< Otra Mozus 4 >
1 Tad Mozus atbildēja un sacīja: bet redzi, viņi man neticēs nedz klausīs manai balsij, jo tie sacīs: Tas Kungs tev nav parādījies.
मोशाले जवाफ दिए, “तर तिनीहरूले विश्वास गरेनन् वा मेरो कुरा नसुनी 'परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन' भनेमा के गर्ने नि?”
2 Un Tas Kungs uz to sacīja: kas tev tavā rokā?
परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो हातमा के छ?” मोशाले भने, “लट्ठी ।”
3 Un tas sacīja: zizlis. Tad Viņš sacīja: met to zemē! Un tas to meta zemē; tad tas kļuva par čūsku, un Mozus bēga no viņas.
परमप्रभुले भन्नुभयो, “त्यसलाई भुइँमा फाल् ।” मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो । मोशा दौडेर भागे ।
4 Tad Tas Kungs sacīja uz Mozu: izstiep savu roku un satver to pie astes! Un tas izstiepa savu roku un to satvēra; tad tā atkal kļuva par zizli viņa rokā.
परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात पसारेर त्यसको पुच्छर समात् ।” त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते । त्यो फेरि तिनको हातमा लट्ठी भयो ।
5 Tāpēc viņi ticēs, ka tev Tas Kungs ir parādījies, viņu tēvu Dievs, Ābrahāma Dievs, Īzaka Dievs un Jēkaba Dievs.
“तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्वास गरून् भन्नाका लागि यो चिन्ह हुनेछ ।”
6 Un Tas Kungs vēl tam sacīja: bāz jel savu roku azotē! Un tas iebāza savu roku azotē un to izvilka, un redzi, tā roka bija spitālīga kā sniegs.
परमप्रभुले तिनलाई यसो पनि भन्नुभयो, “अब तेरो हात आफ्नो खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे । तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्ठरोग लागेको थियो ।
7 Un Viņš sacīja: bāz atkal savu roku azotē! Un tas iebāza savu roku azotē un to izvilka no azotes, un redzi, tā bija atkal kā viņa cita miesa.
परमप्रभुले भन्नुभयो, “फेरि तेरो हात खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो ।
8 Un ja viņi tev neticēs un neklausīs pie tās pirmās zīmes, tad viņi tev ticēs pie tās otrās zīmes.
परमप्रभुले भन्नुभयो, “तिनीहरूले मेरो शक्तिको पहिलो चिन्हलाई ध्यान दिएनन् वा विश्वास गरेनन् भने तिनीहरूले दोस्रो चिन्हलाई विश्वास गर्नेछन् ।
9 Un ja viņi arī neticēs šīm divām zīmēm un neklausīs tavai balsij, tad ņem ūdeni no upes un izlej to uz sausumu, tad tas ūdens, ko tu no upes ņemsi, paliks par asinīm uz sausuma.
तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्नेछ ।”
10 Tad Mozus sacīja uz To Kungu: Ak Kungs! es neesmu runātājs, nedz vakar, nedz aizvakar, nedz no tā laika, kad tu uz Savu kalpu esi runājis, jo man ir grūta valoda un grūta mēle.
तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।”
11 Tad Tas Kungs uz to sacīja: kas cilvēkam muti devis? Jeb kas dara mēmu vai kurlu vai redzīgu vai aklu? Vai ne Es, Tas Kungs?
परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र?
12 Un nu ej, Es būšu ar tavu muti un tev mācīšu, kas tev jārunā.
त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्ने भनी तँलाई सिकाउनेछु ।”
13 Tad viņš sacīja: ak Kungs, sūti jel kādu sūtīdams!
तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।”
14 Tad Tā Kunga dusmība iedegās par Mozu un viņš sacīja: vai Ārons, tas Levits, nav tavs brālis? Es zinu, ka tas skaidri runā. Un redzi, tas izies tev pretī un priecāsies savā sirdī, tevi redzēdams.
तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ ।
15 Tad tev būs runāt uz viņu un tos vārdus likt viņa mutē, un Es būšu ar tavu muti un ar viņa muti, un Es jūs mācīšu, kas jums jādara.
