< Ecechiela 7 >

1 Un Tā Kunga vārds uz mani notika sacīdams:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Un tu, cilvēka bērns, tā Tas Kungs Dievs saka par Israēla zemi: gals, gals nāk pār tiem četriem zemes stūriem!
“ए मानिसको छोरो—इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।“'अन्‍त्‍य! देशका चारै सिमानामा अन्‍त्‍य आइपुगेको छ ।
3 Nu nāk gals pār tevi, jo Es sūtīšu savu dusmību pret tevi, un tevi sodīšu pēc taviem ceļiem un atmaksāšu tev par visām tavām negantībām.
अब अन्‍त्‍य तँमाथि आएको छ, किनकि म आफ्‍नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्‍याय गर्नेछु । तब तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि नै ल्याउनेछु ।
4 Un Mana acs tevi nežēlos, un Es netaupīšu, bet Es tev darīšu pēc taviem ceļiem, un atmaksāšu tavas negantības, un jūs samanīsiet, ka Es esmu Tas Kungs.
किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌ ।
5 Tā saka Tas Kungs Dievs: nelaime, redzi, nelaime vien nāk!
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विपत्ति! विशेष विपत्ति! हेर्, त्‍यो आउँदैछ ।
6 Gals nāk, gals nāk, tas ir uzmodies pret tevi, redzi, tas nāk!
अन्‍त्‍यचाहिं साँच्‍चै नै आउँदैछ । अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ!
7 Tavs liktenis nāk, zemes iedzīvotājs. Laiks nāk, diena ir tuvu, troksnis, ne gaviles uz kalniem.
तिमीहरू जो देशमा बस्‍छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्‍दित हुनेछैनन् ।
8 Nu Es drīz gribu izgāzt Savu bardzību pār tevi un izdarīt Savu dusmību pret tevi un tevi sodīt pēc taviem ceļiem un atmaksāt tev visas tavas negantības.
अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्‍याउनेछु । तेरो चालअनुसार म न्‍याय गर्नेछु, र तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि ल्याउनेछु ।
9 Un Mana acs nežēlos, un Es netaupīšu; pēc taviem ceļiem Es tev došu un tavas negantības Es tev atmaksāšu, un jūs samanīsiet, ka Es esmu Tas Kungs, kas sit.
किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्‍नेछैन । जस्‍तो तैंले गरेको छस् तेस्‍तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्‍नेछस्‌ ।
10 Redzi, diena, redzi, tā nāk, liktenis nāk; rīkste zied, lepnība zaļo.
हेर्, त्‍यो दिन! हेर्, त्‍यो आउँदैछ । तेरो सर्वनाश निस्‍केर आएको छ । लट्ठी फुलेको छ, अहङ्कारको कोपिला लागेको छ!
11 Varas darbs ir uzaudzis par rīksti bezdievībai, neviens no tiem neatliksies, neviens no viņu draudzes, neviens no viņu pulka, nekādas žēlabas par tiem.
हिंसा बढेर दुष्‍टताको लठ्ठी भएको छ—तिमध्‍ये कुनै पनि, ति भीडमध्‍ये कुनै पनि, तिनका धन-सम्‍पत्तिमध्‍ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्‍य चीज छोडिनेछैन!
12 Laiks nāk, diena nāk. Lai pircējs nepriecājās, un pārdevējs lai nenoskumst; jo bardzība nāk pār visu viņas draudzi.
समय आउँदैछ । दिन नजिकै आएको छ । किन्‍नेले आनन्‍द नगरोस्, बेच्‍नेले शोक नगरोस्, किनकि मेरो क्रोध जम्‍मै भीडमाथि परेको छ!
13 Jo pārdevējs neatdabūs, ko pārdevis, jebšu vēl dzīvos; jo tā parādīšana nebūs velti notikusi pār visu viņas draudzi, un neviens, kas noziegumā, neizglābs savu dzīvību.
किनकि जहिलेसम्‍म ती दुवै बाँच्‍नेछन्, बेच्‍ने आफूले बेचेको जमिनमा फर्केर आउनेछैन, किनभने समस्‍त भीडको बारेमा यो दर्शन बद्‌लिनेछैन । अनि तिनीहरूका पापहरूका कारणले तिमध्ये कोही पनि बलियो पारिनेछैन!
