< Psalmorum 11 >

1 in finem psalmus David in Domino confido quomodo dicitis animae meae transmigra in montes sicut passer
म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्‍न सक्छौ, “चराझैं पहाडतिर भाग्”?
2 quoniam ecce peccatores intenderunt arcum paraverunt sagittas suas in faretra ut sagittent in obscuro rectos corde
किनकि हेर, दुष्‍टहरूले आफ्‍ना धनु तयार गर्छन्। सोझो हृदय हुनेलाई अन्धकारमा प्रहार गर्न तिनीहरू आफ्‍ना काँडहरू ताँदोमा चढाउँछन् ।
3 quoniam quae perfecisti destruxerunt iustus autem quid fecit
किनकि जगहरू नै भग्‍नावशेष हुन्‍छन् भने, धर्मीले के गर्न सक्छ र?
4 Dominus in templo sancto suo Dominus in caelo sedis eius oculi eius in pauperem respiciunt palpebrae eius interrogant filios hominum
परमप्रभु आफ्‍नो पवित्र मन्दिरमा हुनुहुन्छ । उहाँका आँखाले हे्र्छन्, उहाँका आँखाले मानवजातिका छोराछोरीको र जाँच गर्छन् ।
5 Dominus interrogat iustum et impium qui autem diligit iniquitatem odit animam suam
परमप्रभुले धर्मी र दुष्‍ट दुवैको जाँच गर्नुहुन्छ, तर हिंसा गर्न मन पराउनेलाई उहाँले घृणा गर्नुहुन्छ ।
6 pluet super peccatores laqueos ignis et sulphur et spiritus procellarum pars calicis eorum
दुष्‍टहरूमाथि उहाँले भुङ्‍ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्‍सा हुनेछ ।
7 quoniam iustus Dominus et iustitias dilexit aequitatem vidit vultus eius
किनकि परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले धार्मिकता मन पराउनुहुन्छ । सोझोले उहाँको मुहार देख्‍नेछ ।

< Psalmorum 11 >