< Psalmorum 106 >
1 alleluia confitemini Domino quoniam bonus quoniam in saeculum misericordia eius
परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
2 quis loquetur potentias Domini auditas faciet omnes laudes eius
परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र?
3 beati qui custodiunt iudicium et faciunt iustitiam in omni tempore
जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्छन्, तिनीहरू धन्यका होऊन् ।
4 memento nostri Domine in beneplacito populi tui visita nos in salutari tuo
हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस् । तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस् ।
5 ad videndum in bonitate electorum tuorum ad laetandum in laetitia gentis tuae et lauderis cum hereditate tua
तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु ।
6 peccavimus cum patribus nostris iniuste egimus iniquitatem fecimus
हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
7 patres nostri in Aegypto non intellexerunt mirabilia tua non fuerunt memores multitudinis misericordiae tuae et inritaverunt ascendentes in mare mare; Rubrum
हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्वस्तताका धेरै कामहरूलाई बवास्ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए ।
8 et salvavit eos propter nomen suum ut notam faceret potentiam suam
तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्नुभएको होस् ।
9 et increpuit mare Rubrum et exsiccatum est et deduxit eos in abyssis sicut in deserto
उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्थानमा झैं समुद्रको गहिराइमा डोर्याउनुभयो ।
10 et salvavit eos de manu odientium et redemit eos de manu inimici
तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।
11 et operuit aqua tribulantes eos unus ex eis non remansit
तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्ये एक जना पनि बाँचेन ।
12 et crediderunt in verbis eius et laudaverunt laudem eius
तब तिनीहरूले उहाँको वचनमा विश्वास गरे र तिनीहरूले उहाँको स्तुति गाए ।
13 cito fecerunt obliti sunt operum eius non sustinuerunt consilium eius
तर उहाँले जे गर्नुभएको थियो त्यो तिनीहरूले तुरुन्तै बिर्से । तिनीहरूले उहाँको सल्लाहको निम्ति पर्खेनन् ।
14 et concupierunt concupiscentiam in deserto et temptaverunt Deum in inaquoso
उजाडस्थानमा तिनीहरूमा असन्तुष्ट इच्छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्वरलाई चुनौति दिए ।
15 et dedit eis petitionem ipsorum et misit saturitatem in anima eorum
त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो ।
16 et inritaverunt Mosen in castris Aaron sanctum Domini
छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने ।
17 aperta est terra et degluttivit Dathan et operuit super congregationem Abiron
पृथ्वीले खुल्यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्नेहरूलाई ढाकिदियो ।
18 et exarsit ignis in synagoga eorum flamma conbusit peccatores
तिनीहरू माझमा आगो सल्कियो । त्यो आगोले दुष्टहरूलाई भष्म पार्यो ।
19 et fecerunt vitulum in Choreb et adoraverunt sculptile
तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे ।
20 et mutaverunt gloriam suam in similitudine vituli comedentis faenum
तिनीहरूले परमेश्वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे ।
21 obliti sunt Deum qui salvavit eos qui fecit magnalia in Aegypto
तिनीहरूले आफ्ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो ।
22 mirabilia in terra Cham terribilia in mari Rubro
उहाँले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो ।
23 et dixit ut disperderet eos si non Moses electus eius stetisset in confractione in conspectu eius ut averteret iram eius ne disperderet eos
त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुहुँदा—तिनीहरूलाई नष्ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।
24 et pro nihilo habuerunt terram desiderabilem non crediderunt verbo eius
त्यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्,
25 et murmurabant in tabernaculis suis non exaudierunt vocem Domini
तर आफ्ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।
26 et elevavit manum suam super eos ut prosterneret eos in deserto
यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,
27 et ut deiceret semen eorum in nationibus et dispergeret eos in regionibus
तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्ट पार्नुहुनेछ ।
28 et initiati sunt Beelphegor et comederunt sacrificia mortuorum
तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए ।
29 et inritaverunt eum in adinventionibus suis et multiplicata est in eis ruina
तिनीहरूले आफ्ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।
30 et stetit Finees et placavit et cessavit quassatio
तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो ।
31 et reputatum est ei in iustitiam in generatione et generationem usque in sempiternum
यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो ।
32 et inritaverunt ad aquam Contradictionis et vexatus est Moses propter eos
तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्ट भोगे ।
33 quia exacerbaverunt spiritum eius et distinxit in labiis suis
तिनीहरूले मोशालाई तिक्त बनाए र तिनले हतारमा बोले ।
34 non disperdiderunt gentes quas dixit Dominus illis
परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्ट पारेनन्,
35 et commixti sunt inter gentes et didicerunt opera eorum
तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके,
36 et servierunt sculptilibus eorum et factum est illis in scandalum
र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो ।
37 et immolaverunt filios suos et filias suas daemoniis
तिनीहरूले आफ्ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए ।
38 et effuderunt sanguinem innocentem sanguinem filiorum suorum et filiarum suarum; quas sacrificaverunt sculptilibus Chanaan et interfecta est terra in sanguinibus
तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
39 et contaminata est in operibus eorum et fornicati sunt in adinventionibus suis
तिनीहरू आफ्ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए ।
40 et iratus est furore Dominus in populo suo et abominatus est hereditatem suam
त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो ।
41 et tradidit eos in manus gentium et dominati sunt eorum qui oderant eos
उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्य गरे ।
42 et tribulaverunt eos inimici eorum et humiliati sunt sub manibus eorum
तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्ना अधिकारीको अधीनमा पारियो ।
43 saepe liberavit eos ipsi autem exacerbaverunt eum in consilio suo et humiliati sunt in iniquitatibus suis
तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्ट आउनुभयो, तर तिनीहरूले निरन्तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।
44 et vidit cum tribularentur et audiret orationem eorum
तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्नुहुँदा उहाँले तिनीहरूका संकष्टमा ध्यान दिनुभयो ।
45 et memor fuit testamenti sui et paenituit eum secundum multitudinem misericordiae suae
उहाँले तिनीहरूसँगको आफ्नो करारलाई सम्झिनुभयो र आफ्नो अटल प्रेमको कारणले नरम हुनुभयो ।
46 et dedit eos in misericordias in conspectu omnium qui ceperant eos
तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।
47 salvos fac nos Domine Deus noster et congrega nos de nationibus ut confiteamur nomini tuo sancto et gloriemur in laude tua
हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।
48 benedictus Dominus Deus Israhel a saeculo et usque in saeculum et dicet omnis populus fiat fiat
इस्राएलका परमप्रभु परमेश्वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।