14 Lai pūš ar trumetēm un visu dara gatavu, tomēr nebūs, kas ies karā; jo mana dusmība ir pār visu viņas draudzi.
तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्‍मै भीडमाथि छ ।
15 Zobens ir ārā, un mēris un bads ir iekšā. Kas laukā, tas nomirs caur zobenu, un kas pilsētā, to aprīs bads un mēris.
घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन्‌ । खेतमा हुनेहरू तरवारले मारिनेछन्‌, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌ ।
16 Un viņu bēgļi, kas izbēg, būs kalnos un visi vaidēs kā baloži ielejā, ikkatrs sava nozieguma dēļ.
तर तिमध्येबाट केही बाँचेर उम्‍कनेछन्, र तिनीहरू पर्वतहरूमा जानेछन् । तिनीहरू सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन्—हरेक मानिसले आ-आफ्‍ना अधर्मको निम्ति शोक गर्नेछ ।
17 Visas rokas nogurs un visi ceļi sašļuks.
हरेक हात शिथिल हुनेछ र हरेक घुँडा पानीझैं निर्बल हुनेछ,
18 Tie apvilks maisus, un bailība tos apklās, un pār visiem viņu vaigiem būs kauns un visas viņu galvas būs plikas.
र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्‌ र त्रासले तिनीहरूलाई ढाक्‍नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।
19 Tie izmetīs savu sudrabu uz ielām, un viņu zelts būs par sūdiem, viņu sudrabs un viņu zelts tos nevarēs izglābt Tā Kunga dusmības dienā. Ar to tie nepieēdinās savu dvēseli, nedz pildīs savu vēderu; jo tas tiem bija par apgrēcību, ka noziedzās.
तिनीहरूले आफ्‍ना चाँदी गल्‍लीहरूमा फाल्‍नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्‍तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन्‌ । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्‍ने ढुङ्गो बनेको छ ।
20 Ar savu skaisto glītumu tie dzinuši lepnību, un no tā taisījuši savus negantos tēlus, savus riebīgos elkus. Tāpēc Es to tiem esmu darījis par sūdiem.
आफ्‍ना सुन्दर गरगहनामा तिनीहरूले घमण्‍ड गरे, र तीबाट तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्‍ति अशुद्ध थोकमा परिणत गरिदिनेछु ।
21 Un Es to nodošu svešiem rokā par laupījumu, un bezdievīgiem virs zemes, ka tie to laupa un ka tie to sagāna.
तब म ती थोकहरू विदेशीहरू र दुष्‍टका हातमा लुटका रूपमा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन्‌ ।
22 Un Savu vaigu Es no tiem gribu nogriezt, ka tie Manu mantu sagāna, un postītāji pār to nāks un to sagānīs.
तब तिनीहरूले मेरो वास्ता गरिएको ठाउँलाई बिटुलो पार्दा तिनीहरूदेखि म आफ्‍नो अनुहार फर्काउनेछु । लुटेराहरू त्‍यहाँ पस्‍नेछन् र त्‍यसलाई बिटुलो पार्नेछन्‌ ।
23 Taisi ķēdes, jo zeme ir pilna asins grēku, un pilsēta pilna varas darbu.
साङ्‌ला बनाओ, किनभने देश रगतको न्यायले भरिएको छ, र सहर हिंसाले भरिएको छ ।
24 Tāpēc Es atvedīšu no pagāniem tos niknākos, tie viņu namus iemantos, un to vareno lepnībai Es darīšu galu, viņu svētekļi tiks sagānīti.
यसैले म सबैभन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌ ।
25 Posts klāt; mieru meklēs, bet nav.
त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।
26 Bēdas nāks pār bēdām un vēsts pār vēsti; tad meklēs parādīšanas no praviešiem, bet bauslība iznīks priesteriem un padoms vecajiem.
विपद्‌माथि विपद्‌ आउनेछ, र त्‍यहाँ हल्‍लामाथि हल्‍ला हुनेछ । तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्‍नेछन्‌, तर पुजारीबाट व्‍यवस्‍था र धर्म-गुरुहरूबाट सल्‍लाह नष्‍ट हुनेछ ।
27 Ķēniņš bēdāsies, un lielkungi būs apģērbti ar izbailēm, un tās zemes ļaudīm rokas nogurs. Es tiem darīšu pēc viņu ceļiem un pēc viņu nopelna Es tos gribu sodīt, un tie samanīs, ka Es esmu Tas Kungs.
राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

< Ecechiela 7 >