< Ecechiela 26 >

1 Un notikās vienpadsmitā gadā, pirmā mēneša dienā, tad Tā Kunga vārds notika uz mani sacīdams:
यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Cilvēka bērns! Tāpēc ka Tirus par Jeruzālemi sacījis: redzi, tautu vārti ir nolauzti, nu pie manis griežas, es nu pildīšos, viņa ir postīta!
“ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्‍केका छन् । त्‍यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्‍यो भग्‍नावशेष भएको छ ।'
3 Tādēļ tā saka Tas Kungs Dievs: redzi, Es celšos pret tevi, ak Tiru, un atvedīšu pagānu pulkus pret tevi, kā jūra ceļas ar saviem viļņiem.
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्‍याउनेछु ।
4 Tie postīs Tirus mūrus un nolauzīs viņa torņus, un Es nomēzīšu viņa pīšļus no viņa un to darīšu par kailu klinti
उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन्, र त्‍यसका धरहराहरू ढाल्‍नेछन्‌ । म त्‍यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु ।
5 Kur tīklus izplētīs jūras vidū; jo es to esmu runājis, saka Tas Kungs Dievs; un tas būs tautām par laupījumu.
त्‍यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— र त्‍यो जातिहरूका निम्‍ति लूटको माल हुनेछ ।
6 Un viņa ciemi laukā ar zobenu taps apkauti un samanīs, ka Es esmu Tas Kungs.
मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्‌, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।
7 Jo tā saka Tas Kungs Dievs: redzi, Es atvedīšu pret Tiru NebukadNecaru, Bābeles ķēniņu, to ķēniņu ķēniņu no ziemeļiem, ar zirgiem un ratiem un jātniekiem un lieliem ļaužu pulkiem.
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।
8 Viņš apkaus tavus ciemus laukā ar zobenu un taisīs pret tevi bulverķus un uzmetīs pret tevi valni un uzcels pret tevi sedzamas bruņas.
त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।
9 Un viņš cels savus āžus pret taviem mūriem un nolauzīs tavus torņus ar saviem dzelzs ieročiem.
तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ ।
10 Putekļi no viņa zirgu pulka tevi apklās. Tavi mūri drebēs no jātnieku un riteņu un ratu trokšņa, kad viņš ieies pa taviem vārtiem, kā ieiet salauztā pilsētā.
त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।
11 Viņš samīs ar savu zirgu nagiem visas tavas ielas; tavus ļaudis viņš nokaus ar zobenu un nogāzīs pie zemes tavus stipros pīlārus.
त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।
12 Un tie laupīs tavu padomu un postīs tavas preces un nolauzīs tavus mūrus un apgāzīs tavus skaistos namus un nometīs tavus akmeņus un tavus kokus un tavus pīšļus ūdenī.
उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।
13 Tad Es darīšu galu tavu dziesmu skaņai un tavu kokļu balsi vairs nedzirdēs.
तेरो गीतको हल्ला म बन्‍द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।
14 Un Es tevi darīšu par kailu klinti, tu būsi vieta, kur izplēst tīklus, tu vairs netapsi uztaisīts; jo Es, Tas Kungs, to esmu runājis, saka Tas Kungs Dievs.
म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्‍नेछस्‌ । फेरि कहिल्‍यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्‍वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
15 Tā saka Tas Kungs Dievs pret Tiru: vai tās salas no tavas krišanas trokšņa netrīcēs, kad ievainotie vaidēs, kad kautin kausies tavā vidū?
परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन्‌ र?
16 Un visi jūras lielkungi nokāps no saviem goda krēsliem un nometīs savus svārkus un novilks savas izrakstītās drēbes; tie apģērbsies ar trīcēšanu, apsēdīsies zemē un ik acumirkli drebēs un iztrūcināsies par tevi.
तब समुद्र किनारका सबै जना शासक आ-आफ्‍ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌ । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्‍नेछन्, र हरेक क्षण काम्‍नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन्‌ ।
17 Un tie par tevi sāks raudu dziesmu un uz tevi sacīs: Ak vai, kā tu esi bojā gājusi, ļaužu pilnā jūras pilsēta, tu slavenā pilsēta, kas bija varena uz jūras, pati un viņas iedzīvotāji, kas izbiedēja visus, kas gar viņu dzīvoja!
तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्‍ट भइस्‌ । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।
18 Nu salas trīc tavas krišanas dienā, tiešām salas jūrā dreb par tavu galu.
अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌ । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन्‌ ।'
19 Jo tā saka Tas Kungs Dievs: kad Es tevi darīšu par postītu pilsētu, tā kā tās pilsētas, kur vairs nedzīvo, kad Es jūru pār tevi vedīšu, un liels ūdens tevi apklās,
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्‍याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्‍छन्,
20 Tad Es tevi metīšu zemē pie tiem, kas grimuši bedrē, pie tiem senajiem ļaudīm, un Es tevi nostumšu zemē, apakšējās un tukšās zemes vietās mūžīgi, pie tiem, kas nogrimuši bedrē, tā ka iekš tevis nedzīvos; bet jaukumu Es celšu dzīvo zemē.
तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ ।
21 Es tev darīšu briesmīgu galu, un tu vairs nebūsi; kad tevi meklēs, tad tevi ne mūžam vairs neatradis, saka Tas Kungs Dievs:
तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्‍ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

< Ecechiela 26 >