< Leviticus 9 >
1 facto autem octavo die vocavit Moses Aaron et filios eius ac maiores natu Israhel dixitque ad Aaron
आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।
2 tolle de armento vitulum pro peccato et arietem in holocaustum utrumque inmaculatos et offer illos coram Domino
उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
3 et ad filios Israhel loqueris tollite hircum pro peccato et vitulum atque agnum anniculos et sine macula in holocaustum
इस्राएलका मानिसहरूलाई यसो भन्नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्खोट बाछो र भेडाको बच्चा लिनू,
4 bovem et arietem pro pacificis et immolate eos coram Domino in sacrificio singulorum similam oleo conspersam offerentes hodie enim Dominus apparebit vobis
र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुने छ ।’”
5 tulerunt ergo cuncta quae iusserat Moses ad ostium tabernaculi ubi cum omnis staret multitudo
यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
6 ait Moses iste est sermo quem praecepit Dominus facite et apparebit vobis gloria eius
अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”
7 dixit et ad Aaron accede ad altare et immola pro peccato tuo offer holocaustum et deprecare pro te et pro populo cumque mactaveris hostiam populi ora pro eo sicut praecepit Dominus
मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्चित्त गर, र मानिसहरूका निम्ति प्रायश्चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”
8 statimque Aaron accedens ad altare immolavit vitulum pro peccato suo
यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।
9 cuius sanguinem obtulerunt ei filii sui in quo tinguens digitum tetigit cornua altaris et fudit residuum ad basim eius
हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।
10 adipemque et renunculos ac reticulum iecoris quae sunt pro peccato adolevit super altare sicut praeceperat Dominus Mosi
तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।
11 carnes vero et pellem eius extra castra conbusit igni
मासु र छाला भने छाउनीभन्दा बाहिर जलाइयोस् ।
12 immolavit et holocausti victimam obtuleruntque ei filii sui sanguinem eius quem fudit per altaris circuitum
हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।
13 ipsam etiam hostiam in frusta concisam cum capite et membris singulis obtulerunt quae omnia super altare cremavit igni
तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।
14 lotis prius aqua intestinis et pedibus
तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।
15 et pro peccato populi offerens mactavit hircum expiatoque altari
हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे ।
परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।
17 addens in sacrificio libamenta quae pariter offeruntur et adolens ea super altare absque caerimoniis holocausti matutini
तिनले अन्नबलि अर्पण गरेपछि त्यसबाट एक मुट्ठी लिए अनि त्यही बिहानीको होमबलिसँगै त्यसलाई वेदीमा जलाए ।
18 immolavit et bovem atque arietem hostias pacificas populi obtuleruntque ei filii sui sanguinem quem fudit super altare in circuitu
तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।
19 adipes autem bovis et caudam arietis renunculosque cum adipibus suis et reticulum iecoris
तर तिनीहरूले त्यस साँढे र भेडाको बोसो, बोसे-पुच्छर, भित्री भागहरूलाई ढाक्ने बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्ने भागलाई काटी निकाले ।
20 posuerunt super pectora cumque cremati essent adipes in altari
आफूले काटेर निकालेका भागलाई लिएर तिनीहरूले छातीमा राखे, अनि हारूनले बोसोलाई वेदीमा जलाए ।
21 pectora eorum et armos dextros separavit Aaron elevans coram Domino sicut praeceperat Moses
मोशाले आज्ञा गरेझैँ हारूनले छाती र दाहिने फिलालाई परमप्रभुको अगि डोलाइने बलिझैँ डोलाए ।
22 et tendens manum contra populum benedixit eis sicque conpletis hostiis pro peccato et holocaustis et pacificis descendit
त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।
23 ingressi autem Moses et Aaron tabernaculum testimonii et deinceps egressi benedixerunt populo apparuitque gloria Domini omni multitudini
मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।
24 et ecce egressus ignis a Domino devoravit holocaustum et adipes qui erant super altare quod cum vidissent turbae laudaverunt Dominum ruentes in facies suas
परमप्रभुबाट आगो बाहिर निस्कियो र वेदीको होमबलि र बोसोलाई भस्म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्च सोरमा कराए र आफ्नो शिर निहुराए ।