< Canticum Canticorum 1 >
2 osculetur me osculo oris sui quia meliora sunt ubera tua vino
उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्— किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ।
3 fraglantia unguentis optimis oleum effusum nomen tuum ideo adulescentulae dilexerunt te
तपाईंका अत्तरहरूका सुबास्ना सुगन्धित छ; अत्तर खन्याइएको बास्नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्नुपर्दैन!
4 trahe me post te curremus introduxit me rex in cellaria sua exultabimus et laetabimur in te memores uberum tuorum super vinum recti diligunt te
मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ! राजाले मलाई आफ्ना भित्री कोठामा ल्याऊन्। मित्रहरू तिमीमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौँ; दाखमद्यभन्दा बढी तिम्रो प्रेमको प्रशंसा हामी गर्नेछौँ। प्रेमिका तपाईंको प्रशंसा गरेर तिनीहरूले कति उचित गर्छन्!
5 nigra sum sed formonsa filiae Hierusalem sicut tabernacula Cedar sicut pelles Salomonis
हे यरूशलेमका छोरीहरू हो, म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; केदारका पालहरूजस्तै, सोलोमनको पालका पर्दाजस्तै।
6 nolite me considerare quod fusca sim quia decoloravit me sol filii matris meae pugnaverunt contra me posuerunt me custodem in vineis vineam meam non custodivi
म काली भएकीले छक्क परेर मलाई नहेर; किनकि चर्को घामले डढेर म यस्ती भएकी हुँ। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई तिनीहरूले दाखबारीको हेरचाह गर्ने जिम्मा दिए; तर मैले आफ्नै दाखबारीचाहिँ बेवास्ता गर्नुपर्यो।
7 indica mihi quem diligit anima mea ubi pascas ubi cubes in meridie ne vagari incipiam per greges sodalium tuorum
हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, तपाईंका साथीहरूका बगालहरूका छेउमा म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ?
8 si ignoras te o pulchra inter mulieres egredere et abi post vestigia gregum et pasce hedos tuos iuxta tabernacula pastorum
हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, भेडाबाख्राका पाइलाहरू पहिल्याउँदै जाऊ, र गोठालाहरूका पालहरूको छेउमै आफ्ना बाख्राका पाठाहरूलाई चराऊ।
9 equitatui meo in curribus Pharaonis adsimilavi te amica mea
हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु।
10 pulchrae sunt genae tuae sicut turturis collum tuum sicut monilia
तिम्रा गाला कानका झुम्काले, र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्।
11 murenulas aureas faciemus tibi vermiculatas argento
हामी तिम्रा लागि चाँदीका दाना जडिएका सुनका लुर्कनहरू बनाउनेछौँ।
12 dum esset rex in accubitu suo nardus mea dedit odorem suum
महाराजा आफ्नो भोजका टेबुलमा बस्नुहुँदा, मेरो अत्तरको सुबास्ना फैलिन्छ।
13 fasciculus murrae dilectus meus mihi inter ubera mea commorabitur
मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ, जो मेरा छातीको बीचमा ढल्कनुहुन्छ।
14 botrus cypri dilectus meus mihi in vineis Engaddi
मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने मेहदी फूलको गुच्छाझैँ हुनुहुन्छ।
15 ecce tu pulchra es amica mea ecce tu pulchra oculi tui columbarum
हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, ओह, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।
16 ecce tu pulcher es dilecte mi et decorus lectulus noster floridus
हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ! कत्ति सुन्दर हुनुहुन्छ! हाम्रो ओछ्यान लहलहाउँदो छ।
17 tigna domorum nostrarum cedrina laquearia nostra cypressina
हाम्रा घरका दलिनहरू देवदारुका छन्; अनि सल्ला रूखका छाना छन्।