< Ecechiela 45 >
1 Kad jūs nu to zemi izdalīsiet par mantību, tad jums Tam Kungam būs upurēt cilājamu upuri no zemes, vienu svētu zemes daļu, divdesmit un pieci tūkstoši mērojamas kārtis garumā un desmit tūkstoši platumā; tā būs viena svēta daļa visās savās ežās(robežās) visapkārt.
उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिठ्ठा हाल्छौ, तब तिमीहरूले परमप्रभुको निम्ति एउटा जग्गा अलग गर्नू । यो दानको जग्गा पच्चीस हजार हात लामो र दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ । त्यो र त्यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ ।
2 No tā tai svētai vietai piederēs pa piecsimt (mērojamām kārtīm) četriem stūriem visapkārt, un piecdesmit olektis būs par apgabalu visapkārt.
यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ ।
3 Tā tev no šī mēra būs mērot garumu divdesmit un piectūkstoš, un platumu desmit tūkstošus (mērojamās kārtis), un tur būs tā svētā vieta ar to visu svētāko vietu.
यस क्षेत्रबाट तिमीहरूले पच्चीस हजार हात लमाइ र दश हजार हात चौडाइ नाप्नू । त्योचाहिं पवित्र-स्थान, र महा-पवित्र स्थान हुनेछ ।
4 Šī būs tās zemes svētā daļa, un būs priekš tiem priesteriem, kas kalpo svētā vietā, kas nāk klāt Tam Kungam kalpot, un tā tiem būs vieta priekš namiem, un svēta vieta atšķirta priekš tā svētuma.
योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।
5 Bet divdesmit un piectūkstoš (mērojamas kārtis) garumā un desmit tūkstošus platumā lai ir par daļu levitiem, tā nama sulaiņiem, priekš pilsētām, kur dzīvot.
यसरी त्यो पच्चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्यो हुनेछ ।
6 Un pilsētai jums būs dot zemes gabalu, piectūkstoš (mērojamas kārtis) platumā un divdesmit un piectūkstoš garumā, sānis tam svētam zemes gabalam; tas būs priekš visa Israēla nama.
सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा र पच्चीस हजार हात लामो होस् । त्योचाहिं पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ । यो सहर इस्राएलका सबै घरानाको हुनेछ ।
7 Un valdniekam lai ir sava daļa tā svētā zemes gabala un tās pilsētas daļas šinī un viņā pusē, tā svētā zemes gabala un tās pilsētas daļas vakarā pusē pret vakara pusi un rīta pusē pret rīta pusi, un tas garums lai ir blakām vienai no šīm daļām, no vakara puses līdz rīta pusei.
शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।
8 (Šis) zemes (gabals) tam lai ir par daļu iekš Israēla, un mani valdnieki lai nedara vairs grūti maniem ļaudīm, bet lai Israēla namam to zemi atstāj pēc viņu ciltīm.
यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् ।
9 Tā saka Tas Kungs Dievs: lai tas jums pietiek, Israēla valdnieki! Atstājat varas darbu un postīšanu un dariet tiesu un taisnību, neizdzenāt vairs Manus ļaudis, saka Tas Kungs Dievs.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अब अति भयो, इस्राएलका शासकहरू हो! हिंसा र झैं-झगडा हटाओ । न्याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ! यो परमप्रभु परमेश्वरको घोषणा हो ।
10 Jums būs turēt taisnu svaru un taisnu ēfu un taisnu batu.
तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ!
11 Êfa un bats lai ir vienādi, tā ka bats ir desmitā tiesa no viena homera, un ēfa ir desmitā tiesa no viena homera; viņas mērs lai ir pēc homera.
एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्दो हुनेछ ।
12 Un vienam sēķelim būs turēt divdesmit ģera. Pieci sēķeļi lai ir pieci un desmit sēķeļi lai ir desmit, un piecpadsmit sēķeļi lai jums ir viena mīne.
शेकेलचाहिं बिस गेरा होस् । साठी शेकेलको एक मीना हुनेछ ।
13 Šis ir tas cilājamais upuris, ko jums būs cilāt, vienas ēfas sesto tiesu no viena homera kviešu, - jums arī būs dot vienas ēfas sesto tiesu no viena homera miežu.
तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।
14 Un par eļļu ir šis tas likums: no bata eļļas jums būs upurēt viena bata desmito tiesu no viena kora, tas ir viens homers no desmit batiem, jo desmit bati ir viens homers.
तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ (एक कोर दश बाथ हुन्छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो ।
15 Atkal no ganāmā pulka pa jēru no divsimt, no Israēla taukām ganībām par ēdamo upuri un dedzināmo upuri un pateicības upuriem, tiem par salīdzināšanu, saka Tas Kungs Dievs.
इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
16 Visiem ļaudīm iekš zemes nāksies šo cilājamo upuri dot priekš Israēla valdnieka.
देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।
17 Un valdniekam pienāksies upurēt dedzināmos upurus un ēdamu upuri un dzeramu upuri svētkos un jaunos mēnešos un svētdienās. Visos augstos Israēla nama svētku laikos viņam grēku upuri un ēdamu upuri un dedzināmu upuri un pateicības upurus būs upurēt Israēla namam par salīdzināšanu.
चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्चित गर्न पापबलि, अन्नबलि, होमबलि, र मेलबलिको प्रबन्ध गर्नेछन् ।
18 Tā saka Tas Kungs Dievs: pirmā mēnesī, pirmā mēneša dienā, tev būs ņemt vienu jaunu vērsi, kas bez vainas, un to svēto vietu svētīt.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।
19 Un priesterim būs ņemt no tām grēku upura asinīm, un slacināt uz nama stenderes un uz altāra pakāpes četriem stūriem un iekšēja pagalma vārtu stenderes.
पुजारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् ।
20 Tāpat tev būs darīt septītā mēneša dienā priekš tiem, kas ir grēkojuši, maldīdamies vai nezinādami; tā jums to namu būs svētīt.
हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्चत गर्नेछौ ।
21 Pirmā mēnesī, četrpadsmitā mēneša dienā jums būs turēt Pasa svētkus; septiņas dienas būs svētīt un neraudzētu maizi ēst.
पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।
22 Un valdniekam tai dienā būs upurēt priekš sevis un visiem ļaudīm iekš zemes vērsi par grēku upuri.
त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।
23 Un tanīs septiņās svētku dienās viņam būs upurēt Tam Kungam par dedzināmo upuri septiņus vēršus un septiņus aunus, kas bez vainas, ikdienas visas septiņas dienas, un ikdienas vienu āzi par grēku upuri.
सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।
24 Un viņam būs nest par ēdamu upuri vienu ēfu pie vērša un vienu ēfu pie auna un vienu innu eļļas pie ēfas.
अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।
25 Un septītā mēnesī, piecpadsmitā mēneša dienā viņam svētkos tāpat būs darīt, septiņas dienas ar tādu pat grēku upuri un dedzināmu upuri un ēdamu upuri un eļļu.
सातौं महिनाको पन्ध्रौं दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्: पापबलि, होमबलि, अन्नबलि, र तेलको बलि ।