< Lucam 1 >
1 quoniam quidem multi conati sunt ordinare narrationem quae in nobis conpletae sunt rerum
धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्ने प्रयास गरेका छन् ।
2 sicut tradiderunt nobis qui ab initio ipsi viderunt et ministri fuerunt sermonis
तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् ।
3 visum est et mihi adsecuto a principio omnibus diligenter ex ordine tibi scribere optime Theophile
सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्न असल लाग्यो ।
4 ut cognoscas eorum verborum de quibus eruditus es veritatem
त्यसैले, तपाईंलाई सिकाइएको सत्यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् ।
5 fuit in diebus Herodis regis Iudaeae sacerdos quidam nomine Zaccharias de vice Abia et uxor illi de filiabus Aaron et nomen eius Elisabeth
यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।
6 erant autem iusti ambo ante Deum incedentes in omnibus mandatis et iustificationibus Domini sine querella
परमेश्वरको दृष्टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।
7 et non erat illis filius eo quod esset Elisabeth sterilis et ambo processissent in diebus suis
तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
8 factum est autem cum sacerdotio fungeretur in ordine vicis suae ante Deum
एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्वरको उपस्थितिमा थिए ।
9 secundum consuetudinem sacerdotii sorte exiit ut incensum poneret ingressus in templum Domini
त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्यो ।
10 et omnis multitudo erat populi orans foris hora incensi
जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो ।
11 apparuit autem illi angelus Domini stans a dextris altaris incensi
ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।
12 et Zaccharias turbatus est videns et timor inruit super eum
जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए ।
13 ait autem ad illum angelus ne timeas Zaccharia quoniam exaudita est deprecatio tua et uxor tua Elisabeth pariet tibi filium et vocabis nomen eius Iohannem
तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्ना राख्नेछौ ।
14 et erit gaudium tibi et exultatio et multi in nativitate eius gaudebunt
तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् ।
15 erit enim magnus coram Domino et vinum et sicera non bibet et Spiritu Sancto replebitur adhuc ex utero matris suae
परमप्रभुको दृष्टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।
16 et multos filiorum Israhel convertet ad Dominum Deum ipsorum
अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन् ।
17 et ipse praecedet ante illum in spiritu et virtute Heliae ut convertat corda patrum in filios et incredibiles ad prudentiam iustorum parare Domino plebem perfectam
उनी एलियाको आत्माको शक्तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।”
18 et dixit Zaccharias ad angelum unde hoc sciam ego enim sum senex et uxor mea processit in diebus suis
जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने?” किनकि म बुढो भइसकेँ र मेरी पत्नी पनि बुढी भइसकिन् ।”
19 et respondens angelus dixit ei ego sum Gabrihel qui adsto ante Deum et missus sum loqui ad te et haec tibi evangelizare
तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्वरको उपस्थितिमा उभिन्छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।”
20 et ecce eris tacens et non poteris loqui usque in diem quo haec fiant pro eo quod non credidisti verbis meis quae implebuntur in tempore suo
हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।”
21 et erat plebs expectans Zacchariam et mirabantur quod tardaret ipse in templo
अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए ।
22 egressus autem non poterat loqui ad illos et cognoverunt quod visionem vidisset in templo et ipse erat innuens illis et permansit mutus
तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् ।
23 et factum est ut impleti sunt dies officii eius abiit in domum suam
जब तिनको सेवाको समय समाप्त भयो, तब तिनी आफ्नो घरमा फर्किए ।
24 post hos autem dies concepit Elisabeth uxor eius et occultabat se mensibus quinque dicens
ती दिनहरूपछि, तिनकी पत्नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् ।
25 quia sic mihi fecit Dominus in diebus quibus respexit auferre obprobrium meum inter homines
“परमप्रभु परमेश्वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो ।
26 in mense autem sexto missus est angelus Gabrihel a Deo in civitatem Galilaeae cui nomen Nazareth
एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।
27 ad virginem desponsatam viro cui nomen erat Ioseph de domo David et nomen virginis Maria
परमेश्वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो ।
28 et ingressus angelus ad eam dixit have gratia plena Dominus tecum benedicta tu in mulieribus
उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन! तिमीले परमेश्वरबाट धेरै निगाह पाएकी छ्यौ ।”
29 quae cum vidisset turbata est in sermone eius et cogitabat qualis esset ista salutatio
तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् ।
30 et ait angelus ei ne timeas Maria invenisti enim gratiam apud Deum
तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्वरबाट निगाह प्राप्त गरेकी छ्यौ ।
31 ecce concipies in utero et paries filium et vocabis nomen eius Iesum
हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ ।
32 hic erit magnus et Filius Altissimi vocabitur et dabit illi Dominus Deus sedem David patris eius
उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।
33 et regnabit in domo Iacob in aeternum et regni eius non erit finis (aiōn )
उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । (aiōn )
34 dixit autem Maria ad angelum quomodo fiet istud quoniam virum non cognosco
तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन?”
