< Salamans Mācītājs 8 >

1 Kas ir kā gudrais un kas zin sacīt, kādas tās lietas ir? Cilvēka gudrība dara gaišu viņa vaigu un viņa bargums pārvēršās.
बुद्धिमान् मानिस को हो? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ र? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ, र उसको मुहारको कठोरता बद्लिन्छ ।
2 Es (saku): liec vērā ķēniņa pavēli, kā tu Dievam esi zvērējis.
राजाको रक्षा गर्ने परमेश्‍वरको शपथको कारण तिनको आज्ञा मान्‍न म तँलाई सल्लाह दिन्छु ।
3 Nesteidzies no viņa vaiga iet nost, netinies nekādā ļaunā darbā; jo visu, ko viņš grib, to viņš dara.
तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।
4 Kur ķēniņa vārds ir, tur ir vara, un kas uz viņu var sacīt: ko tu dari?
राजाको वचनले शासन गर्छ । त्यसले कसले तिनलाई यसो भन्‍न सक्छ, “तपाईं के गर्दै हुनुहुन्छ?”
5 Kas bausli tur, tas neredzēs ļauna; un gudra sirds zin laiku un tiesu.
राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।
6 Jo ikkatram padomam ir savs laiks un sava tiesa; jo cilvēka ļaunums to smagi spiež.
हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्‍टहरू धेरै छन् ।
7 Jo viņš nezin, kas notiks un kas viņam sacīs, kā tas būs?
पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र?
8 Cilvēka nav, kam būtu vara pār garu, to garu aizturēt; viņam arī nav varas pār miršanas dienu, un nav atlaišanas karā; tā arī bezdievība to neizglābs, kas to dara.
सास नै रोक्‍न सक्‍ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन, र त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन । युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन, र दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन ।
9 Visu to es esmu redzējis, un esmu griezis savu sirdi uz ikvienu darbu, ko dara pasaulē. Dažkārt cilvēks pār cilvēku valda sev par nelaimi.
मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।
10 Es arī vēl redzēju bezdievīgus, kas tika aprakti un nāca pie dusas; bet tālu aizgāja no svētās vietas un tika aizmirsti pilsētā, kas bija darījuši taisnību; arī tā ir niecība.
यसरी दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्‍ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।
11 Kad tiesu par ļauno darbu nenes drīzumā, tad cilvēku bērnu sirds paliek droša, ļaunu darīt.
दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।
12 Jebšu grēcinieks simts reizes ļaunu dara un dzīvo ilgi, tomēr es zinu, ka dievbijīgiem labi klāsies, kas priekš viņa bīstas.
पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्‍वरको आदर गर्ने, उहाँको सामु खडा हुने र उहाँलाई आदर दिनेहरूलाई असलै हुने छ भनी मलाई थाहा छ ।
13 Bet bezdievīgam labi neklāsies, un viņš ilgi nedzīvos, tā kā ēna; tādēļ ka viņš priekš Dieva nebīstas.
तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।
14 Niecība ir, kas notiek virs zemes, ka ir taisni cilvēki, kam tā klājās, tā kā būtu darījuši bezdievīgi, un ir bezdievīgi, kam tā klājās, tā kā būtu darījuši taisni; es sacīju: arī tā ir niecība.
पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो ।
15 Tādēļ es slavēju to prieku, ka cilvēkam cita labuma nav pasaulē, kā vien ēst un dzert un priecāties, un tas viņam atlec no viņa pūliņa viņa dzīvības laikā, ko Dievs viņam dod pasaulē.
त्यसैले म प्रसन्‍नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।
16 Kad es apņēmos, gudrību atzīt un ieraudzīt to grūtumu, kas virs zemes notiek, ka dažs ne dienu ne nakti miegu neredz savām acīm.
बुद्धिलाई जान्‍न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,
17 Tad es redzēju visu Dieva darbu, ka cilvēks to darbu nevar izprast, kas notiek pasaulē; jebšu cilvēks darbojās izdomāt, tomēr viņš to neizdibinās, un jebšu arī tas gudrais sacītu, ka viņš to zina, tomēr viņš to nevar atrast.
मैले परमेश्‍वरका सबै कामलाई सोच विचार गरेँ, र सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्‍ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।

< Salamans Mācītājs 8 >