< Psalmorum 80 >
1 in finem pro his qui commutabuntur testimonium Asaph psalmus qui regis Israhel intende qui deducis tamquam oves Ioseph qui sedes super cherubin manifestare
हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस् ।
2 coram Effraim et Beniamin et Manasse excita potentiam tuam et veni ut salvos facias nos
एफ्राइम, बेन्यामीन र मनश्शेको दृष्टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
3 Deus converte nos et ostende faciem tuam et salvi erimus
हे परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
4 Domine Deus virtutum quousque irasceris super orationem servi tui
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ?
5 cibabis nos pane lacrimarum et potum dabis nobis in lacrimis in mensura
तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ ।
6 posuisti nos in contradictionem vicinis nostris et inimici nostri subsannaverunt nos
हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्यस्तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
7 Deus virtutum converte nos et ostende faciem tuam et salvi erimus
हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
8 vineam de Aegypto transtulisti eiecisti gentes et plantasti eam
तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्यसलाई रोप्नुभयो ।
9 dux itineris fuisti in conspectu eius et plantasti radices eius et implevit terram
तपाईंले त्यसको निम्ति देशलाई सफा पार्नुभयो । त्यसले जरा हाल्यो र देशमा भरियो ।
10 operuit montes umbra eius et arbusta eius cedros Dei
त्यसको छायाले पहाडहरूलाई, त्यसका हाँगाहरूले परमेश्वरका देवदारुहरूलाई ढाक्यो ।
11 extendit palmites suos usque ad mare et usque ad Flumen propagines eius
यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
12 ut quid destruxisti maceriam eius et vindemiant eam omnes qui praetergrediuntur viam
तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्?
13 exterminavit eam aper de silva et singularis ferus depastus est eam
वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् ।
14 Deus virtutum convertere respice de caelo et vide et visita vineam istam
हे सर्वशक्तिमान् परमेश्वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् ।
15 et perfice eam quam plantavit dextera tua et super filium quem confirmasti tibi
तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।
16 incensa igni et suffossa ab increpatione vultus tui peribunt
यसलाई जलाइएको छ र काटिएको छ । तपाईंको हप्कीको कारणले ती नष्ट हुन्छन् ।
17 fiat manus tua super virum dexterae tuae et super filium hominis quem confirmasti tibi
तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् ।
18 et non discedimus a te vivificabis nos et nomen tuum invocabimus
तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।
19 Domine Deus virtutum converte nos et ostende faciem tuam et salvi erimus
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।