< Hozejas 13 >

1 Kad Efraīms runāja, tad cēlās bailes; viņš augsti cēlās iekš Israēla, bet viņš noziedzās caur Baālu un mira.
“जब एफ्राइम बोल्‍थ्‍यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैंलाई इस्राएलमा उच्‍च पार्‍यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्‍यो ।
2 Un nu tie vēl vairāk grēko, un no sava sudraba tie sev taisa elku stabus, dievekļus pēc sava prāta; tas visnotaļ ir kalēju darbs; uz tiem šie runā, cilvēku upurētāji, tie skūpsta teļus.
अब तिनीहरू झन् धेरै पाप गर्छन् । आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन्, सकेसम्‍म राम्रो सिपले ती मूर्तिहरू बनाउँछन्, र ती सबै शिल्पकारका काम हुन् । मानिसहरूले तिनीहरूका बारेमा भन्छन्, ‘बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन् ।’
3 Tādēļ tie būs kā rīta mākoņi un kā rīta rasa, kas izzūd kā pelavas no klona, un kā dūmi no skursteņa top aizdzīti.
यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्‍कने धूवाँझैं हुनेछन् ।
4 Bet Es esmu Tas Kungs, tavs Dievs, kamēr no Ēģiptes zemes, un Dieva bez manis tu nepazīsti neviena, un Pestītāja bez Manis nav neviena.
तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ ।
5 Es par tevi zināju tuksnesī, tai sausā zemē.
उजाड-स्‍थानमा, अति सुक्‍खा भूमिमा नै, मैले तिमीहरूलाई चिनें ।
6 Kad tiem bija ganība, tad tie pieēdās; kad tie bija pieēdušies, tad viņu sirds lepojās, tāpēc tie Mani aizmirsa.
जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।
7 Tādēļ Es tiem paliku kā lauva, kā pardelis Es glūnēju uz ceļa.
तिनीहरूका निम्ति म एउटा सिंहझैं हुनेछु, र चितुवाझैं म तिनीहरूको बाटोभरि ढुक्‍नेछु ।
8 Es tos sastapšu kā lācis, kam bērni laupīti, un saplosīšu viņu cieto sirdi, Es tos tur aprīšu kā lauva; tie zvēri virs zemes tos saplosīs.
छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ ।
9 Tas tev par postu, Israēl, ka tu esi pret Mani, pret savu palīgu.
ए इस्राएल, म तँलाई नष्‍ट गर्नेछु । कसले तँलाई सहायता गर्नेछ?
10 Kur nu ir tavs ķēniņš? Lai tas tev palīdz visās tavās pilsētās! Un kur tavi tiesneši, par kuriem tu sacīji: dod man ķēniņu un virsniekus?
तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’?
11 Es tev devu ķēniņu savā dusmībā un to esmu atņēmis savā bardzībā.
मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ ।
12 Efraīma noziegumi ir sakrāti, viņa grēki ir glabāti.
एफ्राइमको अपराध थुप्रिएको छ । त्यसको पाप थुप्रिएको छ ।
13 Viņam nāks dzemdētājas sāpes; viņš ir negudrs bērns, jo tas laikā neiet mātes ceļā.
प्रसवको पीडा त्यसमाथि आउनेछ, तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन ।
14 Es tos atpestīšu no elles, Es tos atsvabināšu no nāves. Nāve, kur ir tavs mēris, elle, kur ir tavs posts! Žēlums nebūs priekš Manām acīm. (Sheol h7585)
के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु र? ए मृत्‍यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।” (Sheol h7585)
15 Lai viņš arī augļus nes brāļu vidū, bet rīta vējš nāks, Tā Kunga vējš celsies no tuksneša, un viņa aka izkaltīs, un viņa avots izsīks; šis laupīs mantu un visus dārgumus.
एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।
16 Samarija ies postā, jo tā savam Dievam ir turējusies pretī, tā kritīs caur zobenu, viņu bērni taps satriekti un viņu grūtās sievas taps uzšķērstas.
सामरिया दोषी ठहरिनेछ, किनकि त्यसले आफ्नो परमेश्‍वरको विरुद्धमा विद्रोह गरेको छ । तिनीहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका जवान छोराछोरीलाई पछारेर टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन् ।

< Hozejas 13 >