< Otra Laiku 23 >
1 Bet septītā gadā Jojada iedrošinājās un cēla derību ar tiem virsniekiem pār simtiem, Azariju, Jeroama dēlu, un Ismaēli, Johanana dēlu, un Azariju, Obeda dēlu, un Maāseju, Adajas dēlu, un Elizavatu, Sihrus dēlu.
सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्डरहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्झौता गरे ।
2 Un tie gāja pa Jūdu apkārt un sapulcināja Levitus no visām Jūda pilsētām un Israēla tēvu namu virsniekus, un tie sanāca Jeruzālemē.
तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए ।
3 Un visa draudze derēja derību Dieva namā ar ķēniņu, un viņš uz tiem sacīja: redzi, ķēniņa dēlam būs būt par ķēniņu, tā kā Tas Kungs runājis par Dāvida dēliem.
सबै सभाले परमेश्वरको मन्दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्य गर्नेछन् ।
4 To nu jums būs darīt: Trešdaļa no jums, kam svētdienā krīt kārta, no priesteriem un Levitiem, lai vakti tur pie durvīm.
तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
5 Un trešdaļa lai stāv ķēniņa namā, un trešdaļa pie Pamatu vārtiem. Un visi ļaudis lai stāv Tā Kunga nama pagalmā.
अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्दिरका चोकहरूमा हुनुपर्छ ।
6 Bet nevienam nebūs Tā Kunga namā ieiet, kā vien priesteriem un Levitiem, kas kalpo; tie var ieiet, jo tie ir svēti, bet visi ļaudis lai tur Tā Kunga vakti.
सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू । तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन् । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्नुपर्छ ।
7 Un Leviti lai stājās visapkārt ap ķēniņu, ikkatrs ar savu ieroci rokā, un kas namā ieiet, tam būs mirt, bet jums būs būt pie ķēniņa, kad tas ieiet un iziet.
लेवीहरू हरेकले आआफ्नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्दिरभित्र पस्यो भने, त्यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्नुपर्छ ।”
8 Un Leviti un visa Jūda valsts darīja pēc visa, ko priesteris Jojada bija pavēlējis, un ikviens ņēma savus vīrus, kam svētdienā krita kārta un kam svētdienā kārta beidzās. Jo priesteris Jojada tiem kārtniekiem neļāva aiziet.
यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन् ।
9 Un priesteris Jojada deva tiem virsniekiem pār simtniekiem šķēpus un priekšturamās bruņas un tās bruņas, kas ķēniņam Dāvidam bijušas, kas bija Dieva namā.
त्यसपछि कमाण्डरहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्याइदिए ।
10 Un viņš nostādīja visus ļaudis, ikvienu ar savu ieroci rokā, no nama labās puses līdz nama kreisai pusei, līdz altārim un namam visapkārt ap ķēniņu.
यहोयादाले सबै फौजलाई आफ्नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्दिरको छेउमा राखे ।
11 Un tie izveda to ķēniņa dēlu un viņam uzlika kroni un tam deva to liecības grāmatu un to cēla par ķēniņu. Un Jojada ar saviem dēliem to svaidīja un sacīja: lai dzīvo ķēniņš!
तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
12 Kad nu Atalija to ļaužu kliegšanu dzirdēja, kas bija saskrējuši un ķēniņu slavēja, tad viņa nāca pie tiem ļaudīm Tā Kunga namā.
जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्ला अतल्याहले सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्,
13 Un tā skatījās, un redzi, ķēniņš stāvēja savā vietā pie durvīm un lielkungi un taurētāji bija pie ķēniņa, un visi zemes ļaudis priecājās un pūta trumetes, un dziedātāji ar saviem rīkiem pavadīja tās slavas dziesmas. Tad Atalija saplēsa savas drēbes un sacīja: dumpis, dumpis!
र तिनले हेरिन् र हेर, राजा आफ्नो स्तम्भको छेउमा ढोकानेर खडा थिए र कमाण्डरहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्व गरिरहेका थिए । तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”
14 Bet priesteris Jojada lika iziet tiem virsniekiem pār simtiem, tiem kara vadoņiem, un uz tiem sacīja: izvediet to ārā no nama caur rindām, un kas viņai ies pakaļ, to būs ar zobenu nokaut. Jo tas priesteris bija sacījis: nenokaujiet to Tā Kunga namā.
तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्याए र तिनीहरूलाई भने, “तिनलाई मन्दिरको बाहिर ल्याओ । तिनको पछि लाग्ने कुनै पनि व्यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरमा नमार ।”
15 Un tie tai deva ceļu atkāpdamies uz abējām pusēm, un kad tā ieejot pa tiem zirgu vārtiem nāca ķēniņa namā, tad tie viņu tur nokāva.
यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।
16 Un Jojada derēja derību starp sevi un visiem ļaudīm un ķēniņu, ka tie būtu Tā Kunga ļaudis.
त्यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।
17 Tad visi ļaudis gāja Baāla namā un to nolauzīja un viņa altārus, un sadauzīja viņa bildes un nokāva Matanu, Baāla priesteri, altāru priekšā.
यसैले सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काए । बालका वेदीहरू र त्यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।
18 Un Jojada iecēla atkal par uzraugiem pie Tā Kunga nama priesterus, tos Levitus, ko Dāvids bija atšķīris Tā Kunga namam, upurēt Tam Kungam dedzināmos upurus, kā Mozus bauslībā rakstīts, ar prieku un ar dziesmām pēc Dāvida likuma.
यहोयादाले परमप्रभुका मन्दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्ति होमबलि चढाउन र परमप्रभुको मन्दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।
19 Un viņš iecēla vārtu sargus pie Tā Kunga nama vārtiem, ka neviens tur neieietu, kas kaut kādas lietas dēļ nešķīsts.
अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्न नदिनलाई यहोयादाले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।
20 Un viņš ņēma tos virsniekus pār simtiem un varenos un ļaužu lielkungus, arī visus zemes ļaudis, un noveda ķēniņu no Tā Kunga nama un gāja caur augšējiem vārtiem ķēniņa namā, un sēdināja ķēniņu uz valstības krēslu.
यहोयादाले सयका कमण्डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्दिरबाट तल ल्याए । मानिसहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।
21 Un visi zemes ļaudis priecājās, un pilsēta norima pēc tam, kad Ataliju bija nokāvuši ar zobenu.
यसरी देशका सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो । अतल्याहलाई तिनीहरूले तरवारले मारेका थिए ।