viņa vārdu Immanuel (Dievs ar mums).
यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।
15 Sviestu un medu viņš ēdīs, kad viņš zin ļaunu atmest un labu uzņemt.
जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्‍न जान्‍दछन्, तब उनले दही र मह खानेछन् ।
16 Jo pirms tas puisītis zin ļaunu atmest un labu uzņemt, zeme būs izpostīta, no kuras diviem ķēniņiem tev bailes.
किनकि बालकले खराबलाई इन्कार गर्न र असललाई रोज्‍न जान्‍नुअघि नै तिमी डराएका दुई जना राजाहरूका देश उजाड हुनेछन् ।
17 Un Tas Kungs atvedīs pār tevi un pār taviem ļaudīm un pār tavu tēva namu dienas, kādas nav nākušas no tā brīža, kamēr Efraīms no Jūda ir atkāpies, proti Asīrijas ķēniņu.
परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”
18 Jo tai dienā Tas Kungs pasvilps tām mušām, kas ir Ēģiptes upju galā, un to biti, kas Asīrijas zemē.
त्यस बेला परमप्रभुले झींगालाई मिश्रदेशको खोलादेखि र मौरीलाई अश्शूरको देशदेखि सुसेलेर बोलाउनुहुनेछ ।
19 Un tie nāks un apmetīsies visi dziļās ielejās un kalnu gravās un visos ērkšķu krūmos un visās ganībās.
तिनीहरू सबै आउनेछन् र घाँटीहरूमा, चट्टानको चिराहरूभित्र, सबै काँढाका झाङमाथि र सबै चरनहरूमा बस्‍नेछन् ।
20 Tai dienā Tas Kungs ar derētu dzenamu nazi, kas viņpus upes, caur Asīrijas ķēniņu, nodzīs galvu un kāju matus, ir visu bārdu Viņš nodzīs.
त्यस बेला परमप्रभुले युफ्रेटिस नदी पारि अश्‍शूरका राजाकोबाट भाडामा लिइएको छुराले, टाउकाहरू र खुट्टाहरूका रौं खौरनुहुनेछ । त्‍यसले दाह्रीलाई पनि सफा गर्नेछ ।
21 Un tai dienā cilvēks turēs kādu gotiņu un kādas divas aitiņas.
त्यस दिन, एक जना मानिसले एउटा कोरली र दुई वटा भेडा पाल्नेछ,
22 Un tie tik daudz piena dos, ka tas sviestu ēdīs, jo ikkatrs, kas tai zemē atliks, tas ēdīs sviestu un medu.
र तिनीहरूले दिने दूधको प्रशस्‍तताको कारणले, उसले दही खानेछ, किनकि देशमा छोडिएका हरेकले दूध र मह खानेछन् ।
23 Un tai dienā notiks, ka ikkatrā vietā, kur bijuši tūkstoš vīna koki, kas maksāja tūkstoš sudraba gabalus, tur būs ērkšķi un krūmi,
त्यस बेला, हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा, त्‍यहाँ सिउँडी र काँढा बाहेक केही हुनेछैन ।
24 Ka ar bultām un stopiem tur būs jāiet, jo visa tā zeme būs ērkšķi un krūmi.
मानिहरू त्यहाँ धनु लिएर शिकार गर्न जानेछन्, किनभने सबै देश नै सिउँडी र काँढा हुनेछन् ।
25 Un uz visiem tiem kalniem, ko citkārt apkapāja ar kapļiem, tur tu neiesi, bīdamies no ērkšķiem un krūmiem, bet lieli lopi tur staigās, un sīki lopi tos mīdīs.
तिनीहरू सिउँडी र काँढाको डरले खनजोत गरी खेतीपाती गरिएका सबै डाँडाबाट टाढै रहनेछन् । तर यो गाईवस्‍तु र भेडाहरू चर्ने ठाउँ हुनेछ ।

< Jesajas 7 >