< Ezras 6 >
1 Tad ķēniņš Dārijs pavēlēja un sūtīja grāmatu namā, kur mantas tika noliktas Bābelē.
त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए ।
2 Un Akmetas pilī, kas Medenes valstī, atrada satītu grāmatu, kur tā bija rakstīts par piemiņu:
मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः
3 Ķēniņa Kirus pirmā gadā ķēniņš Kirus pavēlēja par Dieva namu Jeruzālemē: lai uztaisa to namu par vietu, kur upurus upurē, un viņa pamatam būs stipram būt; viņa augstums lai ir sešdesmit olektis un viņa platums sešsimt olektis,
“राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो, 'बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्,
4 Trīs sienas lai ir no cirstiem akmeņiem un viena siena no jauniem baļķiem. Un to maksu būs dot no ķēniņa nama.
चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।
5 Un Dieva nama zelta un sudraba traukus būs atdot ko NebukadNecars no Dieva nama, kas Jeruzālemē, aizvedis un uz Bābeli novedis, ka tie nāk atkal uz Dieva namu Jeruzālemē, savā vietā, un tos būs nest Dieva namā.
अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्वरको मन्दिरमा राख्नुपर्छ ।'
6 Tad nu, Tatnaj, tu zemes valdītājs viņpus upes, tu ŠetarBoznaj ar saviem biedriem, tiem Avarzaķiešiem, kas viņpus upes, turaties tālu nost no viņiem.
अब यूफ्रेटिस नदीपारिकप प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू अलग बसून् ।
7 Ļaujat tiem vaļu, pie šī Dieva nama strādāt, ka Jūdu zemes valdītājs un Jūdu vecaji uzceļ to Dieva namu savā vietā.
परमेश्वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्वरको मन्दिर बनाउनेछन् ।
8 Vēl no manis top pavēlēts, kas jums jādara Jūdu vecajiem pie šā Dieva nama uzcelšanas, proti, ka no ķēniņa mantas, no muitas viņpus upes būs tikuši(pilnu un bez kavēšanās) maksu dot šiem vīriem, ka tie netop aizkavēti.
परमेश्वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।
9 Un visu, ko tiem vajag, jaunus vēršus, aunus un jērus par dedzināmiem upuriem tam debesu Dievam, kviešus, sāli, vīnu un eļļu, pēc Jeruzālemes priesteru vajadzības, - to viņiem būs ikdienas dot bez atraušanas,
तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।
10 Lai tie upurē upurus par saldu smaržu tam debesu Dievam, un lūdz par ķēniņa un viņa bērnu dzīvību.
यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।
11 Vēl no manis top pavēlēts, ja kas šo vārdu pārkāps, tad no viņa nama būs baļķi ņemt un uzcelt un viņu pie tā pakārt, un viņa namu būs sagāzt gruvešos.
कसैले यस आदेशलाई उल्लङ्घन गर्यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्नावशेषको थुप्रोमा परिणत गरियोस् ।
12 Bet tas Dievs, kam vārds tur mājo, lai gāž zemē visus ķēniņus un ļaudis, kas savas rokas izstiepj, pretī turēties un postīt to Dieva namu Jeruzālemē. Es Dārijs to esmu pavēlējis, to tikuši(rūpīgi) būs darīt.
त्यस ठाउँमा आफ्नो नाउँ राख्नुहुने परमेश्वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्वरको यस मन्दिरलाई नष्ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।”
13 To nu tikuši(rūpīgi) darīja Tatnajs, zemes valdītājs viņpus upes un ŠetarBoznajs ar saviem biedriem, - tā kā ķēniņš Dārijs bija sūtījis.
तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे ।
14 Un Jūdu vecaji būvēja, un darbs labi izdevās pēc pravieša Hagaja un Zaharijas, Idus dēla, sludināšanas. Un tie to uztaisīja un pabeidza pēc Israēla Dieva pavēles un pēc Kirus, Dārija un Artakserksus, Persiešu ķēniņu, pavēles.
यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्नति गरे । इस्राएलका परमेश्वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्नो भवन बनाएर सिद्ध्याए ।
15 Un šo namu pabeidza Adara mēneša trešā dienā; tas bija ķēniņa Dārija valdīšanas sestais gads.
राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो ।
16 Un Israēla bērni, priesteri un leviti un tie citi no cietuma pārnākušie iesvētīja šo Dieva namu ar prieku,
इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।
17 Un upurēja pie šā Dieva nama iesvētīšanas simts vēršus, divsimt aunus, četrsimt jērus un divpadsmit āžus par grēku upuri priekš visa Israēla, pēc Israēla cilšu skaita.
परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो ।
18 Un iecēla priesterus viņu kārtās un levitus viņu kārtās Jeruzālemes Dieva kalpošanai, kā rakstīts Mozus grāmatā.
मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।
19 Tie no cietuma pārnākušie turēja arī Pasa svētkus pirmā mēneša četrpadsmitā dienā.
यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार-चाड मनाए ।
20 Jo priesteri un leviti bija šķīstījušies, un visi bija šķīsti kā viens vienīgs vīrs, un tie nokāva tos Pasa jērus priekš visiem no cietuma pārnākušiem un priekš saviem brāļiem, tiem priesteriem, un priekš sev pašiem.
पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।
21 Tā Israēla bērni, kas no svešuma bija pārnākuši, to ēda līdz ar visiem, kas no tās zemes pagānu nešķīstības bija atšķīrušies un tiem piebiedrojušies, meklēdami To Kungu, Israēla Dievu.
निस्तारको मासु खाने इस्राएलका मानिसहरूमा निर्वासनबाट फर्केका र देशका मानिसहरूको अशुद्धताबाट आफूलाई अलग राखेका अनि इस्राएलका परमप्रभु परमेश्वरको अनुसरण गरेकाहरू थिए ।
22 Un tie turēja neraudzētās maizes svētkus septiņas dienas ar prieku. Jo Tas Kungs tos bija priecīgus darījis un uz tiem pagriezis Asīrijas ķēniņa sirdi, ka viņu rokas tapa stiprinātas pie Dieva, Israēla Dieva, nama darba.
तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो ।