< Psalmorum 49 >
1 in finem filiis Core psalmus audite haec omnes gentes auribus percipite omnes qui habitatis orbem
ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
2 quique terriginae et filii hominum in unum dives et pauper
माथिल्लो र तल्लो दर्जाका, गरीब र धनी दुवै एकसाथ ।
3 os meum loquetur sapientiam et meditatio cordis mei prudentiam
मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्यान समझको हुनेछ ।
4 inclinabo in parabolam aurem meam aperiam in psalterio propositionem meam
म आफ्ना कान दृष्टान्तमा लगाउनेछु । म आफ्नो दृष्टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।
5 cur timebo in die malo iniquitas calcanei mei circumdabit me
जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने?
6 qui confidunt in virtute sua et in multitudine divitiarum suarum gloriantur
आफ्ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धेरै धन घमण्ड गर्नेहरूसँग म किन डराउने?
7 frater non redimit redimet homo non dabit Deo placationem suam
यो निश्चय हो कि कसैले आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्वरलाई छुकाराको मोल तिर्न सक्दैन,
8 et pretium redemptionis animae suae et laboravit in aeternum
किनकि कसैको जीवनको छुटकारा मूल्य महङ्गो छ र हामीले तिर्नुपर्ने जति त कसैले तिर्न सक्दैन ।
9 et vivet adhuc; in finem
कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
10 non videbit interitum cum viderit sapientes morientes simul insipiens et stultus peribunt et relinquent alienis divitias suas
किनकि त्यसले सडेको देख्नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्यसरी नै नाश हुन्छन् र आफ्ना सम्पत्ति अरूलाई छोड्छन् ।
11 et sepulchra eorum domus illorum in aeternum tabernacula eorum in progeniem et progeniem vocaverunt nomina sua in terris suis
आफ्ना परिवारहरू सधैंभरि निरन्तर रहन्छन्, र आफू बसोवास गरेका ठाउँहरू सबै पुस्तालाई हुन्छ भन्ने तिनीहरूका भित्री विचार हुन्छ । आफ्ना जमिनहरूलाई तिनीहरूले आफ्नै नाउँ दिन्छन्।
12 et homo cum in honore esset non intellexit conparatus est iumentis insipientibus et similis factus est illis
तर धन भए पनि मानिस सधैं बाँच्न सक्दैन । त्यो नष्ट हुने जङ्गली पशुजस्तै हो ।
13 haec via illorum scandalum ipsis et postea in ore suo conplacebunt diapsalma
तिनीहरूको यो मार्ग नै तिनीहरूको मूर्खता हो । तापनि तिनीहरू पछि, मानिसहरूले तिनीहरूका भनाइहरूलाई मान्यता दिन्छन् ।
14 sicut oves in inferno positi sunt mors depascet eos et dominabuntur eorum iusti in matutino et auxilium eorum veterescet in inferno a gloria eorum (Sheol )
भेडाहरूझैं ती चिहानको निम्ति नियुक्त हुन्छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्य गर्नेछन् र तिनीहरूलाई बस्ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्ट हुनेछन् । (Sheol )
15 verumtamen Deus redimet animam meam de manu inferi cum acceperit me diapsalma (Sheol )
तर परमेश्वरले मेरो जीवनलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ । उहाँले मलाई ग्रहण गर्नुहुनेछ । सेला (Sheol )
16 ne timueris cum dives factus fuerit homo et cum multiplicata fuerit gloria domus eius
कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा नडरा ।
17 quoniam cum interierit non sumet omnia neque descendet cum eo pone; gloria eius
किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।
18 quia anima eius in vita ipsius benedicetur confitebitur tibi cum benefeceris ei
त्यो जीवित हुँदा नै त्यसले आफ्नो प्राणलाई धन्यको भन्यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
19 introibit usque in progenies patrum suorum usque in aeternum non videbit lumen
त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्योति देख्नेछैनन् ।
20 homo in honore cum esset non intellexit conparatus est iumentis insipientibus et similis factus est illis
जससँग सम्पत्ति छ, तर समझ छैन, त्यो जङ्गली पशुहरूजस्तै हो, जो नाश हुन्छ ।