< Otra Ķēniņu 14 >
1 Jehoasa, Joakasa dēla, Israēla ķēniņa, otrā gadā Amacīja, Joasa, Jūda ķēniņa, dēls palika par ķēniņu.
इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्य गर्न थाले ।
2 Divdesmit pieci gadus viņš bija vecs, kad palika par ķēniņu, un valdīja divdesmit deviņus gadus Jeruzālemē, un viņa mātei bija vārds Joadane no Jeruzālemes.
तिनले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।
3 Un viņš darīja, kas Tam Kungam labi patika, tomēr ne tā kā viņa tēvs Dāvids, bet kā viņa tēvs Joas, tā viņš darīja.
परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे ।
4 Tikai kalnu altāri netapa nopostīti; tie ļaudis upurēja un kvēpināja vēl uz kalniem.
तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।
5 Un kad viņš bija stiprinājies savā valstībā, tad tas nokāva savus kalpus, kas viņa tēvu, to ķēniņu, bija nokāvuši.
तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे ।
6 Bet to slepkavu bērnus viņš nenokāva, kā rakstīts ir Mozus bauslības grāmatā, kur Tas Kungs pavēlējis sacīdams: tēviem nebūs tapt nokautiem par bērniem, un bērniem nebūs tapt nokautiem par tēviem, bet ikkatram būs tapt nokautam par saviem paša grēkiem.
तापनि तिनले हत्याराहरूका छोराहरूलाई भने मारेनन् । बरु, तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार काम गरे, जस्तो परमप्रभुले यसो भनेर आज्ञा दिनुभएको थियो, “बुबाहरूलाई छोराछोरीका कारणले अनि छोराछोरीलाई बुबाहरूका कारणले मार्नुहुँदैन । बरु, हरेक व्यक्तिलाईउसको आफ्नै पापको कारणले मार्नुपर्छ ।”
7 Viņš kāva Edomiešus sāls ielejā desmit tūkstošus un uzņēma Selu kaujā, un nosauca viņas vārdu Jokteēli līdz šai dienai.
नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे । तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही छ ।
8 Tad Amacīja sūtīja vēstnešus pie Jehoasa, Joakasa dēla, Jeūs dēla dēla, Israēla ķēniņa, un lika sacīt: nāc, skatīsimies acīs.
तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, “आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ ।”
9 Bet Jehoas, Israēla ķēniņš, sūtīja pie Amacījas, Jūda ķēniņa, un lika sacīt: Lībanus ērkšķu krūms sūtīja pie Lībanus ciedru koka, sacīdams: dod savu meitu manam dēlam par sievu. Bet Lībanus lauka zvēri gāja pāri un samina to ērkšķu krūmu.
तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ ।' तर लेबनानमा भएको जङ्गली जनावर त्यताबाट हिंड्यो र सिउँडीलाई कुल्च्यो ।
10 Tu gan Edomu esi kāvis, - tāpēc tava sirds lepojās. Paturi to godu un paliec mājās, kāpēc tu gribi dzīties pēc nelaimes, ka tu krīti un Jūda līdz ar tevi?
तिमीले साँच्चै एदोमलाई आक्रमण गर्यौ, र तिम्रो शेखी बढेको छ । आफ्नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने?”
11 Bet Amacīja neklausīja. Tad Jehoas, Israēla ķēniņš, nāca un Amacīja, Jūda ķēniņš, saskatījās acīs pie BetŠemesas Jūda zemē.
तर अमस्याहले यो कुरा सुनेनन् । त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे ।
12 Un Jūda tapa sakauts no Israēla un tie bēga ikkatrs savā dzīvoklī.
इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस घर भाग्यो ।
13 Un Jehoas, Israēla ķēniņš, sagūstīja Amacīju, Joasa dēlu, Ahazijas dēla dēlu, Jūda ķēniņu pie BetŠemesas, un nonāca Jeruzālemē un nolauzīja Jeruzālemes mūrus četrsimt olektis no Efraīma vārtiem līdz Stūra vārtiem.
बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते । तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए ।
14 Un viņš ņēma visu zeltu un sudrabu un visus rīkus, kas atradās Tā Kunga namā un tā ķēniņa nama mantās, un bērnus ķīlām, un griezās atpakaļ uz Samariju.
तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र राजदरबारका मुल्यवान् थोकहरूका साथमा केही बन्दीहरूलाई समेत लगे र सामरिया फर्के ।
15 Un kas vēl par Jehoasu stāstāms, ko viņš darījis, un viņa spēks, un kā viņš karojis ar Amacīju, Jūda ķēniņu, tas ir rakstīts Israēla ķēniņu laiku grāmatā.
यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
16 Un Jehoas aizmiga saviem tēviem pakaļ un tapa aprakts Samarijā pie Israēla ķēniņiem, un Jerobeams, viņa dēls, palika par ķēniņu viņa vietā.
तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।
17 Bet Amacīja, Joasa, Jūda ķēniņa, dēls, dzīvoja piecpadsmit gadus, kad Jehoas, Joakasa, Israēla ķēniņa, dēls, bija nomiris.
इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे ।
18 Un kas vēl par Amacīju stāstāms, tas ir rakstīts Jūda ķēniņu laiku grāmatā.
अमस्याहका विषयमाभएका अन्य कुराहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
19 Un dumpis cēlās pret viņu Jeruzālemē. Bet viņš bēga uz Laķisu, un viņam sūtīja pakaļ uz Laķisu un viņu tur nokāva.
तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे । तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे ।
20 Un viņu atveda uz zirgiem un apraka Jeruzālemē pie viņa tēviem Dāvida pilī.
तिनीहरूको तिनको लाशलाई घोडाहरूमा राखेर ल्याए र दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसितै गाडिए ।
21 Un visi Jūda ļaudis ņēma Azariju, kas bija sešpadsmit gadus vecs, un to cēla par ķēniņu viņa tēva Amacījas vietā.
यहूदाका सारा मानिसले सोह्र वर्षका अजर्याहलाई लिए र तिनलाई आफ्ना पिता अमस्याहको ठाउँमा राजा बनाए ।
22 Tas uztaisīja Elatu un atdabūja to atkal pie Jūda pēc tam, kad ķēniņš bija aizmidzis pakaļ saviem tēviem.
राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे र त्यसलाई यहूदामा फिर्ता दिए ।
23 Amacījas, Joasa dēla, Jūda ķēniņa, piecpadsmitā gadā Jerobeams, Jehoasa dēls, palika par ķēniņu pār Israēli Samarijā un valdīja četrdesmit un vienu gadu.
यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।
24 Un viņš darīja, kas Tam Kungam nepatika; viņš neatstājās no visiem Jerobeama, Nebata dēla, grēkiem, kas Israēli bija pavedis uz grēkiem.
परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।
25 Viņš atdabūja Israēla robežu no tās vietas, kur iet uz Hamatu, līdz klajuma jūrai, pēc Tā Kunga, Israēla Dieva, vārda, ko Viņš bija runājis caur Savu kalpu, pravieti Jonu, Amitajus dēlu, kas bija no GatEveras.
इस्राएलका परमप्रभु परमेश्वरले आफ्ना सेवक गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा बोल्नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमानालाई तिनले पुनर्स्थापित गरे ।
26 Jo Tas Kungs uzlūkoja, ka Israēla bēdas bija ļoti rūgtas, un arī neviena vairs nebija ne maza ne liela, un ka Israēlim palīga nebija.
किनकि फुक्का र स्वतन्त्र हरेक इस्राएलीले कष्ट भोगिरहेको परमप्रभुले देख्नुभयो, र इस्राएलको लागि कुनै उद्धारक थिएन ।
27 Un Tas Kungs nebija runājis, ka Israēla vārdu gribot izdeldēt apakš debesīm, bet Viņš tos atpestīja caur Jerobeama, Jehoasa dēla, roku.
त्यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो ।
28 Un kas vēl par Jerobeamu stāstāms un viss, ko viņš darījis, un viņa spēks, kā viņš karojis un kā viņš Damasku un Hamatu atkal atdabūjis no Jūda pie Israēla, tas ir rakstīts Israēla ķēniņu laiku grāmatā.
यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
29 Un Jerobeams aizmiga pakaļ saviem tēviem Israēla ķēniņiem. Un viņa dēls Zaharija palika par ķēniņu viņa vietā.
यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।