< Salamans Mācītājs 1 >
1 Dāvida dēla, Jeruzālemes ķēniņa, mācības vārdi.
यी वचनहरू एक जना उपदेशकका हुन् जो दाऊदका छोरा र यरूशलेमका राजा थिए ।
2 Niecība vien, saka tas mācītājs, niecība vien, viss ir niecība.
उपदेशक यसो भन्छन्, “तुवाँलोको बाफ र बतासमा भएको मन्द हावाजस्तै हरेक कुरा व्यर्थ छ, जसले धेरै प्रश्न उब्जाउँछ ।
3 Kāds labums cilvēkam atlec no visa viņa grūta darba, ar ko viņš nodarbojās pasaulē.
मानिसले सूर्यमूनि कठिन परिश्रम गर्दा सारा कामबाट उसले के लाभ पाउँछ र?
4 Cits dzimums aiziet un cits dzimums nāk; bet zeme pastāv mūžīgi.
एउटा पुस्ता जान्छ, र अर्को पुस्ता आउँछ, तर पृथ्वीचाहिँ सदासर्वदा रहिरहन्छ ।
5 Saule lec un saule noiet un steidzās uz savu vietu, kur tā atkal uzlec.
सूर्य उदाउँछ, र अस्ताउँछ, अनि आफू उदाएको ठाउँमा चाँडै फर्केर जान्छ ।
6 Vējš iet pret dienasvidu un iet apkārt pret ziemeļa pusi; tas pūš visapkārt griezdamies un riņķī apgriežas atpakaļ.
बतास दक्षिणतिर बहन्छ, र अनि सधैँ उत्तरतिर चक्कर मार्छ । त्यो सधैँ आफ्नो मार्गमा जाने र फर्कने गर्छ ।
7 Visas upes ietek jūrā, tomēr jūra netop pilnāka. Tai vietā, no kurienes upes nāk, turp tās atkal atgriežas atpakaļ.
सबै नदी समुद्रमा बगेर जान्छन्, तर समुद्र कहिल्यै भरिँदैन । जहाँ नदीहरू बहन्छन्, तिनीहरू फेरि त्यहीँ जान्छन् ।
8 Visās lietās ir tik daudz grūtuma, ka neviens to nevar izteikt. Acīm nepietiek redzot, un ausīm nepietiek dzirdot.
हरेक कुरो विरक्तलाग्दो छ, र कसैले यसको वर्णन गर्न सक्दैन । आँखाले जे देख्छ, त्यसबाट यो सन्तुष्ट हुँदैन, न त कानले जे सुन्छ, त्यसबाट यो सन्तुष्ट हुन्छ ।
9 Kas jau ir bijis, tas vēl būs; un kas jau ir darīts, tas vēl taps darīts; un it nekā jauna nav pasaulē.
जे भएको छ, त्यो हुने छ, र जे गरिएको छ, त्यो गरिने छ । सूर्यमूनि केही पनि नयाँ छैन ।
10 Vai ir kas, par ko varētu sacīt: redzi, tas ir jauns? Tas jau ilgi bijis vecos laikos, kas bijuši priekš mums.
के यस्तो कुनै कुरो छ जसको विषयमा 'हेर्, यो त नयाँ छ' भन्न सकिन्छ? जे अस्तित्वमा छ, त्यो लामो समयदेखि अस्तित्वमा रहिआएको छ, हामीभन्दा धेरै पहिले देखि रहँदै आएको छ ।
11 Kas pagājis, netop pieminēts; un kas nāks, to arī nepieminēs tie, kas pēc tam būs.
प्राचीन कालमा भएका कुराहरू कसैले सम्झन्छजस्तो छैन; धेरै पछि भएका कुराहरू र भविष्यमा हुने कुराहरू पनि कसैले सम्झने छजस्तो छैन ।”
12 Es, tas mācītājs, biju ķēniņš pār Israēli Jeruzālemē.
म उपदेशक हुँ, र मैले यरूशलेममा राजा भएर शासन गरेको छु ।
13 Un apņēmos savā sirdī, ar gudrību izmeklēt un izdibināt visu, kas apakš debess notiek. Šo grūto pūliņu Dievs cilvēku bērniem ir uzlicis, lai ar to nopūlējās.
आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्टकर काम हो जुन परमेश्वरले मानिसहरूलाई व्यस्त राख्न दिनुभएको हो ।
14 Es uzlūkoju visus darbus, kas pasaulē notiek, un redzi, viss bija niecība un grābstīšanās pēc vēja.
मैले सूर्यमूनि गरिने सबै काम देखेको छु, र ती सबै व्यर्थ छन् र बतासलाई खेदेजस्तो हो
15 Kas līks, nevar palikt taisns; un kā nav, to nevar skaitīt.
बाङ्गोलाई सोझो बनाउन सकिँदैन । हराएकोलाई गन्न सकिँदैन ।
16 Es runāju savā sirdī un sacīju: redzi, es gudrībā esmu augsti cēlies un pieņēmies vairāk nekā visi, kas priekš manis bijuši Jeruzālemē, un mana sirds ir redzējusi gudrības un zinības papilnam.
मैले मेरो मनलाई यसो भनेको छु, “हेर्, यरूशलेममा मभन्दा अगि भएका सबैले भन्दा मैले धेरै बुद्धि प्राप्त गरेको छु । मेरो मनले धेरै बुद्धि र ज्ञान देखेको छ ।”
17 Un es apņēmos savā sirdī, atzīt gudrību un zinību, neprātību un ģeķību. Bet es samanīju, ka tā ir grābstīšanās pēc vēja.
त्यसैले बुद्धि, पागलपन र मूर्खता जान्न मेरो मन लगाएँ । यो पनि बतासको रेखदेख गर्ने कोसिस रहेछ भनी मैले बुझेँ ।
18 Jo kur daudz gudrības, tur ir daudz grūtības, un jo vairāk atzīšanas, jo vairāk bēdu.
किनकि बुद्धिको प्रशस्ततामा धेरै निराशा हुन्छ, र ज्ञान बढाउनेले पिर बढाउँछ ।