35 et respondens angelus dixit ei Spiritus Sanctus superveniet in te et virtus Altissimi obumbrabit tibi ideoque et quod nascetur sanctum vocabitur Filius Dei
अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्चका परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्वरका पुत्र भनेर बोलाइनेछ ।
36 et ecce Elisabeth cognata tua et ipsa concepit filium in senecta sua et hic mensis est sextus illi quae vocatur sterilis
अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।
37 quia non erit inpossibile apud Deum omne verbum
परमेश्वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”
38 dixit autem Maria ecce ancilla Domini fiat mihi secundum verbum tuum et discessit ab illa angelus
मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए ।
39 exsurgens autem Maria in diebus illis abiit in montana cum festinatione in civitatem Iuda
त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् ।
40 et intravit in domum Zacchariae et salutavit Elisabeth
जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।
41 et factum est ut audivit salutationem Mariae Elisabeth exultavit infans in utero eius et repleta est Spiritu Sancto Elisabeth
जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।
42 et exclamavit voce magna et dixit benedicta tu inter mulieres et benedictus fructus ventris tui
तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।”
43 et unde hoc mihi ut veniat mater Domini mei ad me
तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो?
44 ecce enim ut facta est vox salutationis tuae in auribus meis exultavit in gaudio infans in utero meo
तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।
45 et beata quae credidit quoniam perficientur ea quae dicta sunt ei a Domino
अनी जसले विश्वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।”
46 et ait Maria magnificat anima mea Dominum
मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।
47 et exultavit spiritus meus in Deo salutari meo
र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।
48 quia respexit humilitatem ancillae suae ecce enim ex hoc beatam me dicent omnes generationes
किनकि उहाँले आफ्नी दासी स्त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्नेछन् ।
49 quia fecit mihi magna qui potens est et sanctum nomen eius
किनकि सर्वशक्तिमान्ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।
50 et misericordia eius in progenies et progenies timentibus eum
जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्छ ।
51 fecit potentiam in brachio suo dispersit superbos mente cordis sui
उहाँका बाहुलीले शक्तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।
52 deposuit potentes de sede et exaltavit humiles
उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ ।
53 esurientes implevit bonis et divites dimisit inanes
उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ ।
54 suscepit Israhel puerum suum memorari misericordiae
त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।
55 sicut locutus est ad patres nostros Abraham et semini eius in saecula (aiōn )
जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।” (aiōn )
56 mansit autem Maria cum illa quasi mensibus tribus et reversa est in domum suam
मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् ।
57 Elisabeth autem impletum est tempus pariendi et peperit filium
अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् ।
58 et audierunt vicini et cognati eius quia magnificavit Dominus misericordiam suam cum illa et congratulabantur ei
जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए ।
59 et factum est in die octavo venerunt circumcidere puerum et vocabant eum nomine patris eius Zacchariam
अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे ।
60 et respondens mater eius dixit nequaquam sed vocabitur Iohannes
तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्ना भनेर बोलाइनेछ ।”
61 et dixerunt ad illam quia nemo est in cognatione tua qui vocetur hoc nomine
तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।”
62 innuebant autem patri eius quem vellet vocari eum
तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्न चाहेका छन् भनेर तिनलाई सोधे ।
63 et postulans pugillarem scripsit dicens Iohannes est nomen eius et mirati sunt universi
उनले लेख्नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
64 apertum est autem ilico os eius et lingua eius et loquebatur benedicens Deum
तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्वरको प्रशंसा गरे ।
65 et factus est timor super omnes vicinos eorum et super omnia montana Iudaeae divulgabantur omnia verba haec
तिनीहरूका वरिपरि बस्नेहरूको बिचमा भय उत्पन्न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो ।
66 et posuerunt omnes qui audierant in corde suo dicentes quid putas puer iste erit etenim manus Domini erat cum illo
त्यसपछि यी कुरा सुन्ने सबैले आफ्नो हृदयमा राख्दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।
67 et Zaccharias pater eius impletus est Spiritu Sancto et prophetavit dicens
उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,
68 benedictus Deus Israhel quia visitavit et fecit redemptionem plebi suae
“इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ ।
69 et erexit cornu salutis nobis in domo David pueri sui
उहाँले हाम्रा निम्ति मुक्तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्तिशाली रूपमा खडा गर्नुभएको छ ।
70 sicut locutus est per os sanctorum qui a saeculo sunt prophetarum eius (aiōn )
प्राचीन कालमा उहाँका पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो । (aiōn )
71 salutem ex inimicis nostris et de manu omnium qui oderunt nos
उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ ।
72 ad faciendam misericordiam cum patribus nostris et memorari testamenti sui sancti
यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
73 iusiurandum quod iuravit ad Abraham patrem nostrum
त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।
74 daturum se nobis ut sine timore de manu inimicorum nostrorum liberati serviamus illi
उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर
75 in sanctitate et iustitia coram ipso omnibus diebus nostris
पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।
76 et tu puer propheta Altissimi vocaberis praeibis enim ante faciem Domini parare vias eius
हो, बालक तिमी, सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् ।
77 ad dandam scientiam salutis plebi eius in remissionem peccatorum eorum
तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्तिको ज्ञान दिनुभएको छ ।
78 per viscera misericordiae Dei nostri in quibus visitavit nos oriens ex alto
हाम्रा परमेश्वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ ।
79 inluminare his qui in tenebris et in umbra mortis sedent ad dirigendos pedes nostros in viam pacis
मृत्युको अन्धकारको छायाँमा बस्ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्याउनुहुन्छ ।”
80 puer autem crescebat et confortabatur spiritu et erat in deserto usque in diem ostensionis suae ad Israhel
त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।