< Daniēla 3 >
1 Ķēniņš Nebukadnecars lika taisīt tēlu no zelta; tam bija augstums sešdesmit olektis, un platums sešas olektis; to viņš uzcēla Bābeles valstī, Duras klajumā.
नबूकदनेसर राजाले तिस मिटर अग्लो र तिन मिटर चौडा एउटा सुनको मूर्ति बनाए । तिनले त्यो बेबिलोन प्रदेशमा दूराको मैदानमा खडा गरे ।
2 Un ķēniņš Nebukadnecars sūtīja un sapulcināja lielkungus, valdītājus, zemes soģus, tiesas kungus, uzraugus, runas kungus, tiesnešus un visus valsts valdniekus, ka tie nāktu, to tēlu iesvētīt, ko ķēniņš Nebukadnecars bija uzcēlis.
त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र सबै उच्च पदस्त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए ।
3 Tad sanāca tie lielkungi, valdītāji, zemes soģi, tiesas kungi, uzraugi, runas kungi, tiesneši un visi valsts valdnieki uz šī tēla iesvētīšanu, ko ķēniņš Nebukadnecars bija uzcēlis, un tie stāvēja tā tēla priekšā, ko Nebukadnecars bija uzcēlis.
तब प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र सबै उच्च पदस्त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए ।
4 Un tas izsaucējs izsauca ar stipru balsi: jums top piekodināts, jūs tautas, ļaudis un valodas,
तब उद्घोषकले ठुलो सोरले कराएर भन्यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्ने, तपाईंहरूलाई यो हुकुम छ,
5 Kad jūs dzirdēsiet bazūnes skaņu un trumetes, kokles, vijoles, somastabules, jaukas dziesmas un visādus mūzikas rīkus, tad jums būs nomesties un to zelta tēlu pielūgt, ko ķēniņš Nebukadnecars uzcēlis.
कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्पसार हुनुपर्छ ।
6 Un kas nenometīsies un nepielūgs, tas tai pašā stundā taps iemests degošā ceplī.
जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ ।”
7 Kad nu visi ļaudis dzirdēja bazūnes skaņu un trumetes, kokles, vijoles, somastabules un visādus mūzikas rīkus, tad visi ļaudis, tautas un valodas nometās un pielūdza to zelta tēlu, ko ķēniņš Nebukadnecars bija uzcēlis.
यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्पसार भए ।
8 Tai pašā laikā kādi Kaldeju vīri piegāja un apsūdzēja Jūdus.
यति बेला केही कल्दीहरू आए र यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए ।
9 Tie iesāka un sacīja uz ķēniņu Nebukadnecaru: lai ķēniņš dzīvo mūžīgi!
तिनीहरूले नबूकदनेसर राजालाई यसो भने, “महाराजा, अमर रहून्!
10 Tu, ķēniņ, esi pavēlējis, ka visiem cilvēkiem, kad tie dzird bazūnes skaņu un trumetes, kokles, vijoles, somastabules, jaukas dziesmas un visādus mūzikas rīkus, būs nomesties un to zelta tēlu pielūgt,
हजुर महाराजाले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने सबै मानिसहरू घोप्टो हुनुपर्छ र त्यो सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्नुपर्छ भनेर उर्दी निकाल्नुभएको छ ।
11 Un ka to, kas pie zemes nenometīsies un nepielūgs, būs iemest degošā ceplī.
जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई त्यसै बेला नै दन्किरहेको आगोको भट्टीमा फालिनुपर्छ ।
12 Te ir Jūdu vīri, ko tu esi iecēlis par Bābeles valsts valdniekiem, Sadrahs, Mesahs un AbedNegus, šie vīri neliek vērā, ko tu, ķēniņ, esi pavēlējis, un negodā tavus dievus un nepielūdz to zelta tēlu, ko tu esi uzcēlis.
यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्दैनन् ।”
13 Tad Nebukadnecars ar dusmām un bardzību pavēlēja atvest Sadrahu, Mesahu un AbedNegu. Un tie vīri tapa atvesti ķēniņa priekšā.
त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए ।
14 Tad Nebukadnecars iesāka un uz tiem sacīja: vai jūs, Sadrah, Mesah un AbedNegu, tīši manus dievus necienījāt un to zelta tēlu nepielūdzāt, ko es esmu uzcēlis?
नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्पसार नपार्ने निर्णय गरेका छौ?
15 Nu tad, taisāties, kad jūs dzirdēsiet bazūnes skaņu un trumetes, kokles, vijoles, somastabules, jaukas dziesmas un visādus mūzikas rīkus, tad nometaties un pielūdziet to tēlu, ko es esmu taisījis, bet ja jūs to nepielūgsiet, tad jūs tai pašā stundā tapsiet iemesti degošā ceplī; jo kurš ir tas Dievs, kas jūs no manām rokām varētu izpestīt?
अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै घोप्टो पर्यौ र मैले बनाएको मूर्तिको सामु लम्पसार पर्यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्छ?”
16 Tad Sadrahs, Mesahs un AbedNegus atbildēja un sacīja uz ķēniņu Nebukadnecaru: mums nevajag uz šo lietu atbildēt.
शद्रक, मेशक, र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन ।
17 Redzi, mūsu Dievs, ko mēs godājam, gan ir varens mūs izglābt no degoša cepļa un mūs arī izpestīt no tavas rokas, ak ķēniņ.
त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्न सक्नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
18 Un jebšu Viņš to arī nedarītu, taču tev būs zināt, ka mēs tavus dievus negribam godāt nedz pielūgt to zelta tēlu, ko tu esi taisījis.
तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्पसार पार्नेछैनौं ।”
19 Tad Nebukadnecars apskaitās, un viņa vaiga izskats pārvērtās pret Sadrahu, Mesahu un AbedNegu, un viņš atbildēja un pavēlēja, cepli septiņkārt karstāku kurināt nekā to mēdza kurināt.
तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए ।
20 Un viņš pavēlēja tiem stiprākiem vīriem, kas bija viņa karaspēkā, siet Sadrahu, Mesahu un AbedNegu un iemest degošā ceplī.
तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्नगोलाई बाँध्न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए ।
21 Tā šie vīri tapa saistīti ar saviem mēteļiem, kurpēm, cepurēm un citām drēbēm un iemesti degošā ceplī.
तिनीहरूका वस्त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो ।
22 Kad nu ķēniņa vārds drīz bija jāizdara un ceplis bija briesmīgi karsts, tad tās liesmas nomaitāja tos vīrus, kas Sadrahu, Mesahu un AbedNegu iemeta.
राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्यो ।
23 Bet tie trīs vīri, Sadrahs, Mesahs un AbedNegus, iekrita saistīti tai degošā ceplī.
यी तिन मानिस, शद्रक, मेशक, र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए ।
24 Tad ķēniņš Nebukadnecars iztrūcinājās un pacēlās ātri un sacīja uz saviem runas kungiem: vai mēs neesam trīs vīrus saistītus metuši ugunī? Tie atbildēja un sacīja uz ķēniņu: tā tas ir, kungs ķēniņ.
अनि राजा नबूकदनेसर आश्चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्चय नै महाराजा ।”
25 Viņš atbildēja un sacīja: raugi, es redzu četrus vīrus vaļā staigājam ugunī, un tiem nekas nekaiš un tā ceturtā izskats ir kā kādam dievu dēlam.
तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।”
26 Tad Nebukadnecars piegāja pie tā degošā cepļa durvīm, iesāka un sacīja: Sadrah, Mesah un AbedNegu, jūs tā visuaugstākā Dieva kalpi, izejiet ārā un nāciet šurp. Tad Sadrahs, Mesahs un AbedNegus izgāja no uguns ārā.
अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्नगो, अति उच्च, परमेश्वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्नगो आगोबाट बाहिर आए ।
27 Un tie lielkungi, valdītāji, zemes soģi un ķēniņa runas kungi sapulcinājās, šos vīrus apraudzīt, ka uguns viņu miesas nebija pārvarējis, un ka viņu galvas mati nebija apsviluši, un viņu mēteļi nebija aizskarti, ka arī nekāda deguma smaka pie tiem netapa saosta.
त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, अन्य गभर्नरहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन । तिनीहरूका शिरको रौं खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन ।
28 Tad Nebukadnecars iesāka un sacīja: slavēts lai ir Sadraha, Mesaha un AbedNegus Dievs, kas Savu eņģeli sūtījis un Savus kalpus atpestījis, kas uz Viņu paļāvušies un pārkāpuši ķēniņa vārdu un savas miesas nodevuši, lai citu dievu ne godātu nedz pielūgtu kā vien savu Dievu.
नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्वास गरे, र आफ्ना परमेश्वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।
29 Tādēļ es pavēlu, ka visus ļaudis, tautas un mēles, kas Sadraha, Mesaha un AbedNegus Dievu zaimo, būs sasist gabalos un viņu namus darīt par mēslu čupu. Jo cita tāda Dieva nav, kas tā varētu atpestīt;
त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको विरुद्ध बोल्ने कुनै जाति, राष्ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्ने अरू कुनै देवता छैन ।”
30 Un ķēniņš Sadraham, Mesaham un AbedNegum deva lielu varu Bābeles valstī.
त्यसपछि राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमा पदोन्ननि गरिदिए ।