< Marcum 16 >

1 et cum transisset sabbatum Maria Magdalene et Maria Iacobi et Salome emerunt aromata ut venientes unguerent eum
जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् ।
2 et valde mane una sabbatorum veniunt ad monumentum orto iam sole
हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।
3 et dicebant ad invicem quis revolvet nobis lapidem ab ostio monumenti
तिनीहरूले एक आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”
4 et respicientes vident revolutum lapidem erat quippe magnus valde
जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो ।
5 et introeuntes in monumento viderunt iuvenem sedentem in dextris coopertum stola candida et obstipuerunt
उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्‍क परे ।
6 qui dicit illis nolite expavescere Iesum quaeritis Nazarenum crucifixum surrexit non est hic ecce locus ubi posuerunt eum
तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
7 sed ite et dicite discipulis eius et Petro quia praecedit vos in Galilaeam ibi eum videbitis sicut dixit vobis
तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।
8 at illae exeuntes fugerunt de monumento invaserat enim eas tremor et pavor et nemini quicquam dixerunt timebant enim
तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्‍क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।
9 (note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) surgens autem mane prima sabbati apparuit primo Mariae Magdalenae de qua eiecerat septem daemonia
(note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
10 illa vadens nuntiavit his qui cum eo fuerant lugentibus et flentibus
उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।
11 et illi audientes quia viveret et visus esset ab ea non crediderunt
तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन् ।
12 post haec autem duobus ex eis ambulantibus ostensus est in alia effigie euntibus in villam
[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
13 et illi euntes nuntiaverunt ceteris nec illis crediderunt
तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् ।
14 novissime recumbentibus illis undecim apparuit et exprobravit incredulitatem illorum et duritiam cordis quia his qui viderant eum resurrexisse non crediderant
[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।
15 et dixit eis euntes in mundum universum praedicate evangelium omni creaturae
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।
16 qui crediderit et baptizatus fuerit salvus erit qui vero non crediderit condemnabitur
जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
17 signa autem eos qui crediderint haec sequentur in nomine meo daemonia eicient linguis loquentur novis
[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
18 serpentes tollent et si mortiferum quid biberint non eos nocebit super aegrotos manus inponent et bene habebunt
तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।
19 et Dominus quidem postquam locutus est eis adsumptus est in caelum et sedit a dextris Dei
[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।
20 illi autem profecti praedicaverunt ubique Domino cooperante et sermonem confirmante sequentibus signis
चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो ।

< Marcum 16 >