< Psalmorum 132 >
1 canticum graduum memento Domine David et omnis mansuetudinis eius
हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्टहरू याद गर्नुहोस् ।
2 sicut iuravit Domino votum vovit Deo Iacob
तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।
3 si introiero in tabernaculum domus meae si ascendero in lectum strati mei
तिनले भने, “म मेरो घरभित्र पस्नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,
4 si dedero somnum oculis meis et palpebris meis dormitationem
म आफ्ना आँखालाई सुत्न दिनेछैन न त आफ्ना पलकहरूलाई विश्राम दिनेछु,
5 et requiem temporibus meis donec inveniam locum Domino tabernaculum Deo Iacob
जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
6 ecce audivimus eam in Efrata invenimus eam in campis silvae
हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।
7 introibimus in tabernacula eius adorabimus in loco ubi steterunt pedes eius
हामी परमेश्वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।
8 surge Domine in requiem tuam tu et arca sanctificationis tuae
हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्नुहोस् ।
9 sacerdotes tui induentur iustitia et sancti tui exultabunt
तपाईंका पुजारीहरूले इमानदारीताको वस्त्र लगाऊन् । तपाईंका विश्वासयोग्य जनहरू आनन्दले कराऊन् ।
10 propter David servum tuum non avertas faciem christi tui
तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्त राजाबाट नतर्किनुहोस् ।
11 iuravit Dominus David veritatem et non frustrabit eum de fructu ventris tui ponam super sedem tuam
परमप्रभुले दाऊदसित पक्का शपथ खानुभयो, एउटा पक्का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्नेछु ।
12 si custodierint filii tui testamentum meum et testimonia mea haec quae docebo eos et filii eorum usque in saeculum sedebunt super sedem tuam
तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्नेछन् ।”
13 quoniam elegit Dominus Sion elegit eam in habitationem sibi
निश्चय नै परमप्रभुले सियोनलाई रोज्नुभएको छ । उहाँको आफ्नो आसनको निम्ति उहाँले त्यसको इच्छा गर्नुभएको छ ।
14 haec requies mea in saeculum saeculi hic habitabo quoniam elegi eam
“यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्नेछु किनकि म यसलाई चाहन्छु ।
15 viduam eius benedicens benedicam pauperes eius saturabo panibus
म त्यसलाई प्रशस्त मात्रमा अन्नको आशिष् दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्त पार्ने छु ।
16 sacerdotes eius induam salutari et sancti eius exultatione exultabunt
त्यसका पुजारीहरूलाई म उद्धारको वस्त्र पहिराउनेछु । त्यसका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् ।
17 illic producam cornu David paravi lucernam christo meo
दाऊदको निम्ति त्यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्त जनको निम्ति एउटा बत्ती राख्नेछु ।
18 inimicos eius induam confusione super ipsum autem efflorebit sanctificatio mea
त्यसका शत्रुहरूलाई म लाजले ढाक्नेछु, तर त्यसको शीरमा त्यसको मुकुट चम्किनेछ ।”