< Psalmorum 85 >
1 in finem filiis Core psalmus benedixisti Domine terram tuam avertisti captivitatem Iacob
हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।
2 remisisti iniquitates plebis tuae operuisti omnia peccata eorum diapsalma
तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ । तपाईंले तिनीहरूका सबै पापहरू ढाक्नुभएको छ । सेला
3 mitigasti omnem iram tuam avertisti ab ira indignationis tuae
तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ । तपाईं आफ्नो तातो रिसबाट पछि हट्नुभएको छ ।
4 converte nos Deus salutum nostrarum et averte iram tuam a nobis
हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्नता छोडिदिनुहोस् ।
5 numquid in aeternum irasceris nobis aut extendes iram tuam a generatione in generationem
के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?
6 Deus tu conversus vivificabis nos et plebs tua laetabitur in te
के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्दित हुनेछन् ।
7 ostende nobis Domine misericordiam tuam et salutare tuum da nobis
हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्वस्तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्ति दिनुहोस् ।
8 audiam quid loquatur in me Dominus Deus quoniam loquetur pacem in plebem suam et super sanctos suos et in eos qui convertuntur ad cor
परमप्रभु परमेश्वरले जे भन्नुहुन्छ सो म सुन्नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।
9 verumtamen prope timentes eum salutare ipsius ut inhabitet gloria in terra nostra
निश्चय नै उहाँको उद्धार उहाँको भय मान्नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।
10 misericordia et veritas obviaverunt sibi iustitia et pax osculatae sunt
करारको विश्वस्तता र सत्यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।
11 veritas de terra orta est et iustitia de caelo prospexit
सत्यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।
12 etenim Dominus dabit benignitatem et terra nostra dabit fructum suum
हो, परमप्रभुले आफ्नो उत्तम आशिष् दिनुहुनेछ र हाम्रो जमिनले आफ्नो अन्नहरू उब्जाउनेछ ।
13 iustitia ante eum ambulabit et ponet in via gressus suos
धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।