< Liber Numeri 35 >
1 haec quoque locutus est Dominus ad Mosen in campestribus Moab super Iordanem contra Hiericho
परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
2 praecipe filiis Israhel ut dent Levitis de possessionibus suis
“इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
3 urbes ad habitandum et suburbana earum per circuitum ut ipsi in oppidis maneant et suburbana sint pecoribus ac iumentis
लेवीहरूले बस्नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।
4 quae a muris civitatum forinsecus per circuitum mille passuum spatio tendentur
तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ ।
5 contra orientem duo milia erunt cubiti et contra meridiem similiter duo milia ad mare quoque quod respicit occidentem eadem mensura erit et septentrionalis plaga aequali termino finietur eruntque urbes in medio et foris suburbana
तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ ।
6 de ipsis autem oppidis quae Levitis dabitis sex erunt in fugitivorum auxilia separata ut fugiat ad ea qui fuderit sanguinem exceptis his alia quadraginta duo oppida
तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्ति भाग्न सक्ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू ।
7 id est simul quadraginta octo cum suburbanis suis
तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।
8 ipsaeque urbes quae dabuntur de possessionibus filiorum Israhel ab his qui plus habent plures auferentur et qui minus pauciores singuli iuxta mensuram hereditatis suae dabunt oppida Levitis
इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।
त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,
10 loquere filiis Israhel et dices ad eos quando transgressi fueritis Iordanem in terram Chanaan
“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ,
11 decernite quae urbes esse debeant in praesidia fugitivorum qui nolentes sanguinem fuderint
तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्ति त्यो ठाउँमा भागेर जान सक्छ ।
12 in quibus cum fuerit profugus cognatus occisi eum non poterit occidere donec stet in conspectu multitudinis et causa illius iudicetur
यी सहरहरू बदला लिने व्यक्तिबाट बाँच्ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् ।
13 de ipsis autem urbibus quae ad fugitivorum subsidia separantur
तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्नुपर्छ ।
14 tres erunt trans Iordanem et tres in terra Chanaan
तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।
15 tam filiis Israhel quam advenis atque peregrinis ut confugiat ad eas qui nolens sanguinem fuderit
यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्ति भागेर जान सक्छ ।
16 si quis ferro percusserit et mortuus fuerit qui percussus est reus erit homicidii et ipse morietur
तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
17 si lapidem iecerit et ictus occubuerit similiter punietur
यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, त्यो दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
18 si ligno percussus interierit percussoris sanguine vindicabitur
यदि दोष लगाइएको व्यक्तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
19 propinquus occisi homicidam interficiet statim ut adprehenderit eum percutiet
रगतको बदला लिने व्यक्तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्तिले त्यसलाई मार्नुपर्छ ।
20 si per odium quis hominem inpulerit vel iecerit quippiam in eum per insidias
यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्ति मर्छ भने,
21 aut cum esset inimicus manu percusserit et ille mortuus fuerit percussor homicidii reus erit cognatus occisi statim ut invenerit eum iugulabit
वा यदि त्यसले घृणा गरेको व्यक्तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
22 quod si fortuito et absque odio
तर यदि दोष लगाइएको व्यक्तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्तिलाई लाग्यो भने,
23 et inimicitiis quicquam horum fecerit
वा यदि त्यसले आक्रमणमा परेका व्यक्तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्ति दोष लगाइएको व्यक्तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्ति मर्छ भने यसो गर्नुपर्छ ।
24 et hoc audiente populo fuerit conprobatum atque inter percussorem et propinquum sanguinis quaestio ventilata
त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।
25 liberabitur innocens de ultoris manu et reducetur per sententiam in urbem ad quam confugerat manebitque ibi donec sacerdos magnus qui oleo sancto unctus est moriatur
समुदायले दोष लगाइएको व्यक्तिलाई रगतको बदला लिने व्यक्तिको शक्तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।
26 si interfector extra fines urbium quae exulibus deputatae sunt
तर यदि दोष लगाइएको व्यक्ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ,
27 fuerit inventus et percussus ab eo qui ultor est sanguinis absque noxa erit qui eum occiderit
र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्ति हत्याको दोषी हुने छैन ।
28 debuerat enim profugus usque ad mortem pontificis in urbe residere postquam autem ille obierit homicida revertetur in terram suam
किनभने त्यो दोष लागेको व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।
29 haec sempiterna erunt et legitima in cunctis habitationibus vestris
यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ ।
30 homicida sub testibus punietur ad unius testimonium nullus condemnabitur
कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्तिलाई मार्नु हुदैन ।
31 non accipietis pretium ab eo qui reus est sanguinis statim et ipse morietur
साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
32 exules et profugi ante mortem pontificis nullo modo in urbes suas reverti poterunt
शरण-नगरमा भागेर गएको व्यक्तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।
33 ne polluatis terram habitationis vestrae quae insontium cruore maculatur nec aliter expiari potest nisi per eius sanguinem qui alterius sanguinem fuderit
तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्तिको रगतले बाहेक कुनै किसिमको प्रायश्चित्त गर्न सकिँदैन ।
34 atque ita emundabitur vestra possessio me commorante vobiscum ego enim sum Dominus qui habito inter filios Israhel
त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।