< Psalmorum 113 >
1 alleluia laudate pueri Dominum laudate nomen Domini
परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।
2 sit nomen Domini benedictum ex hoc nunc et usque in saeculum
परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।
3 a solis ortu usque ad occasum laudabile nomen Domini
सूर्य उदायदेखि त्यो नअस्ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।
4 excelsus super omnes gentes Dominus super caelos gloria eius
परमप्रभु सबै जातिभन्दा उच्च हुनुहुन्छ र उहाँको महिमा आकाशसम्म पुग्छ ।
5 quis sicut Dominus Deus noster qui in altis habitat
परमप्रभु हाम्रा परमेश्वरझैं को छ र, जसको आफ्नो आसन उच्चमा छ,
6 et humilia respicit in caelo et in terra
जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?
7 suscitans a terra inopem et de stercore erigens pauperem
उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्नुहुन्छ,
8 ut conlocet eum cum principibus cum principibus populi sui
ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्नुहुन्छ ।
9 qui habitare facit sterilem in domo matrem filiorum laetantem
उहाँले घरकी बाँझी स्त्रीलाई घर दिनुहुन्छ । उहाँले त्यसलाई छोराछोरीकी आनन्दित आमा बनाउनुहुन्छ । परमप्रभुको प्रशंसा गर ।