< Proverbiorum 11 >
1 statera dolosa abominatio apud Dominum et pondus aequum voluntas eius
बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
2 ubi fuerit superbia ibi erit et contumelia ubi autem humilitas ibi et sapientia
जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।
3 simplicitas iustorum diriget eos et subplantatio perversorum vastabit illos
सोझाहरूको निष्ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्ट गर्छन् ।
4 non proderunt divitiae in die ultionis iustitia autem liberabit a morte
क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
5 iustitia simplicis diriget viam eius et in impietate sua corruet impius
खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्टहरूको दुष्टताको कारण तिनीहरूको पतन हुने छ ।
6 iustitia rectorum liberabit eos et in insidiis suis capientur iniqui
परमेश्वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
7 mortuo homine impio nulla erit ultra spes et expectatio sollicitorum peribit
दुष्ट मानिस मर्दा त्यसको आशा नष्ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ ।
8 iustus de angustia liberatus est et tradetur impius pro eo
धर्मात्मा सङ्कष्टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्टमाथि आइपर्छ ।
9 simulator ore decipit amicum suum iusti autem liberabuntur scientia
ईश्वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
10 in bonis iustorum exultabit civitas et in perditione impiorum erit laudatio
धर्मी मानिसहरूले उन्नति गर्दा सहर नै रमाउँछ, तर दुष्टहरू नष्ट हुँदा रमाहट हुन्छ ।
11 benedictione iustorum exaltabitur civitas et ore impiorum subvertetur
परमेश्वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
12 qui despicit amicum suum indigens corde est vir autem prudens tacebit
आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
13 qui ambulat fraudulenter revelat arcana qui autem fidelis est animi celat commissum
चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
14 ubi non est gubernator populus corruet salus autem ubi multa consilia
बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
15 adfligetur malo qui fidem facit pro extraneo qui autem cavet laqueos securus erit
परदेशीको लागि ऋणको जमानी बस्नेले निश्चय नै हानि भोग्ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
16 mulier gratiosa inveniet gloriam et robusti habebunt divitias
अनुग्रही स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
17 benefacit animae suae vir misericors qui autem crudelis est et propinquos abicit
दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्याउँछ ।
18 impius facit opus instabile seminanti autem iustitiam merces fidelis
दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
19 clementia praeparat vitam et sectatio malorum mortem
ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
20 abominabile Domino pravum cor et voluntas eius in his qui simpliciter ambulant
कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
21 manus in manu non erit innocens malus semen autem iustorum salvabitur
यो कुरो निश्चित छ, कि दुष्ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
22 circulus aureus in naribus suis mulier pulchra et fatua
विवेकहीन सुन्दरी स्त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
23 desiderium iustorum omne bonum est praestolatio impiorum furor
धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
24 alii dividunt propria et ditiores fiunt alii rapiunt non sua et semper in egestate sunt
जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
25 anima quae benedicit inpinguabitur et qui inebriat ipse quoque inebriabitur
उदार व्यक्तिको उन्नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
26 qui abscondit frumenta maledicetur in populis benedictio autem super caput vendentium
अन्न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
27 bene consurgit diluculo qui quaerit bona qui autem investigator malorum est opprimetur ab eis
परिश्रमसाथ भलाइको खोजी गर्नेले स्नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
28 qui confidet in divitiis suis corruet iusti autem quasi virens folium germinabunt
आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
29 qui conturbat domum suam possidebit ventos et qui stultus est serviet sapienti
आफ्नै घरानामाथि सङ्कष्ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्को नोकर हुने छ ।
30 fructus iusti lignum vitae et qui suscipit animas sapiens est
धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
31 si iustus in terra recipit quanto magis impius et peccator
धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्ट र पापीले झन् कति बढी पाउलान्!