तँ त्योसित कुरा गर् र त्यसले भन्नुपर्ने कुरा त्यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु ।
16 Un viņam priekš tevis būs runāt uz tiem ļaudīm, viņam būs tev būt par muti, un tev būs viņam būt par Dievu.
त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ । त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्वर हुनेछस् ।
17 Un ņem šo zizli savā rokā, ar to tev būs tās zīmes darīt.
तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।”
18 Tad Mozus nogāja un atgriezās pie sava tēvoča Jetrus un uz to sacīja: laidi mani iet atpakaļ pie saviem brāļiem, kas Ēģiptes zemē, un raudzīt, vai tie vēl dzīvi. Tad Jetrus sacīja uz Mozu: ej ar mieru.
त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”
19 Tas Kungs vēl sacīja uz Mozu Midijanā: ej atpakaļ uz Ēģiptes zemi, jo visi tie vīri ir miruši, kas tavu dzīvību meklēja.
परमप्रभुले मिद्यानमा मोशालाई भन्नुभयो, “फर्केर मिश्रमा जा किनकि तेरो जीवन लिन खोज्नेहरू सबै मरिसकेका छन् ।”
20 Tad Mozus ņēma savu sievu un savus dēlus un tiem lika jāt uz ēzeļiem un griezās atpakaļ uz Ēģiptes zemi; un Mozus ņēma to Dieva zizli savā rokā.
आफ्नी पत्नी र आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे । तिनी मिश्र देशमा फर्के र तिनले परमेश्वरको लट्ठी आफूसँगै लगेका थिए ।
21 Un Tas Kungs sacīja uz Mozu: kad tu nu ej atpakaļ uz Ēģiptes zemi, tad pielūko, ka tu dari visus tos brīnumus, ko Es tev esmu devis Faraona priekšā; tomēr Es viņa sirdi apcietināšu, ka viņš tos ļaudis neatlaidīs.
परमप्रभुले मोशालाई भन्नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।
22 Tad tev būs sacīt uz Faraonu: tā saka Tas Kungs: Israēls ir Mans dēls, Mans pirmdzimtais;
तैँले फारोलाई यसो भन्नू, “परमप्रभु यसो भन्नुहुन्छ, 'इस्राएल मेरो जेठो छोरो हो,
23 Un Es tev esmu sacījis: atlaid Manu dēlu, ka tas Man kalpo, bet tu esi liedzies viņu atlaist; redzi, Es nokaušu tavu dēlu, tavu pirmdzimto.
र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।”
24 Un kad viņš uz ceļa bija naktsmājās, tad Tas Kungs viņam nāca pretī un meklēja viņu nokaut.
अब बाटोमा बास बस्ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो ।
25 Un Cipora ņēma asu akmeni un apgraizīja sava dēla priekšādu un aizskāra viņa kājas un sacīja: Tu man esi asins brūtgāns.
त्यसपछि सिप्पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्यसलाई मोशाको खुट्टामा छुवाइन् ।
26 Tad Viņš no tā atstājās; bet tā sacīja: asins brūtgāns, tās apgraizīšanas dēļ.
तब उनले भनिन्, “निश्चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ ।” त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो । यो खतनाको कारणले “तपाईं मेरो दुलहा हुनुहुन्छ” भनी उनले भनिन् ।
27 Tad Tas Kungs sacīja uz Āronu: ej Mozum pretī uz tuksnesi. Un viņš gāja un to sastapa pie Tā Dieva kalna, un viņš to skūpstīja.
परमप्रभुले हारूनलाई भन्नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा ।” हारून गए र तिनले मोशालाई परमेश्वरको पर्वतमा भेटी चुम्बन गरे ।
28 Un Mozus teica Āronam visus tos vārdus, ar ko Tas Kungs viņu bija sūtījis, un par visām zīmēm, ko Tas viņam bija pavēlējis.
परमप्रभुले मोशालाई भनेर पठाउनुभएका सबै कुरा र देखाउनू भनी आज्ञा गर्नुभएका सबै चिन्हको बारेमा मोशाले हारूनलाई बताए ।
29 Tad Mozus un Ārons gāja un sapulcēja visus Israēla bērnu vecajus.
तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए ।
30 Un Ārons runāja visus tos vārdus, ko Tas Kungs bija sacījis uz Mozu, un viņš darīja tās zīmes to ļaužu priekšā.
परमप्रभुले मोशालाई भन्नुभएका सबै कुरा हारूनले बताए । तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए ।
31 Un tie ļaudis ticēja. Un tie dzirdēja, ka Tas Kungs piemeklējis Israēla bērnus un ka tas redzējis viņu spaidīšanu, un tie klanījās un pielūdza Dievu.
मानिसहरूले विश्